मुख्य समाचार
एमालेसँग तत्काल पार्टी एकताको चर्चा निराधार : वर्षमान पुन | काभ्रेका आईटिएफ तेक्वान्दो खेलाडीलाई रङ्गीन पेटी वितरण | स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न | काभ्रे क्याम्पसलाई बनेपा–६ का वडाध्यक्ष केसीको प्रश्न | सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी |

राजनीति
नागरिक सर्वोच्चता कायम हुने गरी नागरिक सरकार गठन गर्न माग

Thearaniko Times 1402+ समाचार ( )
२६ भाद्र २०८२, बिहीबार

काठमाडौं । जेनजी आन्दोलनले मुलुकमा सिर्जना गरेको राजनीतिक रिक्ततापछि विभिन्न पेशाका लेखक, पत्रकार, राजनीतिकशास्त्री, मानवशास्त्री, चिकित्सक, कवि र कलाकारहरूले राष्ट्रपति रामचन्द्र पौडेललाई ढिला नगरी पहल गरेर निष्कर्षमा पुग्न आग्रह गरेका छन्। उनीहरूले नागरिक सर्वोच्चता कायम हुने गरी नागरिक सरकार गठन गर्नुपर्ने माग समेत गरेका छन्।

भदौ २३ र २४ गतेको आन्दोलनपछि बनेको अनिश्चितताले मुलुक संवैधानिक शून्यतामा धकेलिएको छ। आन्दोलनरत युवाहरूको आक्रोशलाई सम्बोधन गर्ने संरचना स्पष्ट नभएकाले नागरिकस्तरबाटै वैकल्पिक राजनीतिक निकासबारे छलफल सुरु भएको हो। तर, यसबीच जंगी अड्डामा पनि चलखेल बढेको भन्दै बौद्धिक वर्गले चिन्ता व्यक्त गरेका छन्। उनीहरूले संवैधानिक प्रक्रिया कमजोर पार्ने कुनै पनि गतिविधि स्वीकार्य नहुने चेतावनी दिएका छन्।

‘नेपालको संविधानका पालक र संरक्षकसमेत रहनुभएका सम्माननीय राष्ट्रपतिले अहिलेको संकट र रिक्ततालाई निष्कर्षतिर लैजाने पहल र नेतृत्व गर्न आवश्यक भएको छ,’ अपिलमा भनिएको छ। ‘यसका लागि आन्दोलनकारी जेनजी समूह, राजनीतिक दल, नागरिक समाज र बौद्धिक समुदायसँग संवाद अगाडि बढाउनुपर्छ। ऐतिहासिक संविधानसभामार्फत बनेको संविधानकै दायराभित्र आन्दोलनको भावना र नागरिक सर्वोच्चता स्थापित हुने गरी अन्तरिम सरकार गठन गर्न हामी राष्ट्रपतिलाई हार्दिक अपिल गर्दछौं।’

साझा अपिलमा संवाद र परामर्श जंगी अड्डामा नभई राष्ट्रपति कार्यालयमै गर्नुपर्नेमा जोड दिइएको छ। साथै, संवैधानिक र राजनीतिक संक्रमणलाई सम्बोधन गर्ने उद्देश्यले राष्ट्रपति पौडेलले अविलम्ब जनताका नाममा सम्बोधन गरी आवश्यक प्रक्रिया अघि बढाउन पनि आग्रह गरिएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार