मुख्य समाचार
सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा | जिल्लास्तरीय कृषि प्राविधिक बैठक सम्पन्न, उत्कृष्ट सेवा प्रवाह गर्ने चार स्थानीय तहका कृषि प्राविधिक सम्मानित | त्रिवेणी टोल सुधार समितिद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार हुँदै |

रोशी गाउँपालिकाले लम्पी स्किन पीडित किसानलाई राहत दिने

Thearaniko Times 1398+ समाचार ( )
२६ श्रावण २०८०, शुक्रबार

रोशी । गाई भैसीमा महामारीको रुपमा फैलिएको लम्पी स्किन रोगबाट पशु क्षति बेहोरेका कृषकलाई रोशी गाउँपालिकाले विपद व्यस्थापन कोषबाट राहत उपलव्ध गराउने भएको छ ।शुक्रबार बसेको रोशी गाउँपालिकाको कार्यपालिका बैठकले सो निणर्य गरेको हो ।

विपद् व्यवस्थापनको लागि राहत वितरण सम्बन्धी मापदण्ड, २०७७ मा भएको व्यवस्था अनुसार राहत व्यवस्था मिलाएको गाउँ पालिका अध्यक्ष दिनेश लामाले जानकारी दिए ।

गाउँपालिकाका अध्यक्ष दिनेश लामाका अनुसार लम्पी स्किन रोगबाट गाई भैसी मरेमा राहत उपलब्ध गर्नेछ । कार्यपालिकाको बैठकले भैसी मरेको किसानलाई ७ हजार र गाई मरेको किसानलाई ५ हजार राहत दिने निणर्य गरेको लामाले बताए । ‘आज बसेको कार्यपालिका बैठकले लम्पी स्किन रोगबाट गाई भैसी मरेको किसानलाई राहत दिने निणर्य गरेका छौँ ।’ गाउँपालिका अध्यक्ष लामाले भने, ‘भैसी मरेका किसानलाई ७ हजार र गाई मरेका किसानलाई ५ हजार उपलब्ध गराउने निणर्य गरेका छौँ ।’ किसानको पूरै क्षतिपूर्ती नभएपनि केही रहत मिल्ने लामाले बताए ।

उक्त रोगबाट पशु क्षती बेहोरेको किसानलाई गाउँपालिकाको विपद व्यवस्थापन कोषबाट उपलब्ध गराउने अध्यक्ष लामाले बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार