मुख्य समाचार
सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा | जिल्लास्तरीय कृषि प्राविधिक बैठक सम्पन्न, उत्कृष्ट सेवा प्रवाह गर्ने चार स्थानीय तहका कृषि प्राविधिक सम्मानित | त्रिवेणी टोल सुधार समितिद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार हुँदै |

तेक्वान्दो खेलाडीलाई ब्लाक वेल्ट र प्रमाणपत्र वितरण

Thearaniko Times 1398+ समाचार ( )
५ श्रावण २०८१, शनिबार

धुलिखेल । काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका वडा नं. ५ स्थित श्रीखण्डपुरमा रहेको अरनिको तेक्वान्दो डोजाङका खेलाडीहरुलाई वेल्ड र प्रमाणपत्र वितरण गरिएको छ । जिल्ला खेलकुद विकास समिति काभ्रेपलाञ्चोकका अध्यक्ष मानवीर वाईबाले दश जना खेलाडीहरुलाई कालो(ब्ल्याक) वेल्ट र अन्य खलाडीहरुलाई विभिन्न तहको वेल्ड र प्रमाणपत्र वितरण गर्नुभएको हो ।

कार्यक्रममा बोल्दै अध्यक्ष वाईबाले खेलाडी राष्ट्रको शान भएकाले विद्यालय तहदेखि नै विद्यार्थीहरुलाई विभिन्न विधाका खेलहरुमा सहभागि गराउँदै अगाडि बढ्न प्रेरित गर्नुपर्नेमा जोड दिनुभयो । विद्यार्थीहरुको शारीरिक, मानसिक र संवेगात्मक विकासको लागि खेलकुद आवश्यक रहेको बताउँदै उहाँले अब जिल्ला खेलकुद विकास समितिले जिल्लाका हरेक पालिकाहरुसंग समन्वय गरेर राष्ट्रिय खेलकुद परिषदका प्रशिक्षकहरुलाई प्रशिक्षणमा खटाईने योजनाका साथ अगाडि बढिरहेको जानकारी दिनुभयो । सो क्रममा उहाँले खेलाडीहरुलाई निरन्तर रुपमा प्रशिक्षण दिन खेल पूर्वाधार र सामग्री आवश्यक रहेको कारण त्यसको लागि स्थानीय सरकारले व्यवस्थापन गर्नुपर्ने विचार राख्नुभयो।

धुलिखेल नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष प्रमोद श्रेष्ठले बालबालिकाहरुलाई गलत संस्कारबाट सही मार्गमा डो¥याउनका लागि खेलकुदले धेरै सहयोग पुर्याउने भएकाले हरेक बालबालिकाहरुलाई खेल क्षेत्रमा सहभागिता गराउन अभिभावकहरुले ध्यान दिन आग्रह गर्नुभयो ।

तेक्वान्दो प्रशिक्षक एवं अरनिको तेक्वान्दो डोजाङका सञ्चालक फिरोज शाक्यले खेल प्रशिक्षणमा निरन्तर लाग्दै आएका पहेंलो वेल्टदेखि कालो वेल्टसम्मका गरी ८५ जना खेलाडीहरुलाई वेल्ट र प्रमाणपत्र वितरण गरेको बताउनुभयो । डोजाङबाट कालो वेल्ट लिन सफल दश जना खेडालीहरुलाई जिल्ला खेलकुद विकास समितिका अध्यक्ष मानवीर वाईबा र वडा अध्यक्ष प्रमोद श्रेष्ठले वेल्ट र प्रमाणपत्र वितरण गर्नुभएको छ । सो क्रममा डोजाङमा प्रशिक्षण लिदै आएका खेलाडी आरति घिमिरे, प्रियसा ग्लानलाई एसईई उत्तीर्ण भएकोमा सम्मान गरेको छ ।

त्यस्तै काठमाडौंमा भएको राष्ट्रिय प्रतियोगितामा डोजाङबाट सहभागि भइ तेस्रो स्थान हासिल गर्न सफल पेमसाङ वाईबा र नविन नेपाली उत्कृष्ट खेलाडी हुन सफल भएको तथा डोजाङको अनुशासित खेलाडी विवश हुमागाईंलाई सम्मान गरिएको छ । डोजाङमा एक सय जना खेलाडीहरुले प्रशिक्षण लिदै आएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार