मुख्य समाचार
एमालेसँग तत्काल पार्टी एकताको चर्चा निराधार : वर्षमान पुन | काभ्रेका आईटिएफ तेक्वान्दो खेलाडीलाई रङ्गीन पेटी वितरण | स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न | काभ्रे क्याम्पसलाई बनेपा–६ का वडाध्यक्ष केसीको प्रश्न | सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी |

पारिजात स्मृति केन्द्रको नयाँ नेतृत्वमा इन्दिरा दली
पारिजात स्मृति केन्द्रको नयाँ नेतृत्वमा इन्दिरा दली

Thearaniko Times 1402+ समाचार ( )
२ भाद्र २०८१, आइतबार

काठमाडौं/पारिजात स्मृति केन्द्रको ३१ औं वार्षिक साधारणसभा पारिजात स्मृति भवन म्हेपिमा सम्पन्न भयो । 

पारिजात स्मृति केन्द्रका अध्यक्ष मातृका पोखरेलको सभापतित्वमा भएको उक्त साधारण सभाको प्रथम सत्रको कार्यक्रममा स्मृति केन्द्रका पूर्व अध्यक्षहरू नारायणभक्त श्रेष्ठ (रायन), डा. महेश मास्के, डा. राजेन्द्रप्रसाद अधिकारीले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो भने उपाध्यक्ष इन्दिरा दलीले स्वागत मन्तव्य राख्नु भएको थियो । 

साधारणसभाको दोस्रो सत्रमा महासचिव दीलसुन्दर श्रेष्ठ ( दील वरदान ) ले प्रस्तुत गर्नुभएको वार्षिक प्रतिवेदन र कोषाध्यक्ष डा. विन्दु शर्माले प्रस्तुत गर्नुभएको आ.व. २०८० / ०८१ को लेखा परीक्षण प्रतिवेदन सर्वसम्मत रुपमा पारित भएको थियो । स्मृति केन्द्रका कानुनी सल्लाहकार वरिष्ठ अधिवक्ता उषा मल्ल पाठकको संयोजकत्वमा नारायणभक्त श्रेष्ठ (रायन) र डा. राजेन्द्रप्रसाद अधिकारी सदस्य रहनुभएको निर्वाचन कमिटिले निर्वाचनको सम्पूर्ण प्रकृया पुऱ्याएर सर्वसम्मत रूपमा अध्यक्ष - इन्दिरा दली, उपाध्यक्ष - सीता शर्मा, महासचिव - दिलसुन्दर श्रेष्ठ, कोषाध्यक्ष - डा. बिन्दु शर्मा र सदस्यहरू डा. महेश मास्के, अमृता शर्मा, केशव सिलवाल, राजेन्द्र महर्जन र मातृका पोखरेल रहेको कार्यसमिति घोषणा गरिएको थियो । निर्वाचित समितिलाई निवर्तमान अध्यक्ष मातृका पोखरेलले शुभकामना दिनुभएको थियो भने नवनिर्वाचित अध्यक्ष इन्दिरा दलीले प्रतिबद्धता मन्तव्य व्यक्त गर्नुभएको थियो ।

स्मृति केन्द्रका महासचिव दीलसुन्दर श्रेष्ठले दुवै सत्रको संचालन गर्नुभएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार