मुख्य समाचार
सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा | जिल्लास्तरीय कृषि प्राविधिक बैठक सम्पन्न, उत्कृष्ट सेवा प्रवाह गर्ने चार स्थानीय तहका कृषि प्राविधिक सम्मानित | त्रिवेणी टोल सुधार समितिद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार हुँदै |

बाढी पहिरो पीडितलाई राहत
काभ्रेबाट काठमाडौं गइ विभिन्न व्यवसायमा संलग्न युवाहरुको बैठकले पुनर्निर्माणको लागि सहयोग गर्ने निर्णय

Thearaniko Times 1398+ समाचार ( )
३० अशोज २०८१, बुधवार

काठमाडौं/काभ्रेबाट काठमाडौं गइ विभिन्न व्यवसायमा संलग्न युवाहरुको बैठकले बाढी पहिरो पीडितलाई थप राहत वितरण गर्ने गरेको छ। बुधबार नेपाली काङ्ग्रेसको केन्द्रिय सद्स्य गणेश लामाको प्रमुख आतिथ्यता र बाढीपहिरो पीडित निवारण कोषका अध्यक्ष अशोक लामाको अध्यक्षतामा ठमेलमा बसेको बैठकले बाढीपहिरो पीडित घर परिवारको क्षतिको पहिचान गरी पीडित परिवारलाई पुनर्निर्माण, व्यवस्थापन तथा आवश्यक घर निर्माण सामाग्री राहत स्वरुप वितरण गर्ने निर्णय गरेको छ।

समाजसेवी गुन्जमान लामाका अनुसार बैठकले बाढीपहिरोबाट अवरुद्ध बाटोघाटोहरु तुरुन्त खुलाउने र आवश्यक तेल उपलब्ध गराउन सम्बन्धित निकायमा तुरुन्त बुझ्न र अन्य स्रोतबाट पनि संचालन गर्ने निर्णय पारित गरेको छ ।

यसैगरी बनेपादेखि नमोबुद्ध हुँदै रोशी गाउँपालिका  फलामेसाँघुसम्म संचालित सार्वजनिक सवारी साधनले बढी भाडा लिएको जनगुनासो आएकोले त्यस विषयमा काभ्रे बस संचालक समितिसँग तुरुन्त छलफल गरी ध्यानाकर्षण गर्ने निर्णय पारित गरेको समाजसेवी गुन्जमान लामाले जानकारी दिनुभयो।

समाजसेवी लामाका अनुसार बाढीपहिरो पीडित निवारण कोषका कोषाध्यक्ष बिशाल सेन्चुरीले अहिलेसम्म बाढीपहिरो पीडितहरुलाई राहत सहयोगको  खर्च विवरण र कोषमा भएको रकम जानकारी गराएपछि बैठक समापन भएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार