गणेश आचार्य
पनौती/विश्व सम्पदा सुचीमा सुचिकृत हुन प्रयत्नरत रहेको काभ्रेको पनौतीलाई थप उचाइमा पुर्याउने उदेश्यसहित मेरो भ्वाइस युनिभर्सको उत्कृट ७ मा पुग्न सफल भएका प्रतिभाशाली गायक सरद हुमागाइलाइ जिताउन अभिया सुरु भएको छ।
काभ्रे जिल्लाको पनौती नगरपालिकाले मेरो भ्वाइस युनिभर्सको टप सेभेनमा परेका शरद हुमागाईलाई जिताउन अभियान थालेको हो । शरदको गृहनगर पनौती नगरपालिकाले एक पत्रकार सम्मेलन आयोजना गरी हुमागाई केवल पनौती नगरको मात्रै शान नभएर बागमती प्रदेश र नेपालकै शान भएको बताउँदै उनको भावी दिनमा आवश्यक पर्ने भोटिङदेखि सामाजिक आर्थिक सबै किसिमको सहयोग गर्न अभियान चलाउन आवश्यक सहयोग गर्ने पनौती नगरपालिकाका प्रमूख मेयर रामशरण भण्डारीले जानकारी दिनुभयो। पनौती नगरपालिकाको कुशादेवीमा जन्मिएका शरद बाल्यकालदेखि नै गीत, संगीतमा रुची राख्ने गर्थे ।
उनी अहिले विश्वका ५२ देशहरुबाट भाग लिएका प्रतिश्पर्धीवाट छानिएर शिर्ष ७ औं स्थानमा आफुलाई राख्न सफल भएका छन् । उनी २० वर्षको कलिलो उमेरमा त्यति ठूलो प्रतिश्पर्धामा आफुलाई अब्बल देखाइरहेका छन् ।, यो पूरै बागमती प्रदेशकै एक्ला प्रतिस्पर्धी भएर पनौतीको नामलाई उनले उचो राख्ने कार्य गरिरहेका छन् । सम्मेलनमा प्रसारित विज्ञप्तिमा उल्लेख गरिएको छ ।
“शरदले कक्षा १० मा अध्ययन गर्दै गर्दा आफ्ना बुवा धुव्रप्रसाद हुमागाईलाई गुमाउनु परेको थियो । बुवा ध्रुव एक समाजसेवी पनि हुनुहुन्थ्यो, उनका बुवाले उनलाई राम्रो गायक बनाउने ठूलो सपना देखेका थिए ।” त्यो सपना पूरा गर्न सबैको साथ सहयोग अति नै महत्वपूर्ण छ, सम्मेलनमा सम्बोधन गर्दै यो साथ र सहयोग निरन्तर गरिरहन अपिल गर्दै शरदकी आमा विनिता हुमागाईँ सम्मेलनमा भक्कानिदै बताइन् ।
शरद सानैमा बुवाको छत्रछायाबाट वञ्चित भए र उनी आफनी आमा र दुई दिदी बहिनिको साथमा हुर्किएका थिए । उनी गीत संगीतमा मात्र नभई पढाइ र खेलकुदमा पनि उत्तिकै राम्रो मानिन्छन् । उनले लिलावती नेशनल एकेडेमीबाट आफ्नो प्रारम्भीक शिक्षा प्राप्त गरी अहिले निष्ट कलेज बनेपामा विसिएको पाँचौँ समेस्टरमा अध्ययनरत छन् । शरद त्यहाँको उत्कृष्ट विद्यार्थी पनि हुन् उनी साह्रै शान्त र भद्र स्वभावका भएका कारण उनलाई सबैले रुचाउँछन् । विज्ञप्तिमा भनिएको छ ।
पत्रकार सम्मेलनमा सम्बोधन गर्दै पनौती नगरपालिकाकी उपप्रमूख गीता बञ्जाराले शरदले गरेको आँट साहस र उसको सपना केवल उसको मात्रै नभएर नगरको गौरवको सपना समेत रहेको बताइन् । उनले शरदको लागि भावी दिनमा भोटिङ गरी सहयोग गर्न सबै नगरवासी तथा काभ्रेलीहरुमा आव्हान समेत गरिन् । सम्मेलनमा नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष बद्रिराज तिमल्सिना, निवर्तमान अध्यक्ष मोतिराम तिमल्सिनाले पत्रकारिता क्षेत्रबाट शरदको प्रतिभाको सहयोग र सम्मानको लागि साथ दिने प्रतिबद्धता जनाएका छन् । सम्मेलनलाई सम्बोधन गर्दै पनौती वडा नम्बर २ का वडा अध्यक्ष पुरुषोत्तम अधिकारीले शरदको पृष्ठभूमीलाई प्रष्ट्याएका थिए ।
पनौती नगर प्रमुख भण्डारीकाे सभापतित्वमा सम्मपन्न भएकाे पत्रकर सम्मेलनमा वडा अध्यक्ष , वडा सदस्य एव कार्यपालिका सदस्य र पनाैति नगरपालिका भित्रका शरद हुमागाई जिताउ लागिपरेका उनका सुभचिन्तकहरुकाे उपस्थिति रहेकाे थियाे । सम्मेलन नगर प्रमुख भण्डारीको सचिवालय प्रमुख राजेशराज महतले कार्यक्रम सञ्चालन गरेका थिए ।
नेपाली भाषा संस्कृतिको उत्थानको निम्ति नेपाली सांगीतिक इतिहासमा पहिलो अन्तर्राष्ट्रिय स्तरको यो कार्यक्रम विश्वभरिका नेपालीहरुको एउटा साझा साङ्गीतिक मञ्च बनेको छ। काभ्रेली गायक शरदको सांगीतिक यात्रासँगै समग्र काभ्रेको पहिचानसंग जोडिएको हुँदा सिंगो पनौती नगरपालिकाले एक कार्यक्रमका बीच आज बाट गायक सरद हुमागाइ जिताउन अभियान सुरु गरेको हो। प्रतिसपर्धाबाट अझै केही चरण पार गर्न बाँकी रहेको अवस्थामा समग्र काभ्रेवासी र सम्पुर्ण देश विदेशमा रहेका नेपालीमा भोट गरेर सहयोग गरिदिन पनौती नगरपालिकाले अपिल समेत गरेको छ। उनलाई भोट गर्नको लागि तपाईंहरुले प्ले स्टोरबाट 'My Intra' एप डाउनलोड गर्न सकिनेछ।