मुख्य समाचार
एमालेसँग तत्काल पार्टी एकताको चर्चा निराधार : वर्षमान पुन | काभ्रेका आईटिएफ तेक्वान्दो खेलाडीलाई रङ्गीन पेटी वितरण | स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न | काभ्रे क्याम्पसलाई बनेपा–६ का वडाध्यक्ष केसीको प्रश्न | सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी |

मिडिया ट्रायलको शिकार बनाएकोमा रवि पत्नी निकिताको आपत्ति
मिडिया ट्रायलको शिकार बनाएकोमा रवि पत्नी निकिताको आपत्ति

Thearaniko Times 1402+ समाचार ( )
२ पौष २०८१, मङ्गलबार

काठमाडौं/राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने पत्नी निकिता पौडेलले आफू मिडिया ट्रायलको सिकार भएको बताएकी छिन्। सामाजिक सञ्जाल फेसबुकमार्फत उनले अनुमानका भरमा समाचार लेखिएको आरोप लगाइन्।   

मङ्गलबार उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छिन्, ‘कुनै मिडियाले यति करोड, कुनैले उति करोड भनेर लेखेका छन्। मिडियाले धर्म नछोडेको भए बैङ्किङ कारोबारको अङ्क सबैमा ठ्याक्कै एउटै हुनुपर्ने होइन र? आफ्नो सम्पूर्ण बैङ्किङ विवरण प्रहरीलाई बुझिसकेकी छु। यस्तो संवेदनशील विषयमा किन यति संवेदनहीन भएका होलान् भनेर सोच्छु ! समाचार लेख्नेमाथि दया लागेर आउँछ।’ 

उनले थप्दै भनेकी छिन्, ‘खाता मेरो हो। यतिउति पैसा छ भनेर आ–आफैं अनुमान लगाउनुभन्दा सोधेको भए बताइदिन्थे नि ! श्रीमान् हिरासतमा भएको बेला ममाथि केही मिडियाले देखाएको पुरुषार्थ अगाडि समाज मुकदर्शक बनेकोमा झनै आश्चर्यमा छु।’ 

पौडेलले रवि लामिछानेले सहकारीबाट ऋण लिएको प्रमाण पनि मागेकी छिन्। अहिले पनि आफूले त्यो प्रमाण कुरिरहेका उनको भनाई छ।

सञ्चारमाध्यममा आएको खबरलाई खण्डन गर्दै उनले अहिले पनि आफू चार करोडमा किनेको घरको किस्ता तिरिरहेको दाबी पनि गरेकी छिन्। 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार