मुख्य समाचार
सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा | जिल्लास्तरीय कृषि प्राविधिक बैठक सम्पन्न, उत्कृष्ट सेवा प्रवाह गर्ने चार स्थानीय तहका कृषि प्राविधिक सम्मानित | त्रिवेणी टोल सुधार समितिद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार हुँदै |

मुक्तककार सुभद्रा अधिकारीको कृति मुक्तकसङ्ग्रह "शुभारम्भ” विमोचन

Thearaniko Times 1398+ समाचार ( )
७ माघ २०८०, आइतबार

बनेपा/मुक्तककार सुभद्रा अधिकारीको कृति मुक्तकसङ्ग्रह "शुभारम्भ” उहाँकै जन्मथलो काभ्रेको बनेपास्थित अरनिको पार्टी प्यालेसमा विमोचन भएको छ । 

कार्यक्रमको प्रमुख अतिथि डा. शैलेन्दुप्रकाश नेपाल, विशिष्ट अतिथिको आसनमा वरिष्ठ मुक्तककार, कथाकार एवं कुशल प्रशिक्षक राजन सिलवाल, वरिष्ठ साहित्यिक पत्रकार तथा जनमतका प्रधान सम्पादक मोहन दुवाल, लेखक तथा नागरिक आवाजको प्रधान सम्पादक मधुसुदन पाण्डे रहनु भएको थियो भने अतिथिको आसनमा साहित्यकार प्रा. डा. दिनेश पन्थी, वरिष्ठ लोकगायक मच्छेश्वर सापकोटा, माधवप्रसाद अधिकारी, रामप्रसाद अधिकारी, श्यामप्रसाद पाण्डे र कृतिकारका श्रीमान जगतप्रसाद थपलिया रहनु भएको थियो ।

राष्ट्रीय गानबाट सुरू गरिएको उक्त कार्यक्रममा  लोकार्पित कृति "शुभारम्भ”  मुक्तक सङ्ग्रहको समीक्षा डा. सीता सुवेदी पन्थीले गर्नुभएको थियो । उक्त कार्यक्रममा समूहका तर्फबाट हामी र हाम्रो कृति समूहका अध्यक्ष मदन प्रसाद नेपाल र बद्री उप्रेतीले कृतिकारलाई बधाई तथा कृति सफलताको शुभकामना दिँदै आगामी दिनमा हामी र हाम्रो कृति समूहको रणनीतिक योजनाबारे प्रकाश पार्नुभएको थियो ।

विभिन्न संघ संस्थाका प्रतिनिधि, बुद्धिजीवी, प्राध्यापक, समाजका गन्यमान्य व्यक्तित्व साथै साहित्यानुरागी मनहरूको उपस्थिति रहेको उक्त कार्यक्रमको अध्यक्षता अक्षरमार्गका सूर्यप्रसाद लाकोजुले गर्नुभएको थियो भने सञ्चालन भुवन सिवाकोटीले गर्नुभएको थियो । अमृता अधिकारीले स्वागत मन्तव्य दिनुभएको उक्त कार्यक्रममा डा. शैलेन्दुप्रकाश नेपाल, सूर्य लाकोजू, राजन सिलवाल, मोहन दुवाल, मधुसुदन पाण्डे,  दिनेश पन्थी, सुभद्रा अधिकारी, श्याम पाण्डे, मच्छेश्वर सापकोटा र जगत प्रसाद थपलियाहरूले आ-आफ्नो विचार राख्नु भएको थियो । उक्त कार्यक्रममा उपस्थित हुनुभएका सर्जकहरु मध्यहरूबाट १४ जना स्रष्टाहरूले लोकार्पित कृतिबाटै मुक्तक वाचन गर्नुभएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार