मुख्य समाचार
सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा | जिल्लास्तरीय कृषि प्राविधिक बैठक सम्पन्न, उत्कृष्ट सेवा प्रवाह गर्ने चार स्थानीय तहका कृषि प्राविधिक सम्मानित | त्रिवेणी टोल सुधार समितिद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार हुँदै |

स्थानीय निकाय
विकास विरोधी प्रवृत्तिप्रति वडाध्यक्ष केसीको कडा चेतावनी

Thearaniko Times 1398+ समाचार ( )
१९ असार २०८२, बिहीबार

बनेपा, असार १८ — बनेपा नगरपालिका–६ का वडाध्यक्ष सचितानन्द केसीले निरन्तर रूपमा विकास निर्माणमा अवरोध पुर्‍याउने, कानुनको छिद्र समातेर बेनामी उजुरी गर्ने र जनप्रतिनिधिमाथि चरित्र हत्या गर्ने प्रवृत्तिप्रति कडा आपत्ति जनाएका छन्।

वडाध्यक्ष केसीले भने, "जीवनसँग प्रत्यक्ष जोडिएका कार्यहरू—पानी खुवाउँदा, उद्यान बनाउँदा, सिँढी वा पिकनिक स्पट बनाउँदा, बाटो बनाउँदा, नाली वा ड्रेन निर्माण गर्दा, खोलानाला संरक्षण गर्दा, खेलमैदान बनाउँदा, स्मार्ट सिटीको परिकल्पनाअनुसार बस्ती विकास गर्दा—जताततै मुद्दा हाल्ने प्रवृत्तिहरू सक्रिय छन्। जनताको लागि काम गर्न खोज्दा हरेक पाइला मुद्दाको घेरामा पार्ने अस्वस्थ मानसिकता बढ्दो छ।"

उनका अनुसार समाजसेवाको नाममा सिन्को नभाँच्ने, बेनामी उजुरीमार्फत अवरोध खडा गर्ने र सामाजिक सञ्जाल तथा केही माध्यमहरूमा कपोलकल्पित, भ्रामक र बदनियतपूर्ण सूचना सम्प्रेषण गरेर समाजमा भ्रम फैलाउने केही व्यक्तिहरू विकास विरोधी मानसिकताका प्रतिनिधि हुन्।

"यस्ता प्रवृत्तिहरूले समाजमा नकारात्मकता मात्र फैलाउँछ," केसीले थपे, "समाजसेवाको नाममा गुटबन्दी गर्दै अरुको बदनाम गर्ने, कानुनी कारबाहीमा धकेल्ने र आफूलाई जबर्जस्त समाजसेवीको रूपमा प्रस्तुत गर्ने प्रवृत्तिलाई अब जनताले सहने छैनन्।"

वडाध्यक्ष केसीले यस्ता गतिविधिहरूले न त स्थानीय सरकारलाई शान्तिपूर्वक काम गर्न दिएको छ, न त नागरिकका समस्या समाधान गर्न सहज वातावरण मिलेको बताए। उनले यस्ता अपराधी मानसिकता भएका व्यक्तिहरूप्रति समाज आफैँले प्रतिवाद गर्ने चेतावनी पनि दिएका छन्।

"जनताले हेरेका छन्, बुझेका छन्—अहिले त हो जनताले चुप छन्, तर समय आउँछ, जब उनीहरू आफैँले यस्ता मानसिकताको मूल्यांकन गर्नेछन्," उनले भने।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार