मुख्य समाचार
सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा | जिल्लास्तरीय कृषि प्राविधिक बैठक सम्पन्न, उत्कृष्ट सेवा प्रवाह गर्ने चार स्थानीय तहका कृषि प्राविधिक सम्मानित | त्रिवेणी टोल सुधार समितिद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार हुँदै |

धुलिखेल रोटरीले गर्ने भयो नेपालमा नै पहिलो पटक रेडियोथर्मीको मापन

Thearaniko Times 1398+ समाचार ( )
२४ फाल्गुन २०७९, बुधवार

धुलिखेल/रोटरी क्लब अफ धुलिखेलले नेपालमा नै पहिलो पटक वातावरणमा पाइने प्राकृतिक रेडियोथर्माको मापन गर्ने भएको छ । सो कामको जिम्मा क्लबले नेपाल साइन्टिफिक ल्याबरेटोरी एण्ड रिर्सच सेन्टरलाई दिएको छ । सो कामको जिम्मेवारी रिर्सच सेन्टरले वैज्ञानिकद्वय राम कार्की र रामचन्द्र भट्टलाई दिएको छ । वैज्ञानिक कार्कीका अनुसार हावामा पाइने रेडियोधर्मी विकिरणको मापन तीन वटा आधुनिक उपकरण Survey metre, Rad Alert 100 र टि एल .डी वाट गरिने जानकारी गराउनु भयो ।

नगरपालिकामा रहेको १४ वटा स्वास्थ्य चौकी, नगर कार्यालय र धुलिखेल अस्पताल लगायत १६ वटा टि. एल. डी ३ महिना सम्मको लागि नगर - स्वास्थ्य संयोजक सदिप केसी र सरोज थापाको संरक्षणमा जडान गरिएको वैज्ञानिक कार्कीले जानकारी दिनुभयो । 

वैज्ञानिक भट्टका अनुसार अन्य दुई उपकरणले प्रत्येक वडाको १२ स्थानमा मापन गरिने र सबै यन्त्रवाट छुटा छुटै रिपोट बनाउने  बताउनु भयो I ICRP निर्देशिका अनुसार वार्षिक  1 mSv/yr   भन्दा माथि वातावरणमा पाइए मानव स्वास्थ्यलाई असर गर्ने र प्राणघातक रोग क्यान्सर रोग लाग्ने वैज्ञानिक कार्कीले भयो। यस अध्ययनको उद्देश्य वातवरणमा विकिरण कति छ, यसले मुटुलाई कति असर गर्छ, क्यान्सरको खतरा कति छ लगायत रहेको वैज्ञानिकले बताउनु भयो । रोटरी क्लवका अध्यक्ष जीवनकाजी श्रेष्ठ,  समाजसेवी  अशोक श्रेष्ठको पहल र सौजन्यमा यो अनुसन्धान गर्न लागेको जानकारी दिनुभयो । स्मरण रहोस, काभ्रेपलाञ्चोक जिल्ला क्यान्सरबाट सबैभन्दा जोखिममा रहेको जिल्लामा सुचिकृत छु ।  यदि सरकारले बजेट दिएमा माटो, पानी, तरकारी, फलफुल लगायतको रेडियोधर्मी मापन गरि क्यान्सर जोखिम कम गर्न सकिने कार्कीले बताउनु भयो । यस अध्ययनको रिपोर्ट २०८० असार पहिलो हप्ताभित्रै क्लवलाई बुझाउने जानकारी दिनुभयो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार