मुख्य समाचार
इमानदार कम्युनिष्ट नेता भरत लामिछानेको निधन, विचार र जीवनशैलीले छाड्यो गहिरो प्रभाव | लक्ष्मी शर्माको कथासङ्ग्रह ‘हजुरआमा’ लोकार्पित | गुणस्तरीय शिक्षाबाट आत्मनिर्भर भविष्यतर्फ : लिन स्कुलको नयाँ दृष्टि- - शिशिर भण्डारी | जेन–जी उभारको झण्डै दुईतिहाइको सत्ता: जनादेश, शक्ति-सन्तुलन, जवाफदेहिता र परीक्षा | पुर्व प्रधानमन्त्री केपी ओली र पुर्व गृहमन्त्री रमेश लेखक पक्राउ, अब के होला? | कार्की आयोग प्रतिवेदन: सत्यको सन्तुलन कि चयनात्मक व्याख्या ? | महिला कानुन व्यवसायी सम्मेलन: पेशागत समानता र समावेशितामा जोड | कानुन व्यवसायी महिलाहरूको ३२औँ राष्ट्रिय सम्मेलन भक्तपुरमा शुरु | खत्री गाउँ डिपबोरिङमा ट्रान्सफर्मर पुनः चोरीको प्रयास | कांग्रेस सभापति गगन थापाको राजीनामा, निर्णय केन्द्रीय समितिमा |
मुख्य समाचार
इमानदार कम्युनिष्ट नेता भरत लामिछानेको निधन, विचार र जीवनशैलीले छाड्यो गहिरो प्रभाव | लक्ष्मी शर्माको कथासङ्ग्रह ‘हजुरआमा’ लोकार्पित | गुणस्तरीय शिक्षाबाट आत्मनिर्भर भविष्यतर्फ : लिन स्कुलको नयाँ दृष्टि- - शिशिर भण्डारी | जेन–जी उभारको झण्डै दुईतिहाइको सत्ता: जनादेश, शक्ति-सन्तुलन, जवाफदेहिता र परीक्षा | पुर्व प्रधानमन्त्री केपी ओली र पुर्व गृहमन्त्री रमेश लेखक पक्राउ, अब के होला? | कार्की आयोग प्रतिवेदन: सत्यको सन्तुलन कि चयनात्मक व्याख्या ? | महिला कानुन व्यवसायी सम्मेलन: पेशागत समानता र समावेशितामा जोड | कानुन व्यवसायी महिलाहरूको ३२औँ राष्ट्रिय सम्मेलन भक्तपुरमा शुरु | खत्री गाउँ डिपबोरिङमा ट्रान्सफर्मर पुनः चोरीको प्रयास | कांग्रेस सभापति गगन थापाको राजीनामा, निर्णय केन्द्रीय समितिमा |


रोशी गाउँपालिकामा ‘अनिवार्य तथा निःशुल्क शिक्षा लागु भएको घोषणा

Thearaniko Times 1369+ समाचार ( )
६ असार २०८१, बिहीबार

रोशी/काभ्रेपलाञ्चोक जिल्लाको रोशी गाउँपालिकालाई आजबाट ‘अनिवार्य तथा नि:शुल्क शिक्षा लागु भएको पालिका’ घोषणा गरिएको छ । रोशी गाउँपालिका अध्यक्ष दिनेश लामाको प्रस्तावमा बागमती प्रदेश शिक्षा विकास निर्देशनालयका महानिर्देशक दिपेन्द्र सुवेदीले ‘अनिवार्य तथा निःशुल्क शिक्षा लागु भएको पालिका’ घोषणा गर्नुभएको हो ।

गाउँपालिकाले गरेको सर्वेक्षणमा ६ हजार ७५२ घरधुरी तथा ४ बर्षदेखि १३ बर्षसम्मका विद्यालय उमेर समूहका कुल ५ हजार ७०४ बालबालिकाहरू देखिएकोमा सतप्रतिशत बालबालिकाहरू विद्यालयमा भर्ना भएको र सबै वडाहरू अनिवार्य तथा निःशुल्क शिक्षा लागु भएको वडा घोषणा समेत भइसकेकोले गाउँ शिक्षा समितिको असार ५ गतेको निर्णय अनुसार आज विहीवारदेखि लागु हुनेगरी रोशी गाउँपालिकालाई ‘अनिवार्य तथा निःशुल्क शिक्षा लागु भएको स्थानीय तह’ घोषणा गरेको महानिर्देशक दिपेन्द्र सुवेदीले बताउनुभयो । कार्यक्रममा बोल्दै उहाँँले संविधानले शिक्षा पाउने संवैधानिक अधिकारको आजबाट सुनिश्चित गरिदिएको बताउनुभयो । अब पालिकाभित्र जन्मने बालबालिका समेत शिक्षा प्राप्त गर्ने नैसर्गिक अधिकारबाट बञ्चित नहुने अवस्था भएको उहाँको भनाई छ ।


घोषणा कार्यक्रम औपचारिकता मात्रै नभएर राज्यले अन्तर्राष्ट्रियस्तरमा गरेको प्रतिबद्धता पूरा गरेको दिन पनि भएको उहाँले बताउनुभयो । ‘राज्यले धेरै बर्ष अगाडी नै देशभित्र जन्मने ४ बर्षदेखि १३ बर्ष उमेर समूहका सबै बालबालिकाहरु अनिवार्य तथा निःशुल्क शिक्षाको सुनिश्चित गर्छु भनेर अन्तर्राष्ट्रिय रुपमा प्रतिबद्धता जनाईसकेको थियो ।’ उहाँँले भन्नुभयो, ‘२०७५ सालमा अनिवार्य तथा निशुल्क शिक्षा ऐन जारी समेत भईसकेको अवस्थामा त्यसलाई पूरा गर्नु स्थानीय तहको दायित्व हो ।’ सबै बालबालिका विद्यालयमा आउनु भनेको बालश्रमको उन्मुलन समेत भएकाले सबैले गुणस्तरिय शिक्षाको प्रत्याभूति गर्न पाउनु बालमैत्री स्थानीय शासन घोषणाको पूर्वाधार तयार भएको पालिका समेत भएको बताउनुभयो । अहिले विद्यालय गएको बालबालिका भोलि विद्यालय बाहिर हुन पनि सक्ने चुनौती रहेकाले त्यसलाई न्युनिकरण गर्दै सबै बालबालिकालाई विद्यालय पठाउने दायित्व स्थानीय सरकारको मात्रै नभएर अभिभावक, राजनीतिक दल र सामाजिक संघसंस्थाको पनि भएकाले सबैले आफ्नो जिम्मेवारी पूरा गर्नतर्फ ध्यान दिन उहाँँले आग्रह गर्नुभयो ।


सो क्रममा उहाँले विद्यालय ल्याएका बालबालिकालाई कक्षाकोठाभित्र सिक्ने बातावरण बनाउँदै बालसुलभ व्यवहारमा गुणस्तरिय शिक्षाको प्रत्याभूति गर्नु अबको चुनौती भएको उहाँले बताउनुभयो ।

शिक्षा विकास तथा समन्वय इकाई काभ्रेपलाञ्चोकको प्रमुख देवका ढकालले घोषणा गरेर मात्रै पूर्ण नहुने भएकाले भोलिका दिनसम्म टिकाईरहने कार्यमा सबैको उत्तिकै दायित्व रहेको बताउनुभयो । जसको लागि सरकारको मात्रै मुख ताक्ने नभएर शिक्षक, अभिभावक, विद्यालय व्यवस्थगापन समिति सबैका भूमिका रहेकोमा जोड दिदै उहाँले अबका दिनमा विद्यालय परिवारलाई ति बालबालिकाहरुलाई निरन्तर रुपमा शिक्षा प्रदान गर्ने र विद्यालय तहको शिक्षा पार गराउने दायित्व बहन गर्न आग्रह गर्नुभयो ।

रोशी गाउँपालिका अध्यक्ष दिनेश लामाले पालिकाभित्र सबै समुदायमा सर्वेक्षण गरेर सकेको प्राप्त तथ्याङ्कको आधारमा सम्बन्धीत वडाबाट पुष्टि गर्ने र ति वडाहरुलाई पनि घोषणा गरेर आज सिंगो पालिका अनिवार्य तथा नि:शुल्क शिक्षा लागु भएको पालिका घोषणा गर्न सफल भएको बताउनुभयो । गाउँपालिका अध्यक्ष लामाले संविधानमा भएको व्यवस्था लागु गर्न नेपाल सरकारले सुरु गरेको अभियानमा स्थानिय तहले साथ दिएको बताए । उनले कार्यान्वयन सहज बनाउन विद्यालय एकीकरणका साथै शिक्षक दरवन्दी थप्दै जाने बताए । विद्यालयहरुलाई कुनै पनि शिर्षकमा पैसा नलिन अनुरोध गर्दै गाउँपालिकाले अप्ठ्यारोमा सहयोग गर्ने बताए । उनले विद्यालय ल्याइएको विद्यार्थिलाई सिकाउने, विद्यालयमा टिकाउने र बजारमा बिकाउने गरि तयारी गरेको बताए ।

गाउँपालिकाका उपाध्यक्ष मिमबहादुर वाइवाले स्वागत मन्तव्य राख्दै शिक्षा क्षेत्रलाई प्राथमिकता दिएर सिमित स्रोतका बावजुद पनि अनिवार्य तथा नि:शुल्क शिक्षा लागू गरिएको बताए ।

कार्यक्रममा नेपाली कांग्रेसका प्रतिनिधि दूधराज तामाङ, नेकपा एमालेका प्रतिनिधि एवं वडा नंं ५ का वडाध्यक्ष निरध्वज लामा, नेकपा (माओवादी केन्द्र)का प्रतिनिधि एवं ७ नं. वडाका वडाध्यक्ष अशोक गौतम, राप्रपाका प्रतिनिधि कुवेर गौतम र रोशी मा.वि.का प्रधानाध्यापक रामशरण सिग्देलले घोषणा गरेको कार्यलाई व्यवहारिक रुपमा निरन्तर कार्यान्वय गर्न चुनौती रहेकाले त्यसको सामना गर्दै अगाडी बढ्न सबैको एक्यवद्धता आवश्यक रहेको धारणा राख्नुभयो ।

आज घोषणा भएको रोशी गाउँपालिका जिल्लाको दोस्रो पालिका हो । यसअघि गत वर्ष बेथानचोक गाउँपालिकाले ‘अनिवार्य तथा निशुल्क शिक्षा लागु भएको पालिका’ घोषणा गरिसकेको छ । जिल्लामा अझै ११ वटा पालिकाले सो घोषणा गर्न बाँकी रहेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार