मुख्य समाचार
सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा | जिल्लास्तरीय कृषि प्राविधिक बैठक सम्पन्न, उत्कृष्ट सेवा प्रवाह गर्ने चार स्थानीय तहका कृषि प्राविधिक सम्मानित | त्रिवेणी टोल सुधार समितिद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार हुँदै |

बनेपा नगरपालिकाले घोषणा गरे राहत प्याकेज, ट्यांकरबाट खानेपानी वितरण गर्ने
बनेपा नगरपालिकाले घोषणा गरे राहत प्याकेज, ट्यांकरबाट खानेपानी वितरण गर्ने

Thearaniko Times 1398+ समाचार ( )
१३ अशोज २०८१, आइतबार

बनेपा/बनेपा नगरस्तरीय विपद् व्यवस्थापन समितिको बैठकले राहत प्याकेजको घोषणा गरेको छ। बनेपा नगरपालिकाका नगर प्रमुख शान्तिरत्न शाक्यको अध्यक्षतामा बसेको बैठकले तत्काल वडास्तरीय विपद् व्यवस्थापन समिति मार्फत क्षतिको विवरण संकलन गरी नगरपालिकामा उपलब्ध गराउने निर्णय गरेको छ । बैठकमा उपस्थित सबै वडाध्यक्षहरुले आफ्नो वडाको समस्या र चुनौतीका बारे रिपोर्टिङ गरेका थिए।

सोही विवरणका आधारमा विपदमा परि मृत्यु हुने परिवारलाई ३० हजार, अंगभंग भएका घाईतेलाई २० हजार, पुर्ण क्षति पुगेका घरलाई १० हजार, गोठलाई ५ हजार, उच्च जोखिममा परेको घरलाई ५ हजार, पुर्ण रुपमा घर क्षति भई अन्यत्र बसोबास गर्ने परिवारलाई १० हजार, दुहुनो गाई वा भैसी मरेकाको हकमा १० हजार र बाछा बाछी बाख्राहरुको हकमा प्रति वटा ५ हजारका दरले राहत उपलब्ध गराउने निर्णय गरेको छ । 

त्यसैगरी वडाका मुख्य सडकहरु तत्काल सञ्चालन गर्ने, सहायक सडक, खानेपानी र विजुली क्रमैसँग पुनःनिर्माण गर्ने निर्णय गरेको छ ।

नगर प्रमुख शान्तिरत्न शाक्यले विपतको समयमा सबैको साथ र सहयोग चाहिने बताए । नगरमा आईरहेको एकिकृत खानेपानी पुर्ण रुपमा क्षती भएकाले नगरले अर्को विकल्प नभएसम्म ट्यांकरबाट खानेपानी उपलब्ध गराउने तयारी गरेको जानकारी दिए ।

नगरले खानेपानी, क्षति भएका सडक, विजुली पुर्णरुपमा सञ्चालन गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन् । बैठकमा नगरउपप्रमुख विमला सापकोटा, प्रमुख प्रशासकिय अधिकृत भोलाप्रसाद चापागाई, प्रशासकिय अधिकृत ध्रुवराज नेपाल, वडा अध्यक्षहरु, कार्यपालिका सदस्य, ईलाका प्रहरी कार्यालय, शिरमेमोरियल अस्पताल, संचारकर्मी, नेपाल रेडक्रस सोसाईटी, काभ्रे उद्योग बाणिज्य संघका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार