मुख्य समाचार
सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा | जिल्लास्तरीय कृषि प्राविधिक बैठक सम्पन्न, उत्कृष्ट सेवा प्रवाह गर्ने चार स्थानीय तहका कृषि प्राविधिक सम्मानित | त्रिवेणी टोल सुधार समितिद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार हुँदै |

गणतन्त्र सिंहदरबारमा बस्नेहरु बाटै खतरामा छ : सांसद श्रेष्ठ
गणतन्त्र सिंहदरबारमा बस्नेहरु बाटै खतरामा छ : सांसद श्रेष्ठ

Thearaniko Times 1398+ समाचार ( )
२८ पौष २०८१, आइतबार

सिन्धुली/बागमती प्रदेश सभा सदस्य तथा पूर्वमन्त्री गंगानारायण श्रेष्ठले संघीय लोकतान्त्रिक गणतन्त्र सिंहदरबारमा बस्नेहरूबाट नै खतरामा रहेको बताएका छन् ।

सांसद श्रेष्ठले नेपाल आदिवासी जनजाति पत्रकार महासंघ सिन्धुलीको सातौं साधारण सभा तथा पाँचौ जिल्ला अधिवेशन उद्घाटन गर्दै सिंहदरबारमा बस्नेहरुबाट नै संघीय लोकतान्त्रिक गणतन्त्र खतरामा रहेको बताएका हुन् । उनले संघीय लोकतान्त्रिक गणतन्त्रको चार पिल्लरको रुपमा संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता र समावेशी÷समानुपातिकता रहेको भन्दै कुनै एक पिल्लर ढलेमा गणतन्त्ररुपी घर पुरै ढल्ने बताए । उनले आफुलाई मन परेको पिल्लर मात्र ठाडो राख्न लागेमा संघीय लोकतान्त्रिक गणतन्त्र ठाडो रहन नसक्ने बताए ।

सांसद श्रेष्ठले संघीयता बिरोधीहरूले दाबी गरेजस्तो आर्थिक रूपमा संघीयता सेतो हात्ती नभएको जिकिर गरे । उनले संघीयता आउनु अघि राज्यको केन्द्र, विकास क्षेत्र, अञ्चल, जिल्ला, इलाका र गाबिस÷पालिका गरी ६ वटा निकाय रहेको उल्लेख गर्दै आज संघ, प्रदेश र स्थानीय गरी जम्मा ३ तहमात्रै रहेको बताए । विगतमा झन्डै ४ हजार गाबिस र ३६ हजार वडा रहेकोमा आज ७५३ पालिका र ६,७४३ मात्रै वडा रहेको उनले उल्लेख गरे । विगतमा जनप्रतिनिधिको संख्या झन्डै २ लाख रहेपनि आज भने राष्ट्रपतिदेखि सबै जनप्रतिनिधिको संख्या झन्डै ३८ हजार मात्र रहेको उल्लेख गर्दै सांसद श्रेष्ठले संघीयता आर्थिक रुपमा बोझ नभएको स्पष्ट पारे ।

उनले धर्मनिरपेक्षताको अर्थ नागरिकको धार्मिक स्वतन्त्रताको उच्च सम्मान हो भन्दै राज्यको धर्म नहुने तर  नागरिकको आ–आफ्नो व्यक्तिगत आस्थाको आधारमा धर्म हुने बताएका बताए ।

सांसद श्रेष्ठले नेपालजस्तो १४२ जातजाति र १२४ मातृभाषी भएको एक सुन्दर इन्द्रधनुषी राष्ट्रिय राज्यमा समावेशी÷समानुपातिकता अनिवार्य रूपमा आवश्यक भएको पनि बताए । उनले विगतमा नश्लीय राज्यले जबर्जस्ती पछाडि पारिएका जाति, क्षेत्र, समुदाय र लिंगलाई केही समय समावेशी÷समानुपातिक सिद्धान्तको आधारमा अवसर दिनुपर्नेमा जोड दिए । उनले नेपाललाई समानतामा आधारित समाजभन्दा पनि समतामूलक समाजमा आधारित नेपाल बनाउन खोजेको बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार