मुख्य समाचार
सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा | जिल्लास्तरीय कृषि प्राविधिक बैठक सम्पन्न, उत्कृष्ट सेवा प्रवाह गर्ने चार स्थानीय तहका कृषि प्राविधिक सम्मानित | त्रिवेणी टोल सुधार समितिद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार हुँदै |

उद्यमशील विद्यार्थीलाई विश्वविद्यालय अनुदान आयोगले दिए अनुदान

Thearaniko Times 1398+ समाचार ( )
९ वैशाख २०८१, आइतबार

बनेपा। काभ्रे बहुमुखि क्याम्पसमा अध्ययनरत विद्यार्थीमध्ये एक जनालाई थप उद्यमी बनाउनका लागि ४० लाख अनुदान प्रदान गरिएको छ । क्याम्पसमा अध्ययनरत विद्यार्थीलाई उद्यमशील बनाउन सहयोग पुर्याउने उद्देश्यले क्याम्पसमार्फत परियोजना पेश गरी उत्कृष्ट परियोजनालाई विश्वविद्यालय अनुदान आयोगबाट

बिउ पुँजी अन्तर्गत अनुदान दिने व्यवस्था गरिएको छ। काभ्रे बहुमुखी क्याम्पसमा समाजशास्त्र संकायमा चौथो सेमेस्टरमा अध्ययनरत पुरुषोत्तम नेपालले सो अनुदानबापतको रकम प्राप्त गर्न सफल भएको हो ।

विद्यार्थी नेपालले विभिन्न रुखहरुको जराबाट फर्निचर बनाउने विषयमा परियोजना पेश गरी उत्कृष्ट परियोजनामा छनौट भएको हो । छनौटमा परेका उहाँलाई आज क्याम्पसले ‘विश्वविद्यालय अनुदान आयोगको सहयोगमा उद्यमशीलता सहयोग कार्यक्रम अन्तर्गत बीउ पुँजी हस्तान्तरण कार्यक्रम’ आयोजना गरी पहिलो किस्ता बापतको २४ लाख रुपैयाँको चेक हस्तान्तरण गरेको छ । त्यसरी प्राप्त रकम चार बर्षसम्म विना ब्याज चलाएर पुनः क्याम्पसलाई नै फिर्ता गर्नु पर्नेछ । त्यसपछि अर्को विद्यार्थीलाई अर्को परियोजनामा छनौट भएर हस्तान्तरण गर्ने जनाएको छ । नेपालले फर्निचर व्यवसया सञ्चालन गर्दै आउनुभएको छ ।

सो कार्यक्रममा बोल्दै बनेपा नगरपालिका प्रमुख शान्ति रत्न शाक्यले समाजमा कामको जिम्मा लिने र काम नगरिदिने परिपाटी बढिरहेको बताउँदै जिम्मा लिएको काम परिणाममुखि बनाउन आवश्यक रहेकोमा जोड दिनुभयो । ‘लिएको काम इमान्दारी पूर्वक गर्न सकेको खण्डमा विदेशी कामदार झिकाएर काम लगाउनु पर्ने अवस्था रहँदैन’ भन्नुहुँदै उहाँले ‘त्यसको लागि काममा ध्यान दिन आवश्यक रहेको बताउनुभयो।’ सो क्रममा उहाँले स्वास्थ्य क्षेत्रमा सहयोग पुर्याउन काभ्रे बहुमुखि क्याम्पसको छतमा खेलकुदको लागि टेबलटेनिस कभर्ड हल सञ्चालन गर्ने तयारीमा गरिरहेकोले विद्यार्थीहरुलाई अध्ययनसंगै स्वस्थ बन्ने अवसर लिन आग्रह गर्नुभयो ।

काभ्रे बहुमुखि क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष लम्बोदर कायस्थले पठनपाठन बाहेक विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएको बताउँदै त्यसमध्येको ‘विश्वविद्यालय अनुदान आयोगको सहयोगमा उद्यमशीलता सहयोग कार्यक्रम अन्तर्गत बीउ पुँजी हस्तान्तरण कार्यक्रम’ एउटा महत्वपूर्ण हुने बताउनुभयो । 

सो क्रममा उहाँले चिनियाँ भाषा अध्ययनकाे माग आएपछि क्याम्पसले सो व्यवस्था गर्नका लागि अब छिट्टै चिनियाँ भाषा अध्ययन कक्षा सञ्चालन गर्ने तयारीमा रहेको अध्यक्ष कायस्थले बताउनुभयो ।

काभ्रे बहुमुखि क्याम्पसबाट विभिन्न शिर्षकमा चार जना विद्यार्थीहरुले परियोजना पेश गरेकोमा नेपाल छनौट भएको क्याम्पसले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार