दीपक शर्मा जंगम
हामी नवौ संविधान दिवश मनाएर पनि देश बर्बादीमा पुगेको छ । गाउँघर शुन्य छ । युवा युवती रोजगारी पाउन सकिन्छ कि भनेर खेतबारी धितो राखि मेनपावर धाएर कोही खाडी मुलुकमा पचपन्न डिग्रीको तापक्रम सहेर ज्यान बाजी लगाएर परिवार पाल्न भनी ज्यामी काम गर्न विवश छन् भने कोही युरोपियन मुलुकमा पढेलेखेका होनाहार युवा युवती कोही वेकरी पसल त कोही होटलमा वेटरको काम गर्ने र नेपालका उच्च पदका व्यक्तिहरु जापान लगायतको देशमा मजदुरी गरेर जीवन बाँच्नुपर्ने बाध्यतामा छन् । आज गाउँघरमा होनहार युवा वर्ग विदेशमा गएपछि निकै सुनसान छ । किसानले आफ्नो माटोमा पसिना बगाएर काम गर्न पाएको छैन । उत्पादन छैन, मल, विऊ विजन, सिंचाईको अभावमा जग्गा जमिनहरु खण्डहर बन्दै गएका छन् । उत्पादन हुने क्षेत्रमा बस्ती विकास भएको छ भने बस्ती बसाउनुपर्ने ठाउँमा ध्यान पुगेको छैन । गाउँघरमा वृद्ध वृद्धा आमा, बुबा, हजुरबुबा, हजुरआमा, रोगी परिवार बस्नुपरेको छ । मानिसको मृत्यु भएमा समाजमा मलामी जानेर र क्रिया बस्ने परिवारको छोरा छैन गाउँमा । विवाह, ब्रतबन्ध कार्य गर्ने छिमेकी पाउन छाड्यो । मेलापात, छरछिमेक नहुँदा जग्गा जमिन बाँझो छ ।, आज परिवारबाट छुट्टिएर विदेश बस्नु पर्दाको पीडा विदेशमा जाने छोराछोरीलाई थाहा नभएको होइन । आफ्नो देशमा पसिना बगाउने जग्गा बाँझो राखेर विदेशमा जमिन जोत्नु पर्दाको पीडा कसले बुझ्ने ? दशै, तिहार, तिथी, श्राद्ध, विवाह लगायत पर्वहरु उराठलाग्दो बनेको छ । गाउँमा केही घटना प¥यो भने साथ सहयोग दिने छिमेकी शुन्य अवस्थामा पुग्न लागि सक्यो ।
नेपालको समग्र अध्ययन अनुसन्धान गर्ने हो भने बेरोजगार युवा युवती खराब संगतको कारण विभिन्न अभियोगमा पक्राउ परेर जेलमा बस्नुपर्ने अवस्था सिर्जना भएको छ । रोजगार नहुँदा र सरकारले रोजगारको व्यवस्था नगर्दा आज चोरी, डकैती, बलत्कार लगायत हत्या हिंसाको घटना दिन प्रतिदिन बढिरहेको अवस्था छ । आज सत्ताको नजिकबाट बाहिरीएका पहुँच नभएका शक्ति, धन नभएका व्यक्तिहरुको दुःख पिडामा मल्हम लगाउने पार्टी र सरकार छैन नेपालमा । आज दैनिक जसो चेक बाउन्सको मुद्दामा धेरै पिडीतहरु जेल जान बाध्य छन् भने झुठा जाहेरीको आधारमा गरेको कतिपय अनुसन्धानहरुलाई अभियोग लगाएर अदालत पुगेपछि अपराधी नै हो भन्ने सोचले थुनामा बसेको उदाहरण पनि गनि साध्य छैन । न्यायमूर्तीमा न्याय, प्रहरी प्रशासनको निष्पक्षता, मन्त्रीको योजना, देशको अवस्था, विदेशी हस्तक्षेप कार्यकर्ताले नेतालाई गरेको देवत्वकरण, मालिक रिझाउने प्रवृत्ति, झोले कार्यकर्ता, मुर्ख जनता, चेत हराएका मासु भात र दुई चार हजारमा विकेर कुपात्रलाई गरेको मतदानको कारण आज देश धरधरी रोएको छ । नेपाल आमाको छातीमा छिया छिया हुने गरी घाउ लगाउन अझै धुन्नकारी सन्तानले विदेशीको वचन नाघेको छैन र नेपाल आमाका सन्तानलाई न रातमा निद्रा न त दिनमा भोक जस्तो पारेर राखेको छ । देशमा व्याप्त विदेशी हस्तक्षेप, विदेशी इसारामा चल्ने पार्टी तथा ती पार्टीबाट बनेको सरकार देश बनाउनु पर्नेमा आज रमिते बनेर तालि बजाउँदै नाची रहेको छ ।
देश बनाउने जनशक्ति धपाएर विदेश पठाएपछि यो देश कसले बनाउँछ ? देशका प्रमुख अंगहरु अपाङ्ग बनाएर राख्दा जनतालाई सास्ती बाहेक केही मिलेको छैन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको काम हेर्दा शक्ति नभएका व्यक्ति कारवाहीको निसानामा छन् भने शक्ति केन्द्रहरु सुरक्षित भएको अवस्था छ । आज पार्टीमा विभिन्न काण्डमा मुछिएका व्यक्तिहरु मन्त्री, छानविनमा परेका व्यक्तिको सुरक्षा कवचको रुपमा रहेको सरकारको तौर तरिका हेर्दा के नेपाल फेरी यिनीहरुबाट बन्ने संकेत देखापरेको छ त ? नेपालमा जो काम गर्न खोज्छ, जो काम गर्ने क्षमता राख्छ त्यसको प्रतिकार गर्ने यो कस्तो सरकार बनायौं हामीले ?
हिजोको इतिहासबाट नचेत्ने र चेत्ने प्रयास पनि नगर्ने हामी नेपाली जनताहरु पार्टीको गुलाम बन्नुभन्दा पार्टीमा देश र जनतालाई भिरालोमा पु¥याउने नेतालाई तह लगाएर नयाँ जोश जाँगरका साथ अघि बढ्ने द¥हो इच्छाशक्ति भएका युवा वर्गले सोच्ने की देश बेचे पनि सहने हो ? अब यो देशमा काँग्रेस र एमालेबाट केही हुन सक्तैन भन्ने तर्क राख्दा यो स्तम्भकारलाई पनि नराम्रो त भन्न सक्लान् तर पार्टीले जनताको लागि आजसम्म के ग¥यो ? स्वास्थ्य, शिक्षा, महँगी, रोजगार, विकास लगायत विभिन्न योजनाहरुमा भुँइमान्छेको हित कति भयो ? हामी यो पार्टीका नेता यो पार्टीमा असल कार्यकर्ता भन्नको लागि पार्टी असल हुनुप¥यो अनि पार्टीका कार्यकर्ता असल हुन्छन् भने कांग्रेस होस या एमाले जनतालाई झुक्याएर देश बर्बाद पार्ने पार्टीमा झोले भएर होइन असल जनताको असल मतदाता भएर समाजमा शिर ठाडो पारेर हिड्न सिक्नुपर्दछ । देश बर्बाद पार्दा नबोल्ने, परिवर्तन हुन नखोज्ने, परिवर्तन नचाहने पार्टी र त्यसका नेताले अपराध गरेपनि मुन्टो निहु¥याएर बस्ने व्यक्तिबाट नेपाल बन्दैन र त्यो असल कार्यकर्ता पनि होइन । यो देशलाई आज यो अवस्थामा पु¥याउने एमालेका खराब नेता र त्यसको नेतृत्व हो भने त्यसैगरी नेपाली कांग्रेसका नेताले देश बिगार्दा देश विदेशीको इसारामा चलाउन खोज्दा उद्योग कलकारखाना बेच्दा ःऋऋ ल्याउँदा किन चुं गर्दैनन् कांग्रेस कार्यकर्ताहरु ? देश र जनता भन्दा ठुलो पार्टी होइन पार्टीलाई ठुलो मान्ने हो भने पार्टीले देश र जनताको लागि काम गरेको हुनुपर्नेछु भने त्यसलाई टाउकोले टेकेर समर्थन गर्ने हुनुपर्दछ । अब आजको मितिसम्म हाम्रो पार्टीले संविधान अनुसार संवैधानिक अंगहरु जनताका मौलिक हकहरु हनन नहुने गरी देश र जनताको लागि कति प्रतिशत ग¥यो ? उक्त कामबाट जनताहरु कति लाभान्वित भए त्यो हेर्नु पर्दैन ? आज पार्टी र नेताको पक्षमा समर्थनको स्वर बढि छ कि विरोधको पक्षमा बढी छ ? किन जनताहरु पार्टी र नेतासँग रुष्ट छन् ? त्यसको परीक्षण गर्नुपर्छ कि पर्दैन ? असल नागरिक र असल पार्टी देशको मुख्य हतियार हो, असल नागरिक देश र जनता र विकासको लागि सचिनुपर्दछ । नेताको लागि मात्र बाँच्ने होइन । खराब नेताको कारणले देश र जनता पतनमा गएको इतिहास विश्वमा छ । आज रुस, युक्रेन इजरायल हमास युद्धको कारण देश आर्थिक रुपमा चौपट भइसकेको अवस्था छ । आज बजार खाली खालि खालि छ, भोली कर्मचारीलाई तलब खुवाउन सक्ने अवस्थासम्म न्यून बन्दैछ । जताततै हाहाकार छ । जनता देश भन्दा माथि आफु धनी हुने भष्ट्राचारबाट अकुत सम्पत्ति जोड्दै कार्यकर्ताको वरिपरि घेरिएर बस्ने चुनावको लागि अवैध रकमको आधारमा मतदाता किन्न डर नमान्ने प्रवृत्तिबाट चुनाव जितेका कारण आज कांग्रेस एमालेहरु जनता प्रति उत्तरदायी छैनन् र उनीहरुको २÷४ हजारमा बिकेर मतदान गर्ने हामी मुर्ख मतदाताहरुले गुणात्मक परिणाम पाउन सकिन्न भन्ने कुरामा हामीमा चेतना आउनु अपरीहार्य छ ।
आज काँग्रेस एमालेसँग जनताको लागि गरेको विकास शिक्षा, स्वास्थ्यबाट कति लाभावन्ति भए ? त्यो आँकडा यिनीहरुसँग छैन र आज सडक सदन दुवै तिर सरकार गिर्दा अवस्थामा आएको छ । उखान र टुक्का गफको भरमा देश परिवर्तन हुँदैन देश परिवर्तन गर्न द¥हो इच्छाशक्ति, र दिगो योजनाहरुको आवश्यकता पर्दछ । देशका शासकहरु तानाशाह बन्दै जाने देश र जनताले दुःख पाउदै जाने हो भने तानशाह नेता र पार्टी छान्न नसक्दा त्यसको चर्को व्याज जनताले नै तिर्नुपर्दछ । जनतालाई र देशलाई ढाँटेर छलेर जनतालाई लगाइएको करबाट सेवा सुविधा लिएर ऐस आराम गर्ने संविधान अनुसार देश चलाउन नखोजेर नसकेपछि आज दिन प्रतिदिन संविधानको धज्जी उडाउँदै आज काँग्रेस एमाले र त्यसलाई सिको गर्ने माओवादी केन्द्र पनि देश बिगार्ने पक्षमा जाने र देशलाई दाउमा राखेर सधै जनतालाई सास्ती दिने बाहेक यिनीहरुले केही चाहेका छैनन् र माओवादी आन्दोलन देखि जनयुद्धका नाममा आएको अपार परिवर्तन र उपलब्धीको समयमा नै रक्षा गर्न नसकेपछि त्यसको व्याज गणतन्त्रमा कसले खायो ? माओवादी भित्रको संगठन सेलाउँदै जाने सम्पत्ति जोड्ने होडवाजीमा जग्गा दलाली देखि मुद्दाका ठेक्का लिने, सुन काण्डमा मुछिने, जनतामा जानुपर्ने पार्टी सरकारमा छदा जनताको समस्या नबुझ्ने गर्दा आज कमरेड प्रचण्डको रोइलो हेर्दा अचम्म मानु पर्ने छैन । माओवादीले हिजाको जन आधार, जन संगठन र जनतालाई पाखा लगाउँदै गएको पीडा अहिले भोग्दै छ । अब जनतालाई एकिकृत जनक्रान्तीको कार्यदिशा समातेर वैज्ञानिक समाजवादी मोडलमा देशलाई अगाडि बढाउँदै उत्पादनमा लगाई एकाकार हुने नयाँ पार्टीको सिद्धान्त र विचारलाई मतदान गर्नु आजको आवश्यकता हो र कम्युनिष्ट एकता हुन नदिने र हुन नचाहने एमालेबाट कम्युनिष्ट एकतामा तगारो हाल्न खोज्दा ओलीको विरुद्धमा किन बोल्दैनन् एमालेका असल कार्यकर्ताहरु ? आज कम्युनिष्ट किन छिन्न छिन्न भएका छन् ?
यो देश बनाउने अभियानमा लाग्ने कि आफै धनी बन्ने दलाल गर्ने, भष्ट्राचार गर्ने अर्काको जुठो पुरोमा रमाएर जिन्दगी चलाउने ? कम्युनिष्ट एकता अर्थात् बाम एकता गर्न नचाहने एमाले अध्यक्ष र तीनका कार्यकर्ताले के सपना देखेर नेपाल बनाउने योजना रच्दै छन् जनतासमक्ष ल्याउनुपर्छ । काँग्रेसको समाजवाद भनेको काँग्रेस आफै धनी हुने समाजवाद हो जनतालाई धनी बनाउने समाजावाद काँग्रेस संग छैन भने अबको नेपाल कस्तो बनाउने कसरी सम्पन्न हुने स्वदेशमा नै रोजगार कसरी सृर्जना गर्ने भन्ने बारेमा युवा वर्ग, क्रान्तिकारी वर्गहरु, देश भक्तहरु एकाकार भएर नयाँ रेखा कोर्न जरुरी छ, अब हामी सबैले विदेश जानबाट आफ्ना सन्ततीलाई रोक्ने र स्वेदशमा नै काम गर्ने वातावरण मिलाउन ढिला गर्न हुँदैन । आज संविधान दिवशको ९ वर्ष पुरा हुँदा एमाले, काँग्रेस र माओवादी बाट देश उभो लाग्नु पर्नेमा देशलाई भास्ने काम बाहेक केही गरेनन् । किनकी एमाले काँग्रेस कै कारण रवि, हर्क, बालेनले तिनै पार्टीको भोट लिएर दिग्वीजय गरेका छन् । अब देश बनाउन नेपाल आमाको सपुत कम्युनिष्ट युवा वर्गले राज्यसत्ता सञ्चालन गर्ने आँट आजैदेखि गर्नुपर्दछ भन्ने आवाज उठी रहेको वर्तमान समयमा जनता जाग्नुपर्ने अवस्था आएको कुरा घाम जतिकै छर्लङ्ग छ ।
लेखक अधिवक्ता हुनुहुन्छ।