मुख्य समाचार
इमानदार कम्युनिष्ट नेता भरत लामिछानेको निधन, विचार र जीवनशैलीले छाड्यो गहिरो प्रभाव | लक्ष्मी शर्माको कथासङ्ग्रह ‘हजुरआमा’ लोकार्पित | गुणस्तरीय शिक्षाबाट आत्मनिर्भर भविष्यतर्फ : लिन स्कुलको नयाँ दृष्टि- - शिशिर भण्डारी | जेन–जी उभारको झण्डै दुईतिहाइको सत्ता: जनादेश, शक्ति-सन्तुलन, जवाफदेहिता र परीक्षा | पुर्व प्रधानमन्त्री केपी ओली र पुर्व गृहमन्त्री रमेश लेखक पक्राउ, अब के होला? | कार्की आयोग प्रतिवेदन: सत्यको सन्तुलन कि चयनात्मक व्याख्या ? | महिला कानुन व्यवसायी सम्मेलन: पेशागत समानता र समावेशितामा जोड | कानुन व्यवसायी महिलाहरूको ३२औँ राष्ट्रिय सम्मेलन भक्तपुरमा शुरु | खत्री गाउँ डिपबोरिङमा ट्रान्सफर्मर पुनः चोरीको प्रयास | कांग्रेस सभापति गगन थापाको राजीनामा, निर्णय केन्द्रीय समितिमा |

एमसीसीको विरोधमा आज देशभर प्रदर्शन

Thearaniko Times 1369+ समाचार ( )
२६ माघ २०७८, बुधवार

काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पाेरेसन (एमसीसी) को विरोधमा नेकपा (क्रान्तिकारी माओवादी)सहित ६ कम्युनिस्ट पार्टी र दुई मोर्चाले काठमाडौंमा विशाल विरोध प्रदर्शन गरेका छन् ।

आज माइतीघर मण्डलाबाट एमसीसी विरोधी नाराजुलुससहितको ¥याली नयाँ बानेश्वरस्थित संसद भवन अगाडि पुगेर विरोधसभामा परिणत भएको थियो ।

नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी), नेपाल कम्युनिस्ट पार्टी, नेकपा (मसाल), नेकपा, वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपाल, नेकपा माओवादी केन्द्र समाजवादीलगायतका पार्टी र देशभक्त जनगणतान्त्रिक मोर्चा र राष्ट्रिय जनमोर्चा लगायत मोर्चाले संयुक्त रुपमा आयोजना गरेको विरोध प्रदर्शन तथा विरोधसभा भव्य रुपले सम्पन्न भएको हो ।

विरोध प्रदर्शन तथा सभामा नेकपा (क्रान्तिकारी माओवादी)का स्थायी समिति सदस्य तथा देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका महासचिव परि थापा, नेकपा (क्रान्तिकारी माओवादी)का पीवीएम दिनेश शर्मा सागर, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, नेकपा (मसाल)का नेता समिर सिंह, नेकपाका नेता मिलन, नेकपाका अध्यक्ष ऋषि कट्टेल, नेकपा (माओवादी केन्द्र समाजवादी)का अध्यक्ष कर्णजित बुढाथोकी र वैज्ञानिक समाजवादीका केसलगायतका नेताहरुले एमसीसीको खारेजीको माग गर्दै विरोध मन्तव्य राख्नुभयो ।

रामलाल विकले सञ्चालन गरेको विरोधसभामा वक्ताहरुले एमसीसी सम्झौता राष्ट्रघाती रहेकोले संसदबाट जसरी भए पनि पास गर्न नहुने र अमेरिकालाई नै फिर्ता पठाइदिनुपर्ने धारणा राख्नुभएको थियो । वक्ताहरुले आगामी दिनमा एमसीसीको विरुद्धमा अझ सशक्त रुपमा संघर्ष उठान गर्ने समेत उद्घोष गर्नुभयो ।

राष्ट्रघाती एमसीसी सम्झौताको खारेजीका लागि भएको प्रदेश स्तरीय बिरोध कार्यक्रम गण्डकी प्रदेशको राजधानी पोखरामा भब्यरुपमा सम्पन्न भएको छ । पोखराको सृजनाचोकबाट नारा जुलुससहित विशाल रयालीका साथ दिनको १ः३० बजे (लखनचोक) पृथ्वीचोकमा पुगी बिरोध कार्यक्रम सुरु भएको थियो । आजै २२ दलीय मोर्चाको आयोजनामा चितवनमा राष्ट्रघाती एमसीसी सम्झौताको खारेजका लागि विरोध प्रदर्शन सफलतार्पूक सम्पन्न गरिएको छ । चितवनको मालपोत चोक अगाडि जम्मा भएर नारा जुलुस सहित एमसीसीको खारेजका लागि चितवनमा संकलन गरिएको ५० हजार हस्ताक्षर भएको सेतो कपडा सिडिओलाई बुझाइ कोणसभा गरिएको थियो ।

यसैगरी काभ्रेको सदरमुकाम धुलिखेलमा बुधवार राष्ट्रघाती एमसीसीको खारेजीको माग गर्दै विरोध गरिएको छ । विभिन्न आठ राजनीतिक दलले एमसीसीको विरोध गरेका हुन् । नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी), नेपाल कम्युनिष्ट पार्टी, नेकपा (मसाल), नेकपा, राष्ट्रिय जनमोर्चा, देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल, नेकपा माओवादी केन्द्र समाजवादी र बैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपालले एमसीसीको विरोध गरेका हुन् । सरस्वती बजारमा भेला भएर उनीहरूले नारा जुलुस गर्दै बिपी चोकमा आएर कोणसभामा गरेका थियो । उनीहरूले ‘राष्ट्रघाती एमसीसी खारेजी’ को मुख्य माग नारा जुलुस गरेका थिए । विरोध सभालाई क्रान्तिकारी माओवादीका सेक्रेटरी टंकराम अधिकारी र नेकपा विप्लव इन्चार्ज आधारले संबोधन गरेका थिए 

आजै नेकपा(क्रान्तिकारी माओवादी), देजमो नेपाल र विप्लव नेतृत्वको नेकपाको संयुक्त सहभागितामा सिन्धुली जिल्लाको सदरमुकाम सिन्धुलीमाढीमा राष्ट्रिय स्वाधिनताको पक्षमा, पेट्रोलियम पदार्थमा भएको अत्यधिक मूल्य बृद्धिको विरोधमा र राष्ट्रघाती एमसीसी सम्झौताको खारेजका लागि जुलुस प्रदर्शन सहीत कोणसभा सम्पन्न भएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार