मुख्य समाचार
एमालेसँग तत्काल पार्टी एकताको चर्चा निराधार : वर्षमान पुन | काभ्रेका आईटिएफ तेक्वान्दो खेलाडीलाई रङ्गीन पेटी वितरण | स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न | काभ्रे क्याम्पसलाई बनेपा–६ का वडाध्यक्ष केसीको प्रश्न | सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी |

साहित्य र कला
‘चित्रमय चाडपर्वको देश : नेपाल’ लोकार्पण

Thearaniko Times 1402+ समाचार ( )
१२ मंगशिर २०८२, बिहीबार

काठमाडौं । प्रेममान डंगोलको संस्कृति सम्बन्धी कृति ‘चित्रमय चाडपर्वको देश : नेपाल’ लोकार्पित भएको छ। राजधानीमा मंगलवार आयोजित कार्यक्रममा डा. पुरुषोत्तम लोचन श्रेष्ठ, श्रीओम श्रेष्ठ ‘रोदन’, प्रा. डा. लक्ष्मण प्रसाद गौतम, शितल गिरी लगायतका स्रष्टाहरूले पुस्तकको संयुक्त रूपमा विमोचन गरे।

कार्यक्रममा कृतिमाथि टिप्पणी गर्दै डा. श्रेष्ठले भने, “नेपाल मण्डलको संस्कृति विश्वकोशजस्तै हो। यसै विषयमा नयाँ–नयाँ तथ्य समेटिएको यो कृति महत्वपूर्ण छ। संस्कृति मरे देश नै मर्छ, त्यसैले प्राचीन सांस्कृतिक चिनारी सबैका हातमा पुग्नुपर्ने पुस्तकमध्ये यो एक हो।”

अर्का चर्चाकार शितल गिरीले कृतिले नेपाल मण्डल बुझ्न सहयोग पुर्‍याउने बताए। उनका अनुसार, “आफ्नै भाषा, संस्कृति र चाडपर्वसँग जोडिएका विविध पक्षबारे पुस्तकले समग्र जानकारी दिने भएकाले यसले विशेष महत्व वहन गर्छ।”

कार्यक्रममा बोल्दै नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’ले पुस्तकले संस्कृतिलाई सबैसँग जोड्ने कार्य गर्ने बताउँदै भने, “यो कृतिले संस्कृति र चाडपर्वको परम्परालाई जीवन्त राख्न मद्दत पुर्‍याउँछ।”

नेपाल स्रष्टा समाज, केन्द्रीय कार्य समितिको आयोजनामा सम्पन्न कार्यक्रममा कृतिकार डंगोलले आफ्नो लेखकीय मन्तव्य व्यक्त गरेका थिए। कार्यक्रमको सञ्चालन रञ्जना निरौला र स्वागत तारा सुबेदीले गरेका थिए।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार