मुख्य समाचार
एमालेसँग तत्काल पार्टी एकताको चर्चा निराधार : वर्षमान पुन | काभ्रेका आईटिएफ तेक्वान्दो खेलाडीलाई रङ्गीन पेटी वितरण | स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न | काभ्रे क्याम्पसलाई बनेपा–६ का वडाध्यक्ष केसीको प्रश्न | सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी |

ज्योति मिर्मिरे सामुहिकले गरे जेष्ठ सदस्यलाई सम्मान

Thearaniko Times 1402+ समाचार ( )
१९ फाल्गुन २०८०, शनिबार

पनौती/ज्योती मिर्मिरे सामुहिक बचत तथा ऋण सहकारी संस्था लिमिटेड पनौती-६ काभ्रेपलाञ्चोकले जेष्ठ सदस्यहरुलाई सम्मान गरेको छ ।

पनौती नगरपालिकाका प्रमुख रामशरण भण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा कार्यक्रममा ७० वर्ष नाघेका ३ सय ६६ जना जेष्ठ नागरिकलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो । साथै कार्यक्रममा एसइइमा उत्कृष्ट विद्यार्थी, उत्कृष्ट कारोबार गरेका सदस्य तथा उत्कृष्ट कार्यसम्पादन गरेका कर्मचारी पनि सो कार्यक्रममा सम्मान गरिएको थियो। 

कार्यक्रममा बोल्दै प्रमुख अतिथी नगर प्रमुख भण्डारीले सहकारीले इतिहास, वर्तमान र भविष्यसम्मलाई जोडेर सदस्यहरुलाई सेवा प्रदान गरिरहेको बताए । शहरमुखी केहि सहकारी संस्थाहरुले गरेका कृयाकलापका कारण समग्र सहकारीहरुलाई हेर्ने दृष्टिकोण नै फरक भएको बताउँदै नगर प्रमुख भण्डारीले सदस्यहरु प्रलोभनमा भन्दा नीति नियममा चलेका सहकारीहरुलाई विश्वास गर्न लाग्नु पर्ने बताए।

संस्थाको अध्यक्ष उद्धव सापकोटाको अध्यक्षतामा भएको बागमती प्रदेश सहकारीका संचालक ठाकुर बास्कोटा, काभ्रेपलाञ्चोक जिल्ला बचत तथा ऋण सहकारी संघका सह-सचिव विकास बादे, वडा अध्यक्ष भिमसेन आचार्य लगायतले सहकारीले समुदायमा पुर्याएको योगदानको बारे चर्चा गर्दै पछिल्लो समय केही सहकारीमा देखिएको समस्याले नकारात्मक सन्देश फैलिएको र समस्या पहिचान गरी समाधान खोज्नुपर्ने बताएका थिए ।

सोही अवसरमा सल्लाहकारद्वय रमेश पौडेल र तुयुकाजी ताम्राकार, एकिकरण पुर्वका संस्थाका प्रतिनिधि विदुर हुमागाई, संस्थाका सचिव बुद्ध सिं थापा र कोषाध्यक्ष पूर्णराम तुलाधर लगायतको उपस्थिति रहेको कार्यक्रममा उपाध्यक्ष कान्छीमाया थापाले स्वागत गरेकी थिईन् ।

एकिकरण दिवसको अवसर पारी संस्थाले आयोजना गरेको रक्तदान कार्यक्रममा ६० जनाले सहभागिता जनाएको संस्थाका प्रमुख कार्यकारी अधिकृत गोपाल दाहालले बताए । प्रमुख कार्यकारी अधिकृत गोपाल दाहालले सहकारीले सदस्य केन्द्रित कार्यक्रम गरिरहेको र ७५ वर्ष नाघेका १ सय ७४ जना जेष्ठ सदस्यहरुलाई पेन्सन सुविधा उपलब्ध गराईएको जानकारी गराइएको थियो ।

१ अर्ब १७ करोड ३० लाख १६ हजार ३ सय १९ रुपैया वासलात रहेको सहकारीमा १७ हजार १ सय ४४ सदस्य छन् ।  सो संस्थामा ४० जना कर्मचारीहरु कार्यरत छन् ।‌ ज्योती मिर्मिरे सामुहिक साकोसको रोशी, बेथान्चोक, कुशादेवी, बनेपा, ज्यालाहिटी र ठाडोबाटो सेवा केन्द्र रहेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार