मुख्य समाचार
एमालेसँग तत्काल पार्टी एकताको चर्चा निराधार : वर्षमान पुन | काभ्रेका आईटिएफ तेक्वान्दो खेलाडीलाई रङ्गीन पेटी वितरण | स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न | काभ्रे क्याम्पसलाई बनेपा–६ का वडाध्यक्ष केसीको प्रश्न | सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी |

समाज
कानुन व्यवसायी महिलाहरूको ३२औँ राष्ट्रिय सम्मेलन भक्तपुरमा शुरु

Thearaniko Times 1402+ समाचार ( )
६ चैत्र २०८२, शुक्रबार

भक्तपुर । नेपाल बार एशोसिएशनको आयोजनामा कानुन व्यवसायी महिलाहरूको ३२औँ राष्ट्रिय सम्मेलन भक्तपुरमा शुरु भएको छ। “महिलाको समानुपातिक समावेशिता: परिवर्तित र न्यायपूर्ण समाजको सुनिश्चितता” भन्ने मूल नारासहित सम्मेलन आज र भोलि सञ्चालन हुने जनाइएको छ।
भक्तपुर जिल्ला अदालत बारको आतिथ्यतामा आयोजना हुने उक्त सम्मेलनमा देशभरका महिला कानुन व्यवसायीहरूको उल्लेखनीय सहभागिता रहने अपेक्षा गरिएको छ। नेपाल बार एशोसिएशन भक्तपुरका अध्यक्ष राम सुन्दर खाइतुले सम्मेलनमा वरिष्ठ अधिवक्ता, अधिवक्ता, अभिवक्ता, साथै बारका पूर्व पदाधिकारी र सदस्यहरूलाई सक्रिय सहभागिता रहने जनाएका छन्।
उनका अनुसार सम्मेलनले महिला अधिकार, समानुपातिक समावेशिता र न्यायपूर्ण समाज निर्माणसँग सम्बन्धित विषयमा घोषणापत्र जारी गर्ने लक्ष्य राखेको छ।
कार्यक्रमको सम्पूर्ण तयारी पूरा भइसकेको आयोजक पक्षले जनाएको छ। बारका सचिव अनीश सुवालका अनुसार चैत ६ गते बिहान भक्तपुरको दत्तात्रय मन्दिरबाट प्रभातफेरी सुरु भइ ख्वप बैंक्वैट, नगरकोट रोडमा पुगेर उद्घाटन कार्यक्रम शुरु भएको छ। दोस्रो दिन भक्तपुर जिल्ला अदालतको सभाकक्षमा विभिन्न विषयमा विज्ञहरूसँग छलफल कार्यक्रम सञ्चालन हुनेछ।
आयोजकले सहभागीहरूलाई कालो कोटसहित मर्यादित पहिरनमा उपस्थित हुन अनुरोध गरेको छ। सम्मेलनले महिला कानुन व्यवसायीहरूको भूमिका, समानुपातिक सहभागिता र न्यायपूर्ण समाज निर्माणमा उनीहरूको योगदानबारे महत्वपूर्ण बहस अघि बढाउने विश्वास लिइएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार