मुख्य समाचार
एमालेसँग तत्काल पार्टी एकताको चर्चा निराधार : वर्षमान पुन | काभ्रेका आईटिएफ तेक्वान्दो खेलाडीलाई रङ्गीन पेटी वितरण | स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न | काभ्रे क्याम्पसलाई बनेपा–६ का वडाध्यक्ष केसीको प्रश्न | सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी |

सूर्यविनायक -धुलिखेल खण्ड ६ लेनकाे सडक निर्माण कार्यले निरन्तरता पाउने

Thearaniko Times 1402+ समाचार ( )
६ श्रावण २०८०, शनिबार

धुलिखेल । भौतिक पुर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले सूर्यविनायक -धुलिखेल  खण्ड ६ लेनकाे सडक निर्माण कार्यले निरन्तरता पाउने बताउनुभएको छ।

आज शनिबार धुलिखेलमा समाजवादी प्रेस संगठन काभ्रेले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बाेल्दै मन्त्री ज्वालाले रकमान्तर गरेर भएपनि सडकको काम पुरा गर्ने बताउनुभयो । यस अघिको सरकारले धुलिखेल–सूर्यविनायक सडक पर्याप्त बजेटको स्रोत सुनिश्चित नगरी टेण्डर खुलाएको र काम प्रारम्भ भएपछि आयोजनामा आर्थिक समस्या पर्ने चिन्ताका बीच मन्त्री ज्वालाले बजेट अभाव नदिने बताउनुभएको हो । 

उहाँले सूर्यविनायक- धुलिखेल सडक खण्ड जापानी संस्था जाइकाले बनाउने मनसाय राखेको थियोे, तर यसअघिका सरकारले सम्झौता रद्द गरी गल्ती गरेको र त्यसको जवाफदेही वर्तमान सरकार पनि हुनुपर्ने बताउनुभयो।

 मन्त्री ज्वालाका अनुसार यो सडक निर्माण थाल्नु पूर्व नै कमजोरी भएको थियो । ‘धुलिखेल–सूर्यविनायक सडक निर्माण थाल्नु पूर्व विगतमा कमजोरी गरिएछ । त्यसको जवाफदेहिता हाम्रो पनि होला । किनभने जापान सरकारले अत्यन्तै थोरै ब्याज दरमा यो खण्ड बनाउने प्रस्ताव गरेको थियो । तर नेपालले हामी आफै बनाउने भनेर निर्णय गर्यौ । बजेट बिनाको ठेक्का लगाइयो । बजेट छैन अर्बौंको ठेक्का । अब यो आयोजनालाई कसरी सम्पन्न गर्ने भन्ने चिन्ता हामीमा छ ।  त्यसका बाबजुद पनि हामीले यो सडकको अनुगमन गरेर तीब्र गतिमा काम गर्न निर्माण कम्पनीलाई भनेका छौँ । यो आयोजनालाई संपन्न गरेरै छोड्छौँ । अहिले जति बजेट छ, त्यसको काम हुन्छ । त्यसपछि रकमान्तर गरेर भएपनि योजना सम्पन गराउछौँ ।’ मन्त्री ज्वालाले भन्नुभयो ।

 मन्त्री ज्वालाले," छिमेकी राष्ट्र चीनसम्म जाने संघीय राजधानीसँग जाेडिएकाे  सडक निर्माण कार्य नराेकिने, अन्यत्रबाट बजेट रकमान्तरण गरेर भए पनि सडक निर्माण गर्ने सरकारकाे लक्ष्य रहेको प्रष्ट पार्नु भयो । " 

अरनिको राजमार्ग क्षेत्रमा पर्ने सडक लथालिङ्ग छाेडेर सरकार रमिते बन्दैन । राजधानीबाट नजिकैकाे सडकमा सरकारकाे ध्यानाकर्षण भएको छ। कुनै अवराेध विना समय सिमाभित्र निर्माण कार्य सम्पन्न हुने मन्त्री ज्वालाले विश्वास व्यक्त गर्नु भएको छ।

अरनिको राजमार्ग अन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि साँगा र साँगादेखि धुलिखेल सडकखण्ड विस्तार गर्न छुट्टाछुट्टै दुई चरणमा सम्झौता भएर काम भैरहेको छ । 

साँगा–धुलिखेल सडकखण्ड विस्तारका लागि चार अर्ब, पाँच करोड, ६४ लाख रूपैयाँमा ठेक्का परेको छ । दोस्रो चरणको सूर्यविनायक–साँगा सडकखण्ड भने सात दशमलव पाँच किमी लामो छ । उक्त खण्डका लागि तीन अर्ब, ८८ करोड, ९३ लाख रूपैयाँमा ठेक्का सम्झौता भएर काम धमाधम भैरहेको छ । अरनिको राजमार्ग निर्माणको २५ वर्षपछि सूर्यविनायक देखि धुलिखेल सडकखण्ड चार लेनमा विस्तार गर्न थालिएको हो । 

समाजवादी प्रेस संगठन काभ्रेका अध्यक्ष सन्तोष चौलागाईको सभाध्यक्षतामा भएको पत्रकार सम्मेलनमा संघीय सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका राज्यमन्त्री नन्दा चपाई र बागमती प्रदेश सरकारका श्रम, रोजगार तथा यातायात मन्त्री लक्ष्मण लम्साल सहभागी हुनुहुन्थ्यो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार