मुख्य समाचार
सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा | जिल्लास्तरीय कृषि प्राविधिक बैठक सम्पन्न, उत्कृष्ट सेवा प्रवाह गर्ने चार स्थानीय तहका कृषि प्राविधिक सम्मानित | त्रिवेणी टोल सुधार समितिद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार हुँदै |

साहित्य र कला
पोखरेल र पन्थी सम्मानित, दुई साहित्यिक कृति सार्वजनिक

Thearaniko Times 1398+ समाचार ( )
१६ पौष २०८२, बुधवार

काठमाडौं । नेपाल स्रष्टा समाजले आफ्नो १९औँ स्थापना दिवसको अवसरमा यस वर्षको शुभद्रा–विश्वराज स्रष्टा सम्मान वरिष्ठ कवि प्रल्हाद पोखरेललाई र प्रसिद्ध कँडेल राष्ट्रिय युवा स्रष्टा सम्मान युवा साहित्यकार अनिता पन्थीलाई प्रदान गरेको छ।

नेपाली साहित्यको पारम्परिक तथा शास्त्रीय क्षेत्रमा पुर्‍याएको योगदानको कदरस्वरूप पोखरेललाई नगद २१ हजार १ सय ११ रुपैयाँसहित सम्मानपत्र प्रदान गरिएको हो। त्यस्तै, सिर्जनात्मक साहित्यमा सक्रिय रहँदै उल्लेखनीय योगदान दिएको भन्दै पन्थीलाई नगद १५ हजार १ रुपैयाँसहित युवा स्रष्टा सम्मान प्रदान गरिएको आयोजकले जनाएको छ। सम्मान तथा पुरस्कार प्रमुख अतिथिलगायतले संयुक्त रूपमा समर्पण गरेका हुन्।

स्थापना दिवसकै अवसरमा साहित्यकार जीवनाथ पोखरेलको कथासङ्ग्रह ‘फेसबुकको करामत’ र कवि अम्बु बिहानीको मुक्तकसङ्ग्रह ‘अतृप्त रहरहरू’ पनि सार्वजनिक गरिएको छ।

राजधानीमा आयोजित कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ साहित्यकार प्रा.डा. अभि सुवेदी, श्रीओम श्रेष्ठ ‘रोदन’, पवन आलोक, भागिरथी श्रेष्ठ, हिरण्यकुमारी पाठक, विधान आचार्य, चेतनाथ कँडेल ‘हरित’लगायत साहित्यकारहरूले कृतिहरूको लोकार्पण गरे।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रा.डा. सुवेदीले राज्यका निकायभन्दा पनि निजी तहबाट साहित्य धानिँदै आएको उल्लेख गर्दै त्यसमा नेपाल स्रष्टा समाजको योगदान प्रशंसनीय रहेको बताए। उनले सम्मानित स्रष्टा तथा नयाँ कृतिका लेखकलाई बधाईसमेत दिए।

लोकार्पित कृतिमाथि समालोचक प्रा.डा. गोविन्दमानसिंह कार्कीले टिप्पणी गर्दै ‘फेसबुकको करामत’ कथासङ्ग्रहमा प्रेमकथासँगै सामाजिक विसङ्गतिका विषय समेटिएको बताए। कथाहरू प्रथम र तृतीय पुरुष दृष्टिबिन्दुमा लेखिएका तथा केही कथा डायस्पोरा साहित्यसँग पनि सम्बन्धित देखिने उनको भनाइ थियो।

त्यसैगरी ‘अतृप्त रहरहरू’ मुक्तकसङ्ग्रहमाथि चर्चा गर्दै उनले प्रेम, विछोड, सामाजिक विकृति र विसङ्गतिप्रतिको व्यङ्ग्य र आक्रोश मिश्रित मुक्तकहरू रहेको बताए। कलात्मकता र बिम्बात्मक पक्ष सबल रहेको उनको टिप्पणी थियो।

समाजका संरक्षक वरिष्ठ साहित्यकार पवन आलोकले शुभकामना मन्तव्य व्यक्त गर्दै स्थापना दिवसको अवसरमा विगतमा योगदान पुर्‍याएका स्रष्टाहरूलाई स्मरण गरे।

कार्यक्रमका सभाध्यक्ष तथा समाजका अध्यक्ष **श्रीओम श्रेष्ठ ‘रोदन’**ले सम्मान प्रदान गर्दा संस्थाको गरिमा पनि उच्च हुनुपर्नेमा समाज सचेत रहेको बताए। सम्मान र पुरस्कारमा देखिने विकृतिबाट नेपाल स्रष्टा समाज मुक्त रहेको दाबी गर्दै उनले सबैलाई धन्यवाद दिए।

सम्मानित स्रष्टा पोखरेलले कार्यक्रममा छन्द कविता वाचन गर्दै सम्मानित हुन पाउँदा खुशी व्यक्त गरे। त्यस्तै, युवा स्रष्टा पन्थीले सम्मानले आफूलाई साहित्यमा अझ जिम्मेवार भएर काम गर्ने प्रेरणा दिएको बताइन्।

कार्यक्रममा पुरस्कारका संस्थापकहरू विधान आचार्य तथा चेतनाथ कँडेल ‘हरित’ले पनि मन्तव्य व्यक्त गरे। शुभद्रा–विश्वराज स्रष्टा सम्मान वि.सं. २०७४ मा विधान आचार्यद्वारा स्थापना गरिएको हो भने प्रसिद्ध कँडेल राष्ट्रिय युवा स्रष्टा सम्मान चेतनाथ कँडेल ‘हरित’ र सीता भण्डारी कँडेलले सोही वर्ष स्थापना गरेका हुन्।

कार्यक्रममा नेपाल स्रष्टा समाजका आजीवन सदस्यहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो। अध्यक्ष श्रेष्ठ ‘रोदन’को अध्यक्षतामा सम्पन्न कार्यक्रममा मधु पाठकले सञ्चालन गरेकी थिइन् भने कोषाध्यक्ष तारा सुवेदीले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन्।

नेपाल स्रष्टा समाजले स्थापना दिवस विभिन्न साहित्यिक कार्यक्रम आयोजना गर्दै मनाउँदै आएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार