मुख्य समाचार
इमानदार कम्युनिष्ट नेता भरत लामिछानेको निधन, विचार र जीवनशैलीले छाड्यो गहिरो प्रभाव | लक्ष्मी शर्माको कथासङ्ग्रह ‘हजुरआमा’ लोकार्पित | गुणस्तरीय शिक्षाबाट आत्मनिर्भर भविष्यतर्फ : लिन स्कुलको नयाँ दृष्टि- - शिशिर भण्डारी | जेन–जी उभारको झण्डै दुईतिहाइको सत्ता: जनादेश, शक्ति-सन्तुलन, जवाफदेहिता र परीक्षा | पुर्व प्रधानमन्त्री केपी ओली र पुर्व गृहमन्त्री रमेश लेखक पक्राउ, अब के होला? | कार्की आयोग प्रतिवेदन: सत्यको सन्तुलन कि चयनात्मक व्याख्या ? | महिला कानुन व्यवसायी सम्मेलन: पेशागत समानता र समावेशितामा जोड | कानुन व्यवसायी महिलाहरूको ३२औँ राष्ट्रिय सम्मेलन भक्तपुरमा शुरु | खत्री गाउँ डिपबोरिङमा ट्रान्सफर्मर पुनः चोरीको प्रयास | कांग्रेस सभापति गगन थापाको राजीनामा, निर्णय केन्द्रीय समितिमा |

राजनीति
प्रचण्डकी छोरी गंगा दाहालद्वारा सचिवालयबाट राजीनामा

Thearaniko Times 1369+ समाचार ( )
४ कार्तिक २०८२, सोमबार

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ की छोरी गंगा दाहालले बुवाको सचिवालयको जिम्मेवारीबाट राजीनामा दिएकी छिन्।

भ्रामक प्रचार र गलत समाचारहरू निरन्तर फैलिएको कारण सचिवालयबाट बाहिरिने निर्णय गरेको उनले सार्वजनिक रूपमा बताएकी छन्। सामाजिक सञ्जालमार्फत वक्तव्य जारी गर्दै उनले पछिल्ला दिनमा आफ्ना बारेमा विभिन्न सञ्चार माध्यमहरूमा आएका भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेकी छिन्।

गंगाले लेखेकी छिन् — “म, बुवा (नेकपा माओवादी केन्द्रका संयोजक प्रचण्ड) को सचिवालयमा भाइ प्रकाश दाहालको निधनपछि मम्मी बिरामी भएको अवस्थामा पार्टी नेताहरूको सल्लाहमा जिम्मेवारी लिएर आएँ। मम्मीको हेरचाह र पार्टी काम दुवै सम्हाल्दै सकेसम्म निस्वार्थ भावले सहयोग गर्ने प्रयास गरेँ।”

उनले आफूले कहिल्यै व्यक्तिगत स्वार्थका लागि काम नगरेको दाबी गर्दै लेखेकी छन् — “सधैं सहयोगीका रूपमा राम्रो गर्ने कोशिस गरिरहेँ। तर यो ठाँउमा जति राम्रो गरे पनि विवादमा त पर्ने नै रहेछ।”

गंगाका अनुसार पछिल्लो समय केही सञ्चार माध्यमहरूले ‘महँगो ब्याग’ र ‘लाखौं पर्ने घडी’को समाचार फैलाई आफूविरुद्ध कुप्रचार गरेको बताएकी छन्। “जन्मदिनको अवसरमा साथीले दिएको उपहार थियो, सक्कली कि नक्कली त्यो पनि जलेर खरानी भइसकेको छ। तर त्यही कुरा बारम्बार प्रयोग गरेर प्रहार भइरहेको छ,” उनले लेखेकी छन्।

उनले पार्टी र आफ्ना बुवाविरुद्ध योजनाबद्ध प्रहार भइरहेको आरोप लगाउँदै लेखेकी छन् — “मलाई देखाएर बुवा र पार्टीविरुद्ध अभियान चलाइँदैछ, त्यसैले सचिवालयबाट बाहिरिँदा नै बुवा, पार्टी र आन्दोलनका लागि राम्रो होला भन्ने निष्कर्षमा पुगेकी हुँ।”

राजीनामासँगै उनले पार्टीप्रति आफ्नो निष्ठा भने यथावत रहने स्पष्ट पारेकी छन्। “म पार्टीको जिम्मेवार कार्यकर्ता भएकाले आजीवन रूपमा पार्टीमा क्रियाशील रहनेछु,” उनले बताएकी छन्।

अन्त्यमा उनले सबै नेपालीहरूलाई दिपावली, छठ र नेपाल संवत् पर्वको शुभकामना पनि व्यक्त गरेकी छन्।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार