मुख्य समाचार
एमालेसँग तत्काल पार्टी एकताको चर्चा निराधार : वर्षमान पुन | काभ्रेका आईटिएफ तेक्वान्दो खेलाडीलाई रङ्गीन पेटी वितरण | स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न | काभ्रे क्याम्पसलाई बनेपा–६ का वडाध्यक्ष केसीको प्रश्न | सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी |

समाज/राजनीति
आगामी निर्वाचनमा उम्मेदवार नबन्ने पूर्वमन्त्रीको घोषणा, युवा नेतृत्व अघि सार्नुपर्नेमा जोड

Thearaniko Times 1402+ समाचार ( )
१४ पौष २०८२, सोमबार

काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा प्रत्यक्ष र समानुपातिक दुवै तर्फबाट उम्मेदवार बन्ने प्रस्ताव आफूले अस्वीकार गरेको एक वरिष्ठ नेतृले स्पष्ट गरेकी छन्। ललितपुरसहित देशका विभिन्न क्षेत्रबाट आएको प्रस्तावलाई स्वीकार नगरेको जानकारी दिँदै उनले प्रस्ताव गर्ने सबैप्रति आभार व्यक्त गरेकी छन्।

तत्कालीन माओवादीबाट दुई पटक प्रत्यक्ष निर्वाचन जितेकी उनी काठमाडौं उपत्यकाजस्तो चुनौतीपूर्ण क्षेत्रबाट चुनाव जित्ने एक्ली महिला उम्मेदवारसमेत रहेकी छन्। उनले यस्तो क्षेत्रमा चुनाव जित्नु अत्यन्त कठिन हुने उल्लेख गर्दै आफ्नो राजनीतिक यात्राबारे धारणा सार्वजनिक गरेकी हुन्।

आगामी निर्वाचनमा उम्मेदवार बन्नेबारे देशभरबाट चासो र जिज्ञासा आएको भए पनि यसपटक आफू प्रत्यक्ष र समानुपातिक दुवै निर्वाचन प्रक्रियाबाट बाहिर रहने निर्णय गरेको उनले बताइन्। दुई पटक प्रत्यक्ष निर्वाचन जित्नुका साथै पटक–पटक मन्त्री भएर काम गर्ने अवसर पाइसकेकाले अब प्राप्त अनुभव र सिकाइ पार्टीभित्र संस्थागत रूपमा प्रयोग गर्नुपर्ने उनको भनाइ छ।

उनले यसपटक पार्टीले अघि सारेका उम्मेदवारहरूलाई जिताउन सक्रिय भूमिका खेल्ने प्रतिबद्धता जनाउँदै अब अवसर नपाएका सक्षम, प्रतिबद्ध र ऊर्जाशील युवाहरूलाई प्रत्यक्ष तथा समानुपातिक दुवै प्रक्रियामार्फत अघि ल्याउनुपर्नेमा जोड दिइन्।

अपवादबाहेक यसअघि पटक–पटक अवसर पाइसकेकाहरूले यसपटक प्रत्यक्ष वा समानुपातिक निर्वाचनमा उम्मेदवारी नदिनु उपयुक्त हुने धारणा समेत उनले सार्वजनिक गरेकी छन्।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार