मुख्य समाचार
एमालेसँग तत्काल पार्टी एकताको चर्चा निराधार : वर्षमान पुन | काभ्रेका आईटिएफ तेक्वान्दो खेलाडीलाई रङ्गीन पेटी वितरण | स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न | काभ्रे क्याम्पसलाई बनेपा–६ का वडाध्यक्ष केसीको प्रश्न | सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी |

समाज/राजनीति
कांग्रेसको विशेष महाधिवेशनबारे ओलीको प्रश्न: ‘सडकबाट बहुमत देखाएर निर्णय हुन्छ ?’

Thearaniko Times 1402+ समाचार ( )
३ माघ २०८२, शुक्रबार

काठमाडौं — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसले आयोजना गरेको विशेष महाधिवेशनको प्रक्रिया र औचित्यमाथि प्रश्न उठाएका छन्। शुक्रबार नेकपा एमालेको राजधानी प्रदेश कमिटी घोषणा कार्यक्रममा बोल्दै उनले पार्टीभित्रका निर्णय विधान र स्थापित थितिअनुसार हुनुपर्ने धारणा राखे।

ओलीले नियमित महाधिवेशनको समय तोकिइसकेको अवस्थामा विशेष महाधिवेशन किन गरिएको हो भन्ने प्रश्न गरे। उनले बैठक र महाधिवेशन कसले बोलाउने भन्ने स्पष्ट व्यवस्था पार्टीभित्र हुनुपर्ने उल्लेख गर्दै बहुमत–अल्पमतको टुंगो सडकबाट लगाउन नमिल्ने बताए।

उनले भने, “कार्यकाल कति वर्षको हुन्छ भन्ने स्पष्ट हुन्छ। नियमित महाधिवेशनको मिति तय भइसकेको अवस्थामा विशेष महाधिवेशन किन गरियो ? बैठक कसले बोलाउने, महाधिवेशन कसले आह्वान गर्ने भन्ने थिति त हुनुपर्‍यो। कसैले सडकमा बहुमत पुर्‍याएँ भनेकै भरमा निर्णय हुँदैन।”

एमाले अध्यक्ष ओलीले प्रजातन्त्रलाई अराजकतातर्फ लैजान खोजिएको आरोप पनि लगाए। उनले नेपाललाई शान्तिपूर्ण मुलुकको रूपमा स्थापित गर्नुपर्नेमा अराजकता, आतंक र अपराधतर्फ धकेल्ने प्रयास भइरहेको दाबी गरे।

उनले वर्तमान सरकार असंवैधानिक ढंगले बनेको भन्दै जनताबाट निर्वाचित सरकार हुनुपर्नेमा जोड दिए। “अनिर्वाचित रूपमा बनेको सरकारले देश चलाउन सक्दैन,” ओलीले भने, “जनताको मतबाट बनेको सरकार नै वैधानिक हुन्छ।”

ओलीले विगतमा प्रतिनिधिसभा विघटन, संस्थामाथि आक्रमण र लोकतान्त्रिक मूल्यहरूमाथि प्रहार भएको उल्लेख गर्दै यसले नेपालको संविधान, सार्वभौमसत्ता र शान्तिपूर्ण राजनीतिक प्रणालीलाई कमजोर बनाएको टिप्पणी गरे।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार