मुख्य समाचार
सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा | जिल्लास्तरीय कृषि प्राविधिक बैठक सम्पन्न, उत्कृष्ट सेवा प्रवाह गर्ने चार स्थानीय तहका कृषि प्राविधिक सम्मानित | त्रिवेणी टोल सुधार समितिद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार हुँदै |

रक्तदान कार्यक्रम सञ्चालन र सहयोग गर्ने संस्था र व्यक्तिहरुलाई सम्मान

Thearaniko Times 1398+ समाचार ( )
६ माघ २०७९, शुक्रबार

बनेपा । नेपाल रेडक्रस सोसाइटी काभ्रेपलाञ्चोक जिल्ला शाखा रक्त सञ्चार सेवा समितिले सवैभन्दा धेरै रक्तदान कार्यक्रम सञ्चालन र आर्थिक सहयोग गर्ने व्यक्ति तथा संस्थाहरुलाई सम्मान गरेको छ  ।  शुक्रवार बनेपा रेडक्रस भवनमा आयोजित कार्यक्रममा धेरै पटक रक्तदान गर्ने रक्तदाता र रक्तदान कार्यक्रम सञ्चालन गर्ने व्यक्ति र संस्थाहरुलाई सम्मान गरेको हो । 

काभ्रे जिल्लामा जन्म भई हाल अमेरिका बसोबास गर्दै आउनुभएका रक्तदाता अर्जुन मैनालीले अमेरिकावाट नेपाल रेडक्रस काभ्रे शाखाको लागि पठाएको १ लाख ३० हजार रकम वरिष्ठ हास्य कलाकार हरिबंश आचार्यले एक कार्यक्रमका बीच हस्तान्तरण गरिएको थियो । 

उक्त रकम र अन्य संकलित २ लाख रपैयाँको अक्षयकोश स्थापना गरि आगामी वर्षहरुमा रक्तदान कार्यक्रमलाई थप प्रभावकारी बनाउने र पालिकास्तरमा पनि ब्लड बैंक सञ्चालनमा ल्याउने तयारी भइरहेको बताइयो।  

अमेरिका बसोबास गर्दै आउनुभएका रक्तदाता अर्जुन मैनालीले रोशी गाउँपालिकालाई रक्तदान कार्यक्रम सञ्चालन गर्न पठाएको रकम गाउँपालिका अध्यक्ष दिनेश लामालाई हस्तान्तरण गरिएको थियो ।

कार्यक्रममा वरिष्ठ हास्य कलाकार हरिबंश आचार्यले रक्तदान जति गरे पनि नसकिने भएकाले सवैले रक्तदान गर्नुपर्ने र यस्ता कार्यक्रमहरुको प्रचार प्रसार पनि धेरै हुनुपर्ने बताए । 

स्वास्थ्यबारे जनचेतना जगाउने र जानकारीमूलक सूचना प्रवाह गर्ने उद्देश्यले ‘स्मार्ट हेल्थ नेपाल एप्लिकेशन’ ​सञ्चालनमा आएको स्मार्ट हेल्थ का मनिषा श्रेष्ठले जानकारी दिनुभयो। रेडक्रस लगायत विभिन्न स्वास्थ्य संस्थासँग मिलेर काम गर्ने बताउँदै श्रेष्ठले यो एप्लिकेशन आम नागरिकहरूलाई आवश्यक सेवाभित्र पर्ने आम चासोका विषय जस्तै : अस्पताल, चिकित्सक, औषधी, रक्तसेवा दिने निकायलाई प्रभावकारी ढंगबाट सहयोग गर्ने हेतुले सञ्‍चालनमा ल्याइएको हो । सुविधायुक्त प्रविधिमैत्री एप्लिकेशन रहेको तथा स्वास्थ्य संस्था र बिरामीहरूलाई एक अर्कामा जोड्ने पुलको काम यो एप्लिकेशनबाट निःशुल्क रूपमा हुने जानकारी श्रेष्ठले दिनुभयो।

रगतको अभाव हुन नदिनको लागि नेपाल रेडक्रस सोसाइटी काभ्रे शाखाले विभिन्न कार्यक्रमहरु गर्दै आईरहेको जानकारी ब्लड डोनर्स एशोसिएसनका कोषाध्यक्ष मचाकाजी महर्जनले बताउनुभयो । नेपाल रेडक्रस सोसाइटी काभ्रेपलाञ्चोक जिल्ला शाखाका उपमन्त्री राजु सिग्देलले सञ्चालन र रक्त सञ्चार सेवा समितिका संयोजक अनन्त कृष्ण श्रेष्ठको सभापतित्वमा रोशी गाउँपालिका प्रमुख दिनेश लामा र राष्ट्रिय मानवअधिकार आयोग बागमती प्रदेश निर्देशक यज्ञ....ले बोल्नुभएको थियो ।  

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार