मुख्य समाचार
एमालेसँग तत्काल पार्टी एकताको चर्चा निराधार : वर्षमान पुन | काभ्रेका आईटिएफ तेक्वान्दो खेलाडीलाई रङ्गीन पेटी वितरण | स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न | काभ्रे क्याम्पसलाई बनेपा–६ का वडाध्यक्ष केसीको प्रश्न | सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी |

प्रधानमन्त्री र प्रचण्डलाई फागुन १६ गतेभित्र पारित गर्न एमसिसीको अल्टिमेटम

Thearaniko Times 1402+ समाचार ( )
२३ माघ २०७८, आइतबार

काठमाडौ । बहुचर्चित र विवादित एमसीसी परियोजना संसदबाट अनुमोदन गर्न अमेरिकाले सरकारलाई फागुन १६ को समयसीमा दिएको छ ।

एमसिसीका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत महमोउद बाहले प्रधानमन्त्री शेरबहादुर देउवा र सत्तारूढ दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई बिहीबार लेखेको पत्रमा फ्रेवअरी २८ सम्म नेपालले एमसिसी सम्झौता संसदबाट अनुमोदन नगरे मार्चमा बस्ने एमसिसी बोर्ड बैठकले सहयोगबारे अर्को कदम चाल्न छलफल गर्ने उल्लेख गरेका छन् ।

गत असोज १३ गते अर्थात २९ सेप्टेम्बरमा प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष दाहालले एमसीसी बोर्डलाई पत्र पठाउँदै एमसीसी संसदबाट अनुमोदनका लागि चार–पाँच महिनाको समय मागेको समेत खुलेको छ । सो कुरा सम्झाउँदै एमसीए नेपालले दुवै नेतालाई पत्र पठाउँदै मिति नै तोकेर संसदबाट अनुमोदन गराउन दबाब दिएको हो ।

प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष दाहालको संयुक्त हस्ताक्षर भएको पत्रमा सत्ता गठबन्धनमा आवद्ध दलहरूसँग सकारात्मक छलफल गर्ने र एमसीसी अनुमोदनका लागि वातावरण बनाउने प्रतिबद्धता जनाएको खुलेको छ । एमसीसीका बारेमा मागेको समयसीमा सकिनै लागेको भन्दै फ्रेवुअरी ३ मा पत्र आएसँगै एमसीसी संसदमा टेवल गराउन दबाब परेको छ । चर्काे विवाद भएका कारण सम्झौतामा हस्ताक्षर भएको पाँच वर्ष हुन लाग्दा पनि एमसिसी परियोजना नेपालको संसदबाट पास हुन सकेको छैन। एमसिसी पास हुन समय लागे पनि अमेरिकी अधिकारीहरूले यसअघि सार्वजनिक रूपमा एमसिसी पास गर्न सार्वजनिक रूपमा कुनै समय सीमा तोकेका थिएनन् ।

एमसीसीको बारेमा कांग्रेस संसदबाट पारित गर्न सकरात्मक छ भने एकीकृत समाजवादी र माओवादी केन्द्रभित्र मतभेद छ। प्रमुख प्रतिपक्ष एमाले एमसीसी पारित गर्न तयार छ भने जसपा र लोसपा पनि सकरात्मक छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार