मुख्य समाचार
सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा | जिल्लास्तरीय कृषि प्राविधिक बैठक सम्पन्न, उत्कृष्ट सेवा प्रवाह गर्ने चार स्थानीय तहका कृषि प्राविधिक सम्मानित | त्रिवेणी टोल सुधार समितिद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार हुँदै |

पार्टीभित्र र बाहिरको घेराबन्दी र चक्रव्यूह र अप्राृकतिक समिकरणका कारण हार बेहोरें’

Thearaniko Times 1398+ समाचार ( )
९ मंगशिर २०७९, शुक्रबार

धुलिखेल/ प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा लोकतान्त्रिक–बाम गठबन्धनका तर्फबाट साझा उम्मेदवार भएका कांग्रेस पूर्व केन्द्रीय सदस्य शिवप्रसाद हुमागाईले आफ्ना मतदाता र निर्वाचनमा सहभागी सबैलाई धन्यवाद दिएका छन् । पार्टीभित्र र बाहिरको घेराबन्दी र चक्रव्यूह र अप्राृकतिक समिकरणका कारण मात्रै आफू प्रत्यासी हुन पुगेको भन्दै हुमागाईले गठबन्धन र आफूलाई मतदान र सहयोग गर्ने सबैमा आभार प्रकट गरेका हुन् । ‘जनताले हामीलाई अत्यन्तै माया गर्नुभएको छ, मतदाताको कारण हैन पार्टीभित्रको अप्राकृतिक समिकरणको कारण हार बेहोरेको हुँ,’ उनले भने, ‘हामीलाई मतदान गर्नुहुने र सहयोग गर्नुहुने सबैमा हार्दिक आभार व्यक्त गर्दछौं ।’ अन्तिम मत सार्वजनिक भएपछि एक संक्षिप्त कार्यक्रम गरेर उनले विचलित नभई काभ्रेली जनताको स्वाभीमान कायम राख्न मतदान गर्ने सम्पूर्णका साथै निर्वाचनको क्रममा अहोरात्र खटिने लोकतान्त्रिक–बाम गठबन्धन आवद्ध राजनीतिक दलका नेता तथा कार्यकर्ता, नेपाली कांग्रेसका नेता तथा कार्यकर्ता, निर्वाचन आयोग, सुरक्षाकर्मी, कर्मचारी, पत्रकार, नागरिक समाज, बुद्धिजीवी एवं काभ्रेलीमा कृतज्ञता व्यक्त गरेका हुन् । साथै देश विदेशमा रहेर सो क्षेत्रको निर्वाचनलाई चासोका साथ सरोकार राख्ने सचेत नागरिक समेतलाई धन्यवाद व्यक्त गरेका छन् । उनले कार्यक्रम नै बनाएर मतदातालाई धन्यवाद ज्ञापन गर्न घरदैलोमा जाने पनि बताए । निर्वाचनमा प्राविधिक रुपमा हार बेहोेरेपनि अझ उत्साहका साथ निष्ठा, इमान्दारीपूर्वक आफ्नो शरीरले साथ दिँदासम्म देश, जनताको सर्वाेपरी हित, सेवा र काभ्रेली जनताको सुख दुःखको साथीको रूपमा रहने प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार