काभ्रे/काभ्रेपलाञ्चोक क्षेत्र नम्बर १ मा नेकपा माओवादी केन्द्रका सूर्यमान दोङले ३८५ मतसहित सुरुवाती अग्रता कायम गरेका छन् । उनी सत्ता गठबन्धनका उम्मेदवार हुन् ।
उनलाई नेकपा एमालेका रेशम लामाले ३१५ मतसहित पछ्याइरहेका छन् ।
यसैगरी काभ्रे क्षेत्र नं १ प्रदेश (ख) चन्द्र लामा (एमाले) ३०७ र तिर्थ लामा (गठबन्धन ) ५४० मत प्राप्त गरेका छन्।
साथै काभ्रे प्रतिनिधि सभा १ प्रदेश सभा क गठबन्धनका रत्न ढकाल ( हसिया हथौड़ा ) : ६४६ र दिलबहादुर (दिलिप) लामा (सुर्य) : ६०४ मत पाएका छन्।