मुख्य समाचार
सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा | जिल्लास्तरीय कृषि प्राविधिक बैठक सम्पन्न, उत्कृष्ट सेवा प्रवाह गर्ने चार स्थानीय तहका कृषि प्राविधिक सम्मानित | त्रिवेणी टोल सुधार समितिद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार हुँदै |

कोशीमा महिलातर्फ एमालेकी रुकमणि कोइराला र अन्यमा कृष्ण सिटौला विजयी, माओवादीले पायो धाेका

Thearaniko Times 1398+ समाचार ( )
११ माघ २०८०, बिहीबार

विराटनगर । राष्ट्रियसभा सदस्य निर्वाचनमा कोशी प्रदेशमा  महिलातर्फ एमालेका रुक्मिणी कोइराला विजय भएकी छिन्। गठबन्धनका उम्मेदवार चम्पा कार्कीलाई हराउँदै कोइराला विजयी भएकी हुन्।

रूक्मणि कोइराला ५०८६ मतसहित विजयी हुँदा गठबन्धनका तर्फबाट माओवादीका चम्पा कार्कीले ४९९२ मत मात्र पाएकी छन्। सत्ता गठबन्धनमा मत क्रस हुँदा एमाले उम्मेदवारले जितेकी हुन् ।

यसैगरी नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला गठबन्धनको तर्फबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका छन् ।

कोशी प्रदेशबाट अन्यतर्फ उम्मेदवार बनेका सिटौलाले एमाले-राप्रपा गठबन्धनका उद्धव पौडेललाई पराजित गर्दै निर्वाचित भएका हुन् ।

सिटौलाले ५२९२ मतभार पाएका छन् भने राप्रपाका उद्धव पाैडेलले ४५६२ मतभार पाएका छन् । उम्मेदवारी फिर्ता लिएका एमालेका पर्शुराम अधिकारीकाे पक्षमा १४८ मतभार खसेकाे छ ।

सिटौलालाई कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीको समर्थन थियो ।

प्रदेशसभा र स्थानीय तहका जनप्रतिनिधिले मतदान गर्ने निर्वाचनमा सत्ता गठबन्धनका केही मतदाताले राप्रपा उम्मेदवारलाई मतदान गरे पनि सिटौलाले पौडेलले भन्दा बढी मत पाए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार