मुख्य समाचार
सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा | जिल्लास्तरीय कृषि प्राविधिक बैठक सम्पन्न, उत्कृष्ट सेवा प्रवाह गर्ने चार स्थानीय तहका कृषि प्राविधिक सम्मानित | त्रिवेणी टोल सुधार समितिद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार हुँदै |

समाज/राजनीति
समानुपातिक मतगणना सकियो: रास्वपाको १८२ सिट, दुई तिहाइका लागि अझै २ सिट अपुग

Thearaniko Times 1398+ समाचार ( )
२७ फाल्गुन २०८२, बुधवार

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको समानुपातिकतर्फको मतगणना सकिँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दुई तिहाइ बहुमतबाट दुई सिटले पछि परेको देखिएको छ।

प्रत्यक्षतर्फ १२५ सिट जितेको रास्वपाले समानुपातिक मतका आधारमा करिब ५७ सिट पाउने अनुमान गरिएको छ। निर्वाचन आयोगले प्रयोग गर्ने ‘सेन्ट–लग’ (Sainte-Laguë) सूत्रअनुसार सिट बाँडफाँट गर्दा रास्वपाको प्रतिनिधिसभामा कुल १८२ सिट पुग्ने देखिन्छ।

२७५ सदस्यीय प्रतिनिधिसभामा दुई तिहाइ बहुमतका लागि १८४ सिट आवश्यक पर्छ। यस हिसाबले रास्वपा दुई सिटले कम पर्ने देखिएको हो। स्वतन्त्र सांसद महावीर पुन भने रास्वपाको समर्थनमा निर्वाचित भएका छन्।

समानुपातिकतर्फ कुल १ करोड ७ लाख ६४ हजार ८ सय ८९ मतमध्ये रास्वपाले ५१ लाख ४६ हजार ६ सय ८१ मत प्राप्त गरेको छ, जुन करिब ४७ प्रतिशतभन्दा बढी हो।

समानुपातिक प्रणालीबाट यसपटक ६ वटा दलले प्रतिनिधित्व पाउने देखिएको छ।

नेपाली कांग्रेसले समानुपातिकमा करिब २० सिट पाउने अनुमान छ। कांग्रेसले प्रत्यक्षतर्फ १८ सिट जितेको छ। समानुपातिकमा कांग्रेसले १७ लाख ५४ हजार ५२ मत प्राप्त गरेको छ। यसरी प्रत्यक्ष र समानुपातिक गरी प्रतिनिधिसभामा कांग्रेसको कुल सिट संख्या ३८ पुग्ने देखिन्छ। अघिल्लो प्रतिनिधिसभामा कांग्रेससँग ८९ सिट थियो।

नेकपा (एमाले) ले समानुपातिकबाट करिब १६ सिट पाउने देखिएको छ भने प्रत्यक्षमा ९ सिट जितेको छ। यसरी प्रतिनिधिसभामा एमालेको कुल सिट संख्या २५ पुग्ने अनुमान गरिएको छ। अघिल्लो प्रतिनिधिसभामा एमालेसँग ७९ सिट थियो।

नेपाल कम्युनिस्ट पार्टीले समानुपातिकमा करिब ९ सिट पाउने देखिएको छ। प्रत्यक्षमा ८ सिट जितेको उक्त दलको प्रतिनिधिसभामा कुल १६ सिट हुने अनुमान गरिएको छ। समानुपातिकतर्फ उसले ८ लाख ८ हजार ५ सय ८२ मत प्राप्त गरेको छ।

यस्तै, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले समानुपातिकमा ४/४ सिट पाउने देखिएको छ। श्रम संस्कृतिले प्रत्यक्षमा ३ सिट जितेकाले उसको कुल सिट संख्या ७ पुग्नेछ भने राप्रपाले प्रत्यक्षमा १ सिट जितेकाले कुल ५ सिट हुनेछ।

निर्वाचन आयोगका अनुसार समानुपातिक मतगणना सकिएकाले अब सिट बाँडफाँटको औपचारिक प्रक्रिया अघि बढ्नेछ। आयोगले सदर मतका आधारमा सिट निर्धारण गरेपछि दलहरूलाई तीन दिनभित्र समानुपातिक बन्दसूचीबाट नाम सिफारिस गर्न पत्राचार गर्नेछ। त्यसपछि आयोगले नामहरूको परीक्षण गरी निर्वाचित सांसदहरूलाई प्रमाणपत्र प्रदान गर्नेछ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार