मुख्य समाचार
इमानदार कम्युनिष्ट नेता भरत लामिछानेको निधन, विचार र जीवनशैलीले छाड्यो गहिरो प्रभाव | लक्ष्मी शर्माको कथासङ्ग्रह ‘हजुरआमा’ लोकार्पित | गुणस्तरीय शिक्षाबाट आत्मनिर्भर भविष्यतर्फ : लिन स्कुलको नयाँ दृष्टि- - शिशिर भण्डारी | जेन–जी उभारको झण्डै दुईतिहाइको सत्ता: जनादेश, शक्ति-सन्तुलन, जवाफदेहिता र परीक्षा | पुर्व प्रधानमन्त्री केपी ओली र पुर्व गृहमन्त्री रमेश लेखक पक्राउ, अब के होला? | कार्की आयोग प्रतिवेदन: सत्यको सन्तुलन कि चयनात्मक व्याख्या ? | महिला कानुन व्यवसायी सम्मेलन: पेशागत समानता र समावेशितामा जोड | कानुन व्यवसायी महिलाहरूको ३२औँ राष्ट्रिय सम्मेलन भक्तपुरमा शुरु | खत्री गाउँ डिपबोरिङमा ट्रान्सफर्मर पुनः चोरीको प्रयास | कांग्रेस सभापति गगन थापाको राजीनामा, निर्णय केन्द्रीय समितिमा |
मुख्य समाचार
इमानदार कम्युनिष्ट नेता भरत लामिछानेको निधन, विचार र जीवनशैलीले छाड्यो गहिरो प्रभाव | लक्ष्मी शर्माको कथासङ्ग्रह ‘हजुरआमा’ लोकार्पित | गुणस्तरीय शिक्षाबाट आत्मनिर्भर भविष्यतर्फ : लिन स्कुलको नयाँ दृष्टि- - शिशिर भण्डारी | जेन–जी उभारको झण्डै दुईतिहाइको सत्ता: जनादेश, शक्ति-सन्तुलन, जवाफदेहिता र परीक्षा | पुर्व प्रधानमन्त्री केपी ओली र पुर्व गृहमन्त्री रमेश लेखक पक्राउ, अब के होला? | कार्की आयोग प्रतिवेदन: सत्यको सन्तुलन कि चयनात्मक व्याख्या ? | महिला कानुन व्यवसायी सम्मेलन: पेशागत समानता र समावेशितामा जोड | कानुन व्यवसायी महिलाहरूको ३२औँ राष्ट्रिय सम्मेलन भक्तपुरमा शुरु | खत्री गाउँ डिपबोरिङमा ट्रान्सफर्मर पुनः चोरीको प्रयास | कांग्रेस सभापति गगन थापाको राजीनामा, निर्णय केन्द्रीय समितिमा |

नेकपा माओवादी केन्द्र धुलिखेलको नेतृत्वमा सुरेन्द्र महत
नेकपा माओवादी केन्द्र धुलिखेलको नेतृत्वमा सुरेन्द्र महत

Thearaniko Times 1369+ समाचार ( )
७ माघ २०८१, सोमबार

काभ्रे । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव तथा पुर्व शिक्षामन्त्री गिरिराजमणि पोखरेलले आगामी स्थानीय तहको निर्वाचनमा आफ्नै बलबुतामा अघि बढ्न सक्ने गरी पार्टी बलियो बनाउनुपर्ने बताउनुभएको छ।

नेकपा माओवादी केन्द्र धुलिखेल नगरपालिकाको तेश्रो अधिबेशन तथा खबरदारी सभालाई सम्बोधन गर्नुहुँदै उपमहासचिव पोखरेलले २०७९ को स्थानीय तह निर्वाचनमा तेस्रो बनेको माओवादीलाई यस पटक ग्रामथानवासीले पहिलो बनाएर पालिका अध्यक्षमा जिताउनु रणनीतिक महत्वको विषय भएको उल्लेख गर्नुभयो ।


पोखरेलले अगाडि भन्नुभयो, ‘हामीले २०७९ को निर्वाचनमा १२२ पालिकामा प्रमुख तथा अध्यक्ष जितेका थियौँ, अब ग्रामथान थपिएपछि यो सङ्ख्या १२३ पुगेको छ । आगामी स्थानीय तह निर्वाचनमा २५० भन्दा बढी पालिकामा जीत हात पारेर माओवादी पहिलो पार्टी बन्छ, यो हामीलाई उपनिर्वाचनले दिएको महत्त्वपूर्ण सन्देश हो ।’ 

‘विरोधीहरूले अब माओवादी कमजोर भयो, एक्लै चुनाव लड्न सक्दैन भनेर अफवाह फैलाइरहेको बेला उपनिर्वाचनले माओवादीलाई सङ्ख्या र लोकप्रिय मत दुबैमा पहिलो पार्टी बनाएको छ,‘ उनले भने, ‘यो एउटा पालिकाको मात्रै विजय होइन, यो देशैभरि विशेष सन्देश दिने रणनीतिक महत्वको जीत हो ।’ उनले आफ्नो पार्टी ओरालो यात्रामा लागेका बेला कहिले कांग्रेस र कहिले एमालेसँग सहकार्य गर्दै केही कमजोरी पनि गरेको उल्लेख गर्दै अब आफ्नै बलबुतामा अघि बढ्ने जिकिर गरे । 


देशमा माओवादी केन्द्रकै कारण आम उत्पीडित जनताले अधिकार पाएको उल्लेख गर्दै उपमहासचिव पोखरेलले अब यसलाई कार्यान्वयन गर्दै देशबाट भ्रष्टाचारको जरा उखेलेर भ्रष्टाचारीलाई लखेट्नका लागि फेरि माओवादी केन्द्रलाई २०६४ को अवस्थामा पुर्याउन मिहिनेत गर्न आग्रह गर्नुभयो। ‘हामीले २०६४ मा जनताको मत पाएर पनि पार्टीलाई एकताबद्ध राख्न सकेनौँ, जनताको विश्वास कायम राख्न नसकेकै हौँ,’ उनले भने, ‘त्यति बेलाको जनमत र आजको जस्तो हाम्रो सुझबुझपूर्ण चेतना र शैली मिल्यो भने अब हामी नेपाललाई राजनीतिक परिवर्तनको पूर्ण अनुभूति गराउने छौँ, हामी धेरै कुरा सम्झेर तपाईंहरुसमक्ष आएका छौँ, तपाईँहरूलाई पनि २०६४ साल सम्झिदिन अपिल गर्दछु ।  


माओवादीले कुलमान घिसिङलाई विद्युत् प्राधिकरणको प्रमुख बनाएपछि नेपाल लोडसेडिङमुक्त भएको उल्लेख गर्दै अहिले ‘चोरलाई चौतारो, साधुलाई सुली’ भनेजस्तै सरकारले उनै कुलमानलाई निकाल्न खोजेको भन्दै आपत्ति व्यक्त गरे । उनले सुशासन, सामाजिक न्याय र समृद्धिको अभियानमार्फत सरकारको तेस्रो कार्यकाललाई नयाँ ढङ्गले बढाउँदा पार्टी र आन्दोलनमा नै पुनर्जागरण सुरु भएको स्पष्ट गरे । 

अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारले विभिन्न क्षेत्रमा सुधारको थालनी गरेको उल्लेख गर्दै उपमहासचिव पोखरेलले विश्वविद्यालयमा योग्यताका आधारमा जिम्मेवारी दिने मेरिटोक्रेसीको थालनी, कर्मचारीतन्त्रमा हाम्रो होइन राम्रो मान्छेलाई जिम्मेवारी दिने र बेथिति गर्नेमाथि दण्डित गर्ने प्रक्रियाको सुरुवात, वर्षौदेखि रोकिएका शिक्षा ऐन, निजामति ऐन जस्ता कानुन निर्माणलाई अगाडि बढाउने लगायतका महत्त्वपूर्ण काम अघि बढाइएको बताए । अब विदेशिन वाध्य युवाहरुलाई स्वदेशमै रोक्ने उपायहरू खोज्दै मुलुकलाई समृद्धिको बाटोतिर डोर्याउने कार्यभार अब माओवादीको काँधमा आएको उहाँले उल्लेख गर्नुभयो । 

नेकपा माओवादी केन्द्र धुलिखेल नगर कमिटीका अध्यक्ष बाबुराम तामाङको अध्यक्षता र बालकृष्ण न्यौपानेको स्वागत मन्तव्य रहेको कार्यक्रममा केन्द्रीय सदस्य दिनानाथ गौतम, केन्द्रीय सल्लाहकार सुवासकाजी माकजु श्रेष्ठ, जिल्ला इन्चार्ज तेजबहादुर मिजार, नगर इन्चार्ज यादव ढुंगेल लगायतका वक्ताहरुले वर्तमान सरकार भ्रष्टाचारीहरुलाई जोगाउनका लागि मात्रै गठन भएको बताउनुभयो । भुटानी शरणार्थी प्रकरणमा बेचन झा पक्राउ पर्ने र काङ्ग्रेस नेतृ आरजु राणा देउवालाई पक्राउ गर्ने तयारी भएकै बेला सरकार रातारात फेरिनु, भ्रष्टाचारीको संरक्षण र बेथितिका लागि नै सरकार बनेको कुरा पछिल्ला गतिविधिले झनै पुष्टी गरेको बताउनुभयो । 

कार्यक्रममा शहिद तथा बेपत्ता परिवारका सदस्यलाई सम्मान गरिएको थियो भने पुनः माओवादी फर्केका हरुलाई स्वागत गरिएको थियो।

ने.क.पा.(माओवादी केन्द्र) धुलिखेल नगर समितिको तेस्रो अधिबेशनबाट सुरेन्द्र महतको  अध्यक्षतामा ३९ सदस्यीय समिति सर्बसम्मत रुपमा चयन भएकोछ । जसमा उपाध्यक्षमा रामप्रसाद हुमागाई र यसोदा श्रेष्ठ तामाङ, सचीव दोर्जे तामाङ,‌ सहसचिव कृष्ण जि  बनेपाली, कोषाध्यक्ष अन्जली तामाङ रहेका छन्।

प्रतिक्रिया

बाल कृष्ण सापकाेटा ७ माघ २०८१, सोमबार

थरै फेरियछ मेराे त मित्राे

वासुदेव हुमागाईँ ७ माघ २०८१, सोमबार

अरुले ह्रासाेन्मूख भन्ने गरेकाे हाम्राे महान तथा गाैरवशाली पार्टीको बिस्तारै जराबाट पलाउन सुरू भएकाे छ हिजाे मिलेर टाउकाकाे माेल ताेकेकाहरु आज मिलेर नै जुत्ताकाे माेल गर्नेमा झरेका छन भने साना दलहरु माेर्चाबन्दी गरेर ठुला बिरुध्द लड्नु पर्नेमा ठुला दल मिलेर माओवादी बिरुद्ध माेर्चाबन्दी गर्नेमा परेका छन् यही हाे पार्टीको विकास भनेकाे! त्यसैले अब सबै नेता कार्यकर्ता र शुभचिन्तक एकमनाकासाथ तल्लाे तहमा खट्नु पर्ने बेला हाे याे राजनीति नै मूल नीति भएकाेले राजनीति नसङ्लिएसम्म समाज सङ्लाे हुँदैन तसर्थ हामी सबैले आआफ्नाे जिम्मेवारी निभाउँ पार्टीले हामीलाई केही पनि दिँदैन जाे सकेकाे पार्टीलाई हामीले नै दिनु पर्छ र त पार्टीले जति सक्छ देशलाई दिन्छ याे मनाेभावकासाथ लागाैँ लगाऔँ भन्दै नव गठित नगर समितिलाई बधाई तथा कार्यकाल सफलताकाे शुभकामना छ र।

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार