मुख्य समाचार
सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा | जिल्लास्तरीय कृषि प्राविधिक बैठक सम्पन्न, उत्कृष्ट सेवा प्रवाह गर्ने चार स्थानीय तहका कृषि प्राविधिक सम्मानित | त्रिवेणी टोल सुधार समितिद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार हुँदै |

अदालतले अधिवक्तालाई कारवाही गर्न बारलाई पत्र लेखे

Thearaniko Times 1398+ समाचार ( )
१६ चैत्र २०७९, बिहीबार

धुलिखेल/मुद्दा मिलापत्र गर्ने क्रममा दुवैपक्ष सहमत भएपछि मिलापत्र गराउन लाग्दा अधिवक्ता दिपक शर्मा जंगम र अदालतका श्रेष्तेदार गोविन्दप्रसाद घिमिरेबीच चर्को भनाभन भएको बताइएको छ । पनौती न पा–४ का बुद्ध तामाङ र श्रीमति गुणमाया तामाङ बीच मुलुकी देवानी संहिता, २०७४ को दफा ९४ नं बमोजिम जिल्ला अदालत समक्ष गत बर्ष २०७८ असार २२ गते लोग्नेस्वास्नीको नाता सम्बन्ध बिच्छेद गरी पाँउ भनि मुद्दा दायर भएको  थियो । 

सो मुद्दा मिलापत्र गर्ने चरणमा पुगेपछि दुवै पक्षलाई बोलाइ मिलापत्र गराउने क्रममा कागज तयार गर्दा अधिवक्ता जंगम र श्रेष्तेदार घिमिरेबीच भनाभन भएको प्रत्यक्षदर्शी बताउँछन् । 

पटक पटकको प्रयासपछि दुवैपक्षको उपस्थितिमा मिलापत्र गराउने क्रममा अधिवक्ता जंगमले आफु पनि मिलापत्रको पक्षमा रहेको र आफ्ना पक्षका सेवाग्राहीले पाउने भनिएको अंश अमिन लगेर नाप जाँच गरेपछि मात्र कागज बनाउन अनुरोध गर्दा श्रेष्तेदार घिमिरेले आफुलाई सबैको अगाडि तँ भनेपछि कसलाई तँ भनेको भनी प्रतिवाद गर्दा तँलाई भनेपछि आफु आवेशमा आएको स्वीकार्नुभयो । तर आफुले हातपात नगरेको बरु उहाँले तँ भनेपछि त्यसको प्रतिवाद गरेको बताउनुभयो । मैले नै घिमिरेलाई मेलमिलाप कर्ताको रुपमा रोजेको मान्छेलाई किन अभद्र व्यवहार गर्नुप¥यो र ? भन्दै प्रतिप्रश्न गर्नुभयो । मिमिरे जी बरु अरुबेला भन्दा फरक अवस्थामा हुनुहुन्थ्यो । मादक पदार्थ सेवन गरेको अवस्थामा थियो कि थिएन मलाई थाहा भएन तर व्यवहार मादक पदार्थ सेवन गरेको अवस्थामा थियो । उहाँसँग गरेको कुराकानी युट्युवमा हेर्न सक्नुहुनेछ ।

श्रेष्तेदार घिमिरेले आफुलाई सबैको अगाडि तँ भनेपछि कसलाई तँ भनेको भनी प्रतिवाद गर्दा तँलाई भनेपछि आफु आवेशमा आएको स्वीकार्नुभयो । तर आफुले हातपात नगरेको बरु उहाँले तँ भनेपछि त्यसको प्रतिवाद गरेको बताउनुभयो । मैले नै घिमिरेलाई मेलमिलाप कर्ताको रुपमा रोजेको मान्छेलाई किन अभद्र व्यवहार गर्नुप¥यो र ? 

श्रेष्तेदार घिमिरेले पटक पटकको प्रयासपछि मिलापत्र गराउन खोज्दा पनि अधिवक्ता शर्माले असहयोग गर्दै आएको र बुधबार एक्कासी आफुमाथि जाई लागेको बताउनुभयो । थोरै अनइजी गराएकै हो दिपक जीले, तर यो ठूलो इस्यु होइन यसलाई मिलाएर लानुपर्छ – श्रेष्तेदारको भनाई थियो । म आज अफिस आउन पाइन परिक्षा भएकोले नत्र म यसलाई अगाडि बढ्न दिने थिएन । यस्ता घटना बेला बेला भइ राख्ने कुरा हुन् यसलाई इस्यु बनाउन आवश्यक छैन –करीब २० मिनेट कुरा गर्दै श्रेष्तेदार घिमिरेले भन्नुभयो । नेपाल बार एशोसिएसन काभ्रे इकाइका अध्यक्ष विष्णुप्रसाद सापकोटाले पनि घटना भएको हो तर हातपातै गरेको अवस्था थिएन त्यसैले ठूलो इस्यु नभएको बताउनुभयो ।

यसैबीच बिहीबार जिल्ला अदालत काभ्रेका कर्मचारीहरुको तर्फबाट अदालतभित्र श्रेष्तेदार नै असुरक्षित्र भएकोले काम गर्न असहज भएको भन्दै जिल्ला न्यायधिशलाई ध्यानाकर्षण पत्र बुझाएको अदालतका अधिकृत अप्सरा चापागाईले जानकारी दिनभयो । उक्त ध्यानाकर्षण पत्रका विषयमा प्रमुख न्यायधिशहरु मोहनराज भट्टराई, जिल्ला न्यायधिश राजेन्द्र नेपाल, जिल्ला न्यायधिश रिताकुमारी बख्रेल, तहशिलदार शेषराज दाहाल, अधिकृत अप्सरा चापागाई र कुशुम थापाहरुको संयुक्त बैठकले बारका अध्यक्ष विष्णुप्रसाद सापकोटाको उपस्थितिमा श्रेष्तेदार तथा मेलमिलापकर्ता माथि हातपात तथा अभद्र व्यवहार गरेका ठहर गर्दै अमर्यादित र अपमानमान जनक व्यवहार गर्ने अधिवक्ता दिपक शर्मा जंगममाथि आवश्यक कारवाही गर्न जिल्ला बार इकाइलाई लेखि पठाउने निर्णय गरेको छ ।

यही क्रममा अदालतले यस विषयलाई बार इकाइका पदाधिकारीसँग राय माग गरेपनि बार बैठक बसे पछिमात्र यस घटनाबारे बार इकाई धारणा बनाउने र आवश्यकता अनुसार बार बेञ्च बस्ने बारका एक पदाधिकारीले बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार