मुख्य समाचार
इमानदार कम्युनिष्ट नेता भरत लामिछानेको निधन, विचार र जीवनशैलीले छाड्यो गहिरो प्रभाव | लक्ष्मी शर्माको कथासङ्ग्रह ‘हजुरआमा’ लोकार्पित | गुणस्तरीय शिक्षाबाट आत्मनिर्भर भविष्यतर्फ : लिन स्कुलको नयाँ दृष्टि- - शिशिर भण्डारी | जेन–जी उभारको झण्डै दुईतिहाइको सत्ता: जनादेश, शक्ति-सन्तुलन, जवाफदेहिता र परीक्षा | पुर्व प्रधानमन्त्री केपी ओली र पुर्व गृहमन्त्री रमेश लेखक पक्राउ, अब के होला? | कार्की आयोग प्रतिवेदन: सत्यको सन्तुलन कि चयनात्मक व्याख्या ? | महिला कानुन व्यवसायी सम्मेलन: पेशागत समानता र समावेशितामा जोड | कानुन व्यवसायी महिलाहरूको ३२औँ राष्ट्रिय सम्मेलन भक्तपुरमा शुरु | खत्री गाउँ डिपबोरिङमा ट्रान्सफर्मर पुनः चोरीको प्रयास | कांग्रेस सभापति गगन थापाको राजीनामा, निर्णय केन्द्रीय समितिमा |
मुख्य समाचार
इमानदार कम्युनिष्ट नेता भरत लामिछानेको निधन, विचार र जीवनशैलीले छाड्यो गहिरो प्रभाव | लक्ष्मी शर्माको कथासङ्ग्रह ‘हजुरआमा’ लोकार्पित | गुणस्तरीय शिक्षाबाट आत्मनिर्भर भविष्यतर्फ : लिन स्कुलको नयाँ दृष्टि- - शिशिर भण्डारी | जेन–जी उभारको झण्डै दुईतिहाइको सत्ता: जनादेश, शक्ति-सन्तुलन, जवाफदेहिता र परीक्षा | पुर्व प्रधानमन्त्री केपी ओली र पुर्व गृहमन्त्री रमेश लेखक पक्राउ, अब के होला? | कार्की आयोग प्रतिवेदन: सत्यको सन्तुलन कि चयनात्मक व्याख्या ? | महिला कानुन व्यवसायी सम्मेलन: पेशागत समानता र समावेशितामा जोड | कानुन व्यवसायी महिलाहरूको ३२औँ राष्ट्रिय सम्मेलन भक्तपुरमा शुरु | खत्री गाउँ डिपबोरिङमा ट्रान्सफर्मर पुनः चोरीको प्रयास | कांग्रेस सभापति गगन थापाको राजीनामा, निर्णय केन्द्रीय समितिमा |


गठबन्धन फुटाउन एमाले अध्यक्षओली चर्को लागिपरेका छन्, तर सफल हुन दिइन्न – माधवकुमार नेपाल

Thearaniko Times 1369+ समाचार ( )
१५ माघ २०७८, शनिबार

काठमाडौँ माघ १५ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री शेरबहादुर देउवा चुनावसम्मै गठबन्धन कायम राख्ने पक्षमा रहेको बताएका छन् । काँग्रेसका अन्य नेता पनि गठबन्धनकै पक्षमा रहेको नेपालको दाबी छ । काँग्रेसका नेताहरुले आजै पनि चुनावसम्मै गठबन्धन राख्नुपर्ने बताएको उनले बताए ।

काठमाडौँमा शनिबार आयोजित पार्टी निकट निजामती कर्मचारी संगठनको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले गठबन्धनको शक्तिसँग डराएका दक्षिणपन्थी शक्तिहरू भने चुनावसँग आत्तिएर भ्रम छर्न थालेका आरोप लगाए ।

सत्तारुढ गठबन्धन जुनसुकै मितिमा पनि चुनावको सामना गर्न तयार रहेको नेपालको भनाई छ । बैशाखमै चुनाव भए पनि आफूहरुलाई कुनै फरक नपर्ने बताउदै चुनावको मिति छिट्टै घोषणा हुने अध्यक्ष नेपालले बताए । अध्यक्ष नेपालले एमाले अध्यक्ष केपी शर्मा ओली आगामी निर्वाचनसम्म सत्तारुढ गठबन्धन फुटाउन चर्को रुपमा लागिपरेको आरोप लगाउँदै तर त्यो प्रयास सफल हुन नदिने नेता नेपालले जिकिर गरेका छन् ।

अध्यक्ष नेपालले चुनावबाट आफूहरु नआत्तिएको भन्दै जुनसुकै बेला पनि सामना गर्न तयार रहेको बताएका हुन् । आगामी चुनावसम्म सत्तारुढ गठबन्धन कायम रहने उनले दावीसमेत गरे। उनले प्रधानमन्त्री शेरबहादुर देउवा र नेपाली कांग्रेसका नेताहरु सत्तारुढ गठबन्धनलाई कायमै राखेर निर्वाचनमा जान प्रतिवद्ध रहेको औंल्याए ।

‘चुनावसँग हामी आत्तिएका छैनौं। चुनाव यही बैशाखमै हुन्छ भने पनि हामी सामना गर्न तयार छौं। चुनाव यदि जेठमा हुन्छ भने पनि हामी सामना गर्न तयार छौं। असारमा गर्ने हो भने सामना गर्न तयार छौं। असोजमा गर्ने हो भने सामना गर्न तयार छौं। स्थानीय तहको पहिले हुन्छ भने पनि सामना गर्न तयार छौं’ अध्यक्ष नेपालले भने, ‘केन्द्रीय चुनाव पहिले हुन्छ भने पनि सामना गर्न तयार छौं। चुनावबाट हामी आत्तिएका छैनौं। जनतामा जाने कुराबाट हामी अत्यन्त खुसी पनि हुन्छौं। यस अर्थमा चुनावको कुराबाट बरु अरु आत्तिएका होलान् ।’

गठबन्धन दलले जे निर्णय गर्छ, त्यसको आधारमा म चल्न तयार छु र, गठबन्धनले जहिले चुनाव गर्ने भन्छ, त्यसको निम्ति पनि म जान तयार छु भनेर प्रधानमन्त्रीजीले भनिसकेको हुनाले त्यसमा कुनै पनि किसिमको शंका, उपशंका गर्नुपर्ने आवश्यकता छैन’, नेता नेपालले थपे, ‘अवश्य पनि नेपाली कांग्रेसभित्र र नेपालको राजनीतिमा देशी–विदेशी शक्तिहरुको अनेक खालका दाउपेचहरु पनि छन् । गठबन्धन टुटोस् भन्ने चाहना राख्नेहरु पनि छन्न् । गठबन्धन टुटाउन सके हुन्थ्यो भन्ने खोजिरहेकाहरु पनि होलान् । त्यस मामलामा सबैभन्दा चर्काे रुपमा केपी ओली आफै लागेका छन् । अनेक खालको भ्रम दिएर, अनेक खालको पासाहरु फालेर उनले दाउपेचहरु दिइरहेका छन् । यो कुनै दाउपेचले चल्नेवाला छैन ।’

उनले स्थानीय तहको निर्वाचन असोज २ गते अन्तिम चरणमा भएको र त्यसैलाई आधार मानेर त्यसको ६ महिनाभित्र गर्न उपयुक्त हुने धारणा पनि राखे। उनले स्थानीय तहका जनप्रतिनिधिहरुको कार्यकाल २०७९ साल असोज २ गतेपछि मात्रै पूरा हुने भएकाले त्यसपछि मात्रै स्थानीय तहको निर्वाचनमा जाने व्यवस्था संविधानमा भएको दावीसमेत गरे।अध्यक्ष नेपालले संवैधानिक व्यवस्थाअनुसार चुनाव हुनेमा शंका नगर्न पनि सबैलाई आग्रह गरे।

‘स्थानीय तहको निर्वाचनबारे संविधानमा लेखिएको कुरालाई हामीले सबैभन्दा पहिला ध्यानमा राख्नुपर्दछ । संविधानको धारा २२५ मा प्रस्ट लेखेको छ कि गाउँसभा र नगरसभाको निर्वाचन सम्पन्न भइसकेको समयदेखि ६ महिनाभित्र निर्वाचन सम्पन्न गर्नु पर्नेछ अर्थात सम्पन्न भएको पाँच वर्ष पूरा भएको समयदेखि ६ महिनाभित्र अर्थात गाउँसभा र नगरसभाको चुनाव कहिले सम्पन्न भयो? भनेर हामीले त्यो समयलाई हेर्नुपर्दछ’, उनले भने, ‘त्यो समयलाई हेर्ने हो भने अब विवाद जतिसुकै भए तापनि असोजको २ गते अन्तिम चुनाव भएको मितिलाई आधार मान्न सकिएला या त्यसको पाँच दिन भनौं ७ गते चुनावको मतगणना भएको दिनलाई जोड्ने हो भने असोजको पहिलो, दोस्रो हप्ता भनेपछि २०७९ सालको असोजको दोस्रो हप्तासम्मलाई मान्न सकिएला र त्यसको ६ महिनाभित्र भनेको चैत्रसम्ममा। यो सवालको बारेमा अनेकौं भ्रम बाहिर पैदा गर्न खोजिएको छ। यो भ्रमलाई चिर्नुपर्ने आवश्यकता छ।’अध्यक्ष नेपालले कांग्रेस नेताहरु गठबन्धनमा आवद्ध दलहरुको सहमतिमा स्थानीय तहको निर्वाचन गराउन सहमत रहेको दावी गरे।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार