मुख्य समाचार
इमानदार कम्युनिष्ट नेता भरत लामिछानेको निधन, विचार र जीवनशैलीले छाड्यो गहिरो प्रभाव | लक्ष्मी शर्माको कथासङ्ग्रह ‘हजुरआमा’ लोकार्पित | गुणस्तरीय शिक्षाबाट आत्मनिर्भर भविष्यतर्फ : लिन स्कुलको नयाँ दृष्टि- - शिशिर भण्डारी | जेन–जी उभारको झण्डै दुईतिहाइको सत्ता: जनादेश, शक्ति-सन्तुलन, जवाफदेहिता र परीक्षा | पुर्व प्रधानमन्त्री केपी ओली र पुर्व गृहमन्त्री रमेश लेखक पक्राउ, अब के होला? | कार्की आयोग प्रतिवेदन: सत्यको सन्तुलन कि चयनात्मक व्याख्या ? | महिला कानुन व्यवसायी सम्मेलन: पेशागत समानता र समावेशितामा जोड | कानुन व्यवसायी महिलाहरूको ३२औँ राष्ट्रिय सम्मेलन भक्तपुरमा शुरु | खत्री गाउँ डिपबोरिङमा ट्रान्सफर्मर पुनः चोरीको प्रयास | कांग्रेस सभापति गगन थापाको राजीनामा, निर्णय केन्द्रीय समितिमा |

समाज/राजनीति
कुलमान घिसिङले मन्त्री पदबाट दिए राजीनामा

Thearaniko Times 1369+ समाचार ( )
२३ पौष २०८२, बुधवार

काठमाडौं । ऊर्जामन्त्री कुलमान घिसिङले आफ्नो पदबाट राजीनामा दिएका छन्। उनले प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राजीनामा पेश गरिसकेका छन्। राजीनामा दिएलगत्तै घिसिङले सिंहदरबारस्थित मन्त्रालय परिसरमा पत्रकार सम्मेलन गरी निर्णयबारे जानकारी गराएका हुन्।

जेनजी आन्दोलनको समर्थनमा गठन भएको नागरिक सरकारमा घिसिङ भदौ ३० गते मन्त्री बनेका थिए। प्रधानमन्त्री कार्कीले उनलाई ऊर्जा, जलस्रोत तथा सिंचाइसँगै भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्रालयको जिम्मेवारी तोकेकी थिइन्।

नेपाल विद्युत प्राधिकरणका पूर्व प्रमुख कार्यकारी निर्देशकसमेत रहेका घिसिङले आफ्नो संरक्षणमा ‘उज्यालो नेपाल’ पार्टी दर्ता गराएका थिए। पछि उनले १४ पुसमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग उपसभापति पदमा सहमति गर्दै एकता गरेका थिए।

गैरदलीय सरकारको मन्त्री पदमा रहँदै राजनीतिक दलसँग आबद्ध गतिविधिमा संलग्न भएको आरोप लागेपछि घिसिङको राजीनामाको माग उठ्दै आएको थियो। सामाजिक सञ्जाल र सार्वजनिक तहबाट मन्त्रीहरूको राजनीतिक भूमिकामाथि प्रश्न बढेपछि सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री कार्कीले उनलाई पदबाट हट्न सुझाव दिएको स्रोतको भनाइ छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार