मुख्य समाचार
इमानदार कम्युनिष्ट नेता भरत लामिछानेको निधन, विचार र जीवनशैलीले छाड्यो गहिरो प्रभाव | लक्ष्मी शर्माको कथासङ्ग्रह ‘हजुरआमा’ लोकार्पित | गुणस्तरीय शिक्षाबाट आत्मनिर्भर भविष्यतर्फ : लिन स्कुलको नयाँ दृष्टि- - शिशिर भण्डारी | जेन–जी उभारको झण्डै दुईतिहाइको सत्ता: जनादेश, शक्ति-सन्तुलन, जवाफदेहिता र परीक्षा | पुर्व प्रधानमन्त्री केपी ओली र पुर्व गृहमन्त्री रमेश लेखक पक्राउ, अब के होला? | कार्की आयोग प्रतिवेदन: सत्यको सन्तुलन कि चयनात्मक व्याख्या ? | महिला कानुन व्यवसायी सम्मेलन: पेशागत समानता र समावेशितामा जोड | कानुन व्यवसायी महिलाहरूको ३२औँ राष्ट्रिय सम्मेलन भक्तपुरमा शुरु | खत्री गाउँ डिपबोरिङमा ट्रान्सफर्मर पुनः चोरीको प्रयास | कांग्रेस सभापति गगन थापाको राजीनामा, निर्णय केन्द्रीय समितिमा |

जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को २६ औं बार्षिक साधारण सभा संपन्न

Thearaniko Times 1369+ समाचार ( )
१४ पौष २०८०, शनिबार

काभ्रे । काभ्रेपलाञ्चोक जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को २६ औं बार्षिक साधारण सभा शनिवार सम्पन्न भएको छ ।  

प्रमुख अतिथि बागमती प्रदेश, संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयको रजिष्ट्रार राधाकृष्ण खतिवडाले कार्यक्रमलाई सम्वोधन गर्नुहुँदै सहकारीका योगदानहरु संस्थागत हुन नसक्दा अभियानका ऐजेन्डाहरु छायाँमा परेको बताउनुभयो । सहकारीको दिशा स्पष्ट हुँदाहुँदै पनि भ्रमित गर्ने कार्य भइरहेकाे भन्दै चासो व्यक्त गर्नुभयो । यस्ता भ्रम चिर्न र सहकारी अभियानलाई बलियो पार्न सहकारी संघ संस्थाहरुको सञ्जाल व्यवस्थापन अपरिहार्य रहेको उहाँले उल्लेख गर्नुभयो । उहाँले सहकारीको बचत सुरक्षा गर्न, अभियानलाई बचाउन स्थिर कोषको आवश्यकतासमेत औल्याउनु भयो ।

सहकारी क्षेत्रमा आएको समस्या राज्यलाई मात्र दोष दिएर सहकारी संचालक, अभियानकर्मीहरु पन्छिन  नमिल्ने बताउनुभयो। बागमती प्रदेश रजिस्ट्रार  खतिवडाले बचतकर्ताहरुको बचत, मुद्दति रकम सहकारीहरुले फिर्ता गर्ने योजना पेश गर्ने, संस्थाबाट  लगेको ऋण तिर्न  आनकानी गर्नेलाई कानुनी दायरामा  ल्याउनुपर्ने अवस्था आइसकेको धारणा राख्नुभयो।

बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ लि. का अध्यक्ष उद्दव सापकोटा, बागमती प्रदेश सहकारी संघ लि.का सञ्चालक सदस्य कृष्णप्रसाद तिमल्सिना, जिल्ला सहकारी संघ काभ्रेका अध्यक्ष दिलिप शर्मा लगायतका वक्ताहरुले सदस्यले संस्था र संस्थाले सदस्यलाई चिन्न नसक्दा हालको समस्या सिर्जना भएको बताउनुभयो । उहाँहरुले समस्यालाई अवसरको रुपमा लिई संघ संस्थालाई बलियो बनाउन सहकारी अभियान एकमत हुनुपर्ने बताउनुभयो । 

संघका अध्यक्ष उदयराम कायस्थको अध्यक्षतामा सम्पन्न सभामा उपाध्यक्ष सागरनाथ  कपालीले स्वागत मन्तव्य राख्नु भयो । सचिव सुरेन्द्र  पौडेलले प्रगती प्रतिवेदन  र भाबी कार्य योजना प्रस्तुत गर्नु भयो। कोषाध्यक्ष  जीवन  श्रेष्ठले आर्थिक प्रतिबेदन र आगामी बर्षको बजेट प्रस्तुत गर्नुभयो। लेखा सुपरिवेक्षण समिति संयोजक शिव आचार्यले लेखा प्रतिबेदन प्रस्तुत गर्नु भयो। कार्यक्रमको सन्चालन सह-सचिब विकास बादेले गर्नुभयो । उपाध्यक्ष  निर्मला श्रेष्ठले धन्यवाद  ब्यक्त गर्नु भएको थियो।

२४१ सदस्यबाट शेयर पुँजि ८ करोड ३७ लाख ६३ हजार संकलन भएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार