मुख्य समाचार
सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा | जिल्लास्तरीय कृषि प्राविधिक बैठक सम्पन्न, उत्कृष्ट सेवा प्रवाह गर्ने चार स्थानीय तहका कृषि प्राविधिक सम्मानित | त्रिवेणी टोल सुधार समितिद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार हुँदै |

समाज/राजनीति
बनेपा–६ का जेष्ठ नागरिकलाई शान्तिधाम तिर्थाटन

Thearaniko Times 1398+ समाचार ( )
३० कार्तिक २०८२, शनिबार

काठमाडौं/बनेपा — बनेपा नगरपालिका–६ मा बसोबास गर्ने जेष्ठ नागरिकहरूलाई शनिबार शान्तिधाम तिर्थाटन गराइएको छ। वडा अन्तर्गत रहेको जेष्ठ नागरिक वडा मञ्चको पहलमा तारकेश्वर–२ स्थित शान्तिधाममा उनीहरूको तिर्थ यात्रा सम्पन्न गरिएको हो।

वडा अध्यक्ष सचितानन्द केसीका अनुसार वडा कार्यालयको आर्थिक सहयोगमा ७५ वर्षभन्दा माथिका करिब ६० जना जेष्ठ नागरिकलाई तिर्थाटन गराइएको हो। जेष्ठ नागरिकलाई समाजका अभिभावकको रूपमा सम्मान गर्नुपर्ने उल्लेख गर्दै अध्यक्ष केसीले भने,

“जीवनको अधिकांश समय समाज, परिवार र राष्ट्रका लागि सक्रिय रहनुभएका जेष्ठ नागरिकहरू हाम्रो धरोहर हुनुहुन्छ। उहाँहरूको अनुभव नयाँ पुस्ताका लागि मार्गदर्शक बन्नेछ।”

उनले भौतिक विकास मात्र विकास नभई आध्यात्मिक र सामाजिक विकासले समेत समाजको रूपान्तरण र समृद्धिमा महत्वपूर्ण भूमिका खेल्ने बताए। “भौतिक विकास मात्रले समाज समृद्ध भएको मान्न सकिँदैन, आध्यात्मिक र सामाजिक चेतनाको विकासले मात्र वास्तविक रूपान्तरण सम्भव हुन्छ,” अध्यक्ष केसीले जोड दिए।

उनका अनुसार तिर्थाटन कार्यक्रम जेष्ठ नागरिकप्रतिको सम्मान र आभार व्यक्त गर्ने उद्देश्यले आयोजना गरिएको हो। “आजको सुन्दर समाज जेष्ठ नागरिकको त्याग र मिहिनेतको देन हो। नयाँ पुस्ता सधैं उहाँहरूप्रति आभारी रहनेछ,” उनले थपे।

यात्राका क्रममा जेष्ठ नागरिकहरूले मनोरम दृश्य, ऐतिहासिक तथा धार्मिक सम्पदाको अवलोकन गर्दै आपसी सद्भाव र आत्मीयता बढाउन पाएको सहभागीहरूले बताए।

कार्यक्रम जेष्ठ नागरिक वडा मञ्चका अध्यक्ष शिवहरि दाहालको अध्यक्षता र सचिव विरबहादुर तामाङको सञ्चालनमा सम्पन्न भयो। कार्यक्रममा वडा सदस्यहरू लालकृष्ण तिमल्सिना, विष्णु नारायण श्रेष्ठ, कल्पना परियार, सहसचिव कृष्णप्रसाद दाहाल, उद्धव भुर्तेललगायतले आ–आफ्ना विचार व्यक्त गरे। यात्रामा वडा अध्यक्ष केसीसहित अन्य जनप्रतिनिधिहरूको समेत सक्रिय सहभागिता रहेको कार्यक्रममा नाचगान र धार्मिक प्रवचन समेत भएको थियो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार