मुख्य समाचार
इमानदार कम्युनिष्ट नेता भरत लामिछानेको निधन, विचार र जीवनशैलीले छाड्यो गहिरो प्रभाव | लक्ष्मी शर्माको कथासङ्ग्रह ‘हजुरआमा’ लोकार्पित | गुणस्तरीय शिक्षाबाट आत्मनिर्भर भविष्यतर्फ : लिन स्कुलको नयाँ दृष्टि- - शिशिर भण्डारी | जेन–जी उभारको झण्डै दुईतिहाइको सत्ता: जनादेश, शक्ति-सन्तुलन, जवाफदेहिता र परीक्षा | पुर्व प्रधानमन्त्री केपी ओली र पुर्व गृहमन्त्री रमेश लेखक पक्राउ, अब के होला? | कार्की आयोग प्रतिवेदन: सत्यको सन्तुलन कि चयनात्मक व्याख्या ? | महिला कानुन व्यवसायी सम्मेलन: पेशागत समानता र समावेशितामा जोड | कानुन व्यवसायी महिलाहरूको ३२औँ राष्ट्रिय सम्मेलन भक्तपुरमा शुरु | खत्री गाउँ डिपबोरिङमा ट्रान्सफर्मर पुनः चोरीको प्रयास | कांग्रेस सभापति गगन थापाको राजीनामा, निर्णय केन्द्रीय समितिमा |
मुख्य समाचार
इमानदार कम्युनिष्ट नेता भरत लामिछानेको निधन, विचार र जीवनशैलीले छाड्यो गहिरो प्रभाव | लक्ष्मी शर्माको कथासङ्ग्रह ‘हजुरआमा’ लोकार्पित | गुणस्तरीय शिक्षाबाट आत्मनिर्भर भविष्यतर्फ : लिन स्कुलको नयाँ दृष्टि- - शिशिर भण्डारी | जेन–जी उभारको झण्डै दुईतिहाइको सत्ता: जनादेश, शक्ति-सन्तुलन, जवाफदेहिता र परीक्षा | पुर्व प्रधानमन्त्री केपी ओली र पुर्व गृहमन्त्री रमेश लेखक पक्राउ, अब के होला? | कार्की आयोग प्रतिवेदन: सत्यको सन्तुलन कि चयनात्मक व्याख्या ? | महिला कानुन व्यवसायी सम्मेलन: पेशागत समानता र समावेशितामा जोड | कानुन व्यवसायी महिलाहरूको ३२औँ राष्ट्रिय सम्मेलन भक्तपुरमा शुरु | खत्री गाउँ डिपबोरिङमा ट्रान्सफर्मर पुनः चोरीको प्रयास | कांग्रेस सभापति गगन थापाको राजीनामा, निर्णय केन्द्रीय समितिमा |

वर्तमान सरकारले अध्यादेशबाट निरंकुश शासन लाद्न खोजेको छ - नारायणकाजी श्रेष्ठ
वर्तमान सरकारले अध्यादेशबाट निरंकुश शासन लाद्न खोजेको छ - नारायणकाजी श्रेष्ठ

Thearaniko Times 1369+ समाचार ( )
५ माघ २०८१, शनिबार

बेथानचोक/नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष तथा पुर्व उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले संसद् छलेर अध्यादेशमार्फत जनतामा निरंकुश शासन लाद्न खोजेको आरोप  लगाउनु भएको छ । 

आज काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिकामा नेकपा माओवादी केन्द्रकाे तेश्रो अधिवेशन तथा खबर सभालाई सम्वोधन गर्नुहुँदै उपाध्यक्ष श्रेष्ठले संसद् अधिवेशन नबोलाई अध्यादेशमार्फत गम्भीर प्रकृतिका कानुन जारी गर्ने सरकारको कामप्रति आपत्ति जनाउनु भएकाे हो।

‘सरकार टिकाउन बहुमत छ भन्दै राज्यका निकायहरूलाई आफू अनुकूल दुरूपयोग गर्ने, संसद् छल्ने र राजनीतिक निर्णय तथा कामकारबाही पूर्वाग्रही ढंगले गर्दै जाने प्रवृत्तिले अन्ततः लोकतन्त्र र विधिको शासनमाथि नै संकट ल्याउने उहाँको भनाई थियो ।

‘सरकार र सत्तारूढ गठबन्धनका दलहरूको निहित स्वार्थ पूर्तिका लागि संसद् छलेर राष्ट्रको दूरगामी भविष्यमा गम्भीर असर पार्ने प्रकृतिका कानुन अध्यादेशमार्फत ल्याउने कदमको विरोध गर्नुहुँदै वरिष्ठ उपाध्यक्ष श्रेष्ठले गठबन्धन सरकार गठन भएको ६ महिना बितिसक्दा पनि जनअपेक्षाअनुरूप काम गर्न नसकेको, महँगी र भ्रष्टाचारलाई बढावा दिएको, अन्तर्राष्ट्रिय सम्बन्ध सन्तुलित राख्न नसकेको र संसद्लाई छलेर अध्यादेशमार्फत जनतामा निरंकुश शासन लाद्न खोजेको बताउनुभयो । गठबन्धन सरकारले भ्रष्टाचारविरोधी अभियानलाई अवरुद्ध गरेको र राज्यका संयन्त्रमा गलत हस्तक्षेप गरेको समेत उहाँको आरोप थियो ।


‘देश र जनताको हित प्रतिकूल सरकारका निरंकुश गतिविधिका कारण आम जनतामा राज्य र सरकारप्रति चरम निराशा उत्पन्न भइरहेको छ । सरकारले भ्रष्टाचारविरोधी अभियानलाई पूरै अवरुद्ध गरेको छ । भ्रष्टाचारीहरूलाई जोगाएको छ । भ्रष्टाचार बढाएको छ,’ उहाँले अगाडि भन्नुभयो-‘विगतमा अघि बढाइएका गिरिबन्धु टी स्टेट, नक्कली भुटानी शरणार्थी प्रकरण, बालमन्दिर तथा स्काउटका जग्गालगायत भ्रष्टाचारका फाइल बन्द हुन पुगेका छन् । सत्तारूढ दलका भ्रष्टाचारमा मुछिएका नेता तथा कार्यकर्तालाई यो वा त्यो बहानामा उन्मुक्ति दिने प्रपञ्च भइरहेको छ ।’

यसअघिको सरकारका पालामा सुधारोन्मुख रहेको अर्थतन्त्र अहिले समस्यातर्फ उन्मुख भइरहेको बताउँदै वरिष्ठ श्रेष्ठले भन्नुभयो - ‘आर्थिक क्षेत्र चलायमान हुन नसक्दा आर्थिक परिसूचकहरू सकारात्मक हुन सकेका छैनन्,’ ‘विश्वविद्यालय, संस्थान तथा कर्मचारीतन्त्रमा चरम हस्तक्षेप तथा राजनीतीकरण भइरहेको छ । केही सीमित समूहको स्वार्थमा सरकारका संयन्त्रहरू परिचालित हुन पुगेका छन् ।’


नेकपा माओवादी केन्द्र बेथानचोक गाउँपालिका अध्यक्ष तथा बेथानचोक गाउँपालिका उपाध्यक्ष तारा राना तिमल्सिनाको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा संघीय सांसद सुर्यमान दोङ, मिना तामाङ, माओवादी केन्द्रका केन्द्रीय सदस्य रामप्रसाद सापकोटा(दिपशिखा), महाभारत गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बा(संसार) लगायतका वक्ताहरुले मन्तव्य राख्नुहुँदै माओवादी भ्रष्टाचार नियन्त्रण,भ्रष्टाचार अन्त्य र सुशासनको लागि खबरदारी अभियान सञ्चालन गरेको र भ्रष्टाचार गर्ने जुनसुकै पार्टीका नेता कार्यकर्ता भए कानुन बमोजिम कारबाही गरिनु पर्छ भन्ने मान्यताकासाथ अघि बढेको बताए । उहाँहरुले जनताको त्याग तपस्या र बलिदानबाट प्राप्त उपलब्धि मेटाउने प्रयास भैरहेकोले त्यसको बिरुद्धमा खबरदारी गर्ने र जनताको बिचबाट बहिष्कृत गर्ने कार्यभार माओवादी केन्द्रको कांधमा आएको बताए । पार्टीलाई एकजुट गर्दै सुदृढ़ीकरण गर्दै प्राप्त उपलब्धि मेटाउने दुष्प्रयास गर्ने शक्तिहरुको बिरुद्धमा सबै लाग्नुपर्ने उहाँहरुको जोड थियो।


माओवादी केन्द्र भक्तपुर जिल्ला इन्चार्ज दिलिप प्रजापति, काभ्रे जिल्ला इन्चार्ज तेजबहादुर मिजार, जिल्ला सचिव दैवलाल घिसिङ लगायत विभिन्न क्षेत्रबाट प्रतिनिधित्व गरेका नेतृत्वहरुको उपस्थिति रहेको कार्यक्रममा नेपाली काँग्रेस र एमाले त्याग गरी माओवादीमा प्रवेश गर्नेहरुलाई नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, संघीय सांसदहरु सुर्यमान दोङ, मिना तामाङ, माओवादी नेतृ तारा रानाले स्वागत गर्नुभएको थियो। सोही कार्यक्रममा प्रेस सेन्टर काभ्रेका नवनिर्वाचित पदाधिकारीहरु लगायत पार्टी निर्माणमा योगदान पुर्याउने हरुलाई सम्मान गरिएको थियो। कार्यक्रममा बीच बीचमा कलाकार विश्व दोङको टोलीले गीत तथा नृत्य प्रस्तुत गरेको थियो।

प्रतिक्रिया

Resham Darlami ५ माघ २०८१, शनिबार

great

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार