मुख्य समाचार
सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा | जिल्लास्तरीय कृषि प्राविधिक बैठक सम्पन्न, उत्कृष्ट सेवा प्रवाह गर्ने चार स्थानीय तहका कृषि प्राविधिक सम्मानित | त्रिवेणी टोल सुधार समितिद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार हुँदै |

नमोबुद्ध नगरले नेतृत्वदायी महिला र जेष्ठ नागरिकलाई गरे सम्मान

Thearaniko Times 1398+ समाचार ( )
२५ फाल्गुन २०८०, शुक्रबार

नमोबुद्ध/ ११४ औं अन्तर्राष्ट्रिय श्रमिक नारी दिवसको अवसरमा नमोबुद्ध नगरपालिकाले नेतृत्वदायी भूमिकामा रहेका महिला तथा जेष्ठ नागरिकलाई सम्मान गरेको छ । 

नगरपालिकाले काभ्रे जिल्लाका ११ सरकारी कार्यालयको नेतृत्व गरिरहेका महिला, मानवअधिकारकर्मी र जेष्ठ नागरिकलाई शुक्रवार भकुण्डेवेशीमा एक कार्यक्रम गरेर सम्मान गरेको हो । 

जिल्लाको प्रशासनिक नेतृत्व गर्ने प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा, जिल्ला प्रहरी प्रमुख प्रहरी उपरिक्षक (एसपी) बसुन्धरा खड्का, स्वास्थ्य कार्यालय  प्रमुख अनिता खनाल, पशु सेवा कार्यालय प्रमुख डा. श्रृृजा वाग्ले, जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख डा.वशंवदा कौडिन्न्यायनी, शिक्षा विकास तथा समन्वय इकाई प्रमुख देवका ढकाल, खाद्य प्रविधी तथा गुण नियन्त्रण डिभिजन कार्यालय प्रमुख मनिषा चापागाई, स्वास्थ्य बिमा बोर्ड काभ्रेका संयोजक मुना निरौला, पनौती जलविद्युत्त केन्द्र प्रमुख सविना उप्रेती, गुठी संस्थान प्रमुख उर्मिला आचार्य, राष्ट्रिय विमा कम्पनी लिमिटेड प्रमुख चण्डिका सापकोटालाई सम्मान पत्र प्रदान गरिएको छ । 

महिला जागरणको क्षेत्रमा भूमिका खेलेबापत मानवअधिकारकर्मी भोजराज तिमल्सिनालाई सम्मान गरिएको थियो । नगर प्रमुख कुन्साङ लामा, उपप्रमुख रत्नबहादुर लामा, प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले उनीहरुलाई सम्मान गरेका थिए । 

नगर क्षेत्रभित्रै जेष्ठ नागरिक १ सय ३ बर्षीय गेन्द्रप्रसाद कुइकेल र ९९ बर्षीय ठूलीमाया लामालाई पनि नगरपालिकाले सम्मान गरेको छ । 

नगर प्रमुख कुन्साङ लामाले नमोबुद्ध नगरपालिकाले महिला लक्षित विभिन्न कार्यक्रमहरु सञ्चालन गरिरहेको जानकारी दिनुहुँदै महिलाको नाममा उद्योग दर्ता गर्दा लाग्ने दस्तुर मिनाहा गरेको पनि बताए । उनले योजना र बजेटको लागि नेतृत्वलाई घच्घच्याउन अनुरोध गर्दै महिला नेतृत्व स्थापित गर्न आफू सकारात्मक भएको प्रतिक्रिया दिए । 

प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले काभ्रे आएपछि सबैभन्दा धेरै महिला उपस्थित कार्यक्रममा सहभागी हुन पाएकोमा खुशी व्यक्त गर्दै उनले महिला माथि हुने हिंसा कम गर्न सबैेले प्रतिवद्धता व्यक्त गर्नुपर्ने बताइन् । महिला र बालबालिका बढी विभेदमा पर्ने गरेको भन्दै उनले आगामी पुस्तालाई विभेद भन्ने के हो भन्ने नै थाहा नहुने गरी काम गर्नुपर्ने बताइन् । 

नगर उपप्रमुख रत्नबहादुर लामाले बिना बर्दीको प्रहरी तयार गर्नको लागि नमोबुद्ध नगरपालिकाले विभिन्न काम गर्ने प्रतिवद्धता जनाए । 

जिल्ला प्रहरी प्रमुख प्रहरी उपरिक्षक (एसपी) बसुन्धरा खड्काले घटना लूकाए फेरी दोहोरिने तर्क गर्दै त्यस्ता समस्याहरु उजागर गर्नुपर्ने बताइन् । 

नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष बद्रिराज तिमल्सिनाले नेतृत्वमा रहेका महिलाहरुको सम्मानसहित नगरपालिकाका अन्य गतिविधिले नगरपालिका लैंगिक सवालमा संवेदनशील रहेको तर्क गरे । 

कार्यक्रममा वडा नं १० का अध्यक्ष रामकृष्ण उपाध्याय, कार्यपालिका सदस्य शुशिला परियार, महिला विकास सहकारी संजालका अध्यक्ष राधिका तिमल्सिना श्रेष्ठ लगायतले महिला अधिकारका सवाललाई व्यवहारमा नै लागू गर्नुपर्ने बताए । 

हलमा खचाखच सहभागी महिलाहरुलाई कलाकार रामकुमार पौडेल, कल्पना सुनुवार, कमल आचार्य, शोभा खनाल, सुशिला खनाल र बाल प्रतिभा कृतिका भूर्तेलले मनोरञ्जन मनोरञ्जन दिएका थिए । 

नगरपालिकालले महिला दिवसमा बर्षेनी कुनै एक रचनात्मक कृयाकलाप सञ्चालन गर्दै आएको महिला, बालबालिका तथा समाज कल्याण उपशाखा प्रमुख तारादेवी सुनुवारले जानकारी दिइन् । नगरपालिकाले हालसालै मानवबेचबिखन, लैंगिक हिंसा, बाल बिवाह लगायतका बिषयमा ११ वटै वडामा अभिमुखिकरण समेत सञ्चालन गरेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार