मुख्य समाचार
सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा | जिल्लास्तरीय कृषि प्राविधिक बैठक सम्पन्न, उत्कृष्ट सेवा प्रवाह गर्ने चार स्थानीय तहका कृषि प्राविधिक सम्मानित | त्रिवेणी टोल सुधार समितिद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार हुँदै |

समाज/राजनीति
देउवा पक्षको आयोग गुहारप्रति गगन नेतृत्वको कांग्रेसको आपत्ति

Thearaniko Times 1398+ समाचार ( )
३ माघ २०८२, शुक्रबार

काठमाडौं । नेपाली कांग्रेसको आधिकारिकता दाबी गर्दै शेरबहादुर देउवा पक्षका नेताहरूले निर्वाचन आयोगमा दिएको ध्यानाकर्षणप्रति गगन थापा नेतृत्वको कांग्रेसले आपत्ति जनाएको छ।

विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्वको तर्फबाट महामन्त्री गुरुराज घिमिरेले विज्ञप्ति जारी गर्दै देउवा पक्षका गतिविधिप्रति गम्भीर आपत्ति जनाएका हुन्।

घिमिरेका अनुसार नेपाली कांग्रेसको ऐतिहासिक विशेष महाधिवेशन सफलतापूर्वक सम्पन्न भइसकेको छ र त्यसबाट निर्वाचित केन्द्रीय कार्यसमितिको विवरणसहित आवश्यक सबै कागजात निर्वाचन आयोगमा बुझाइसकिएको छ। यस्तो अवस्थामा केही महाधिवेशन प्रतिनिधिको संख्या फिर्ताको विषय उठाइनु तर्कहीन र भ्रम सिर्जना गर्ने प्रयास भएको उनको भनाइ छ।

उनले तत्कालीन कार्यबाहक सभापतिले निर्वाचन आयोगमा पुगेर उठाएका विषयहरूले पार्टीको विधि, विधान र महाधिवेशनको मर्ममाथि प्रश्न उठाउने काम गरेको उल्लेख गरेका छन्।

महामन्त्री घिमिरेले देउवा नेतृत्वको गतिविधिप्रति सात बुँदामा आपत्ति जनाउँदै ती क्रियाकलापले पार्टीलाई कमजोर बनाउने र लोकतान्त्रिक अभ्यासविरुद्ध जाने दाबी गरेका छन्।

उनले निर्वाचन आयोगलाई तथ्य र विधानका आधारमा निर्णय गर्न आग्रह गर्दै विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्व नै नेपाली कांग्रेसको वैधानिक नेतृत्व भएको स्पष्ट पारेका छन्।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार