मुख्य समाचार
एमालेसँग तत्काल पार्टी एकताको चर्चा निराधार : वर्षमान पुन | काभ्रेका आईटिएफ तेक्वान्दो खेलाडीलाई रङ्गीन पेटी वितरण | स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न | काभ्रे क्याम्पसलाई बनेपा–६ का वडाध्यक्ष केसीको प्रश्न | सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी |

काभ्रेको पाँचखाल नगर प्रमुखमा कांग्रेस र उपप्रमुखमा एमाले विजयी

Thearaniko Times 1402+ समाचार ( )
९ जेठ २०७९, सोमबार

पाँचखाल । काभ्रेको पाँचखाल नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार महेश खरेल र उपप्रमुखमा नेकपा एमालेकी उम्मेदवार सूर्यमाया दनुवार विजयी भएका छन् ।

अघिल्लो कार्यकाल मेयर चलाइसकेका खरेलले नेकपा एमालेका उम्मेदवार कञ्चन अधिकारीलाई ४ हजार ७ सय २१ मतको फराकिलो अन्तरले पराजित गरे । खरेलले १२ हजार ८ सय ३६मत पाउँदा अधिकारीले ८ हजार ११५ मत पाए ।

त्यस्तै नगर उपप्रमुखमा नेकपा एमालेकी सूर्यमाया दनुवार ९ हजार ५३४ मत ल्याएर विजयी भइन् । उनले नेकपा माओवादी केन्द्रका उम्मेदवार चेतप्रसाद गौतम (मणी) लाई ५२४ मत अन्तरले पराजित गरिन् । गौतमले ९ हजार १० मत ल्याए ।

योसँगै काभ्रेमा सबै पालिकाको मतपरिणाम आइसकेको छ । काभ्रेमा १३ पालिकामध्ये ७ पालिकामा कांग्रेस र ४ पालिकामा माओवादी केन्द्र विजयी भएका छन् । नेकपा एमाले र एकीकृत समाजवादीले एक÷एक पालिका जितेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार