मुख्य समाचार
सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा | जिल्लास्तरीय कृषि प्राविधिक बैठक सम्पन्न, उत्कृष्ट सेवा प्रवाह गर्ने चार स्थानीय तहका कृषि प्राविधिक सम्मानित | त्रिवेणी टोल सुधार समितिद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार हुँदै |

जिल्ला सहकारी संघ काभ्रेको नेतृत्वमा अमन पोटेको टिम बिजयी
जिल्ला सहकारी संघ काभ्रेको नेतृत्वमा अमन पोटेको टिम बिजयी

Thearaniko Times 1398+ समाचार ( )
२७ भाद्र २०८१, बिहीबार

बनेपा/जिल्ला सहकारी संघ लिमिटेड (डिस्कोफ) काभ्रेपलाञ्चोकको सञ्चालक समितिको अध्यक्षमा गठबन्धनका अमन पोटे श्रेष्ठ १९० मत सहित विजयी हुनुभएको छ । एमाले तर्फका अध्यक्ष उम्मेदवार राजन शाक्यले १४९ मत प्राप्त गर्नुभएको छ । 

उपाध्यक्ष महिला पदमा गठबन्धनबाट मिरा सत्याल १७२ मत सहित विजयी हुदाँ एमाले तर्फका उम्मेदवार राधिका दाहाल घिमिरेले १५३ मत प्राप्त गर्नुभएको छ । उपाध्यक्ष खुल्ला तर्फ गठबन्धनबाट शान्ति लामा तामाङ १७० मतसहित विजयी हुनुभएको छ भने एमालेका उम्मेदवार ठाकुरनाथ अधिकारीले १६४ मत प्राप्त गर्नुभएको छ । 

सचिव पदमा भने गठबन्धनका उम्मेदवार यदुनाथ हुमेगाँईलाई भारी मतान्तरले एमालेका उम्मेदवार प्रकाश बञ्जरा विजयी हुनुभएको छ । बञ्जाराले १८६ मत ल्याउँदा हुमेगाँईले १४९ मत प्राप्त गर्नुभएको छ ।

कोषाध्यक्षमा गठबन्धनबाट अर्जुनप्रसाद सापकोटा १७६ मतसहित विजयी हुँदा एमालेका उम्मेदवार हिमाली श्रेष्ठले १६० मत ल्याउनुभएको छ । 

६ जना सञ्चालक समिति सदस्यमा गठबन्धनबाट पूर्ण सागर रंजित (१८०), मोहन कुमार श्रेष्ठ (१६१), अम्बिका तिमल्सिना (१७५) र जगन्नाथ श्रेष्ठ (१६४) मत ल्याएर विजयी हुनुभएको छ । 

एमालेबाट रोशन कुमार श्रेष्ठ (१६०) मत ल्याएर विजयी हुँदा गठबन्धनका सुदर्शन अधिकारी र एमालेका उम्मेदवार बलराम मानन्धरले बराबर (१५४/१५४) मत प्राप्त गर्नुभएको छ । 

गठबन्धनबाट महिला सञ्चालक सदस्यामा देवकी तिमल्सिना दाहाल निर्विरोध निर्वाचित हुनुभएको छ । 

लेखा सुपरिवेक्षण समिति संयोजकमा गठबन्धनका उम्मेदवार डिल्लीप्रसाद आचार्य (१५६) मत सहित विजयी हुँदा एमालेका उम्मेदवार गणेश प्रसाद भट्टराईले (१४१) मत प्राप्त गर्नुभएको छ । लेखा सुपरिवेक्षण समिति खुल्ला सदस्यमा गठबन्धनका पवन राज कर्णजित (१६४) मत सहित विजयी हुनुभएको भने एमालेका उम्मेदवार प्रेमनाथ शर्मा कोईरालाले (१३१) मत प्राप्त गर्नुभएको छ । 

जम्मा सदस्य ३४६ मतदाता थिए । जसमा ३४३ मत खसेको थियो । निर्वाचनमा एमाले विरुद्ध नेपाल काँग्रेस, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) गठबन्धन बनेको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार