मुख्य समाचार
सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा | जिल्लास्तरीय कृषि प्राविधिक बैठक सम्पन्न, उत्कृष्ट सेवा प्रवाह गर्ने चार स्थानीय तहका कृषि प्राविधिक सम्मानित | त्रिवेणी टोल सुधार समितिद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार हुँदै |

राजनीति
‘दुई ट्रक पैसा’ लगायतका दाबी निराधार भएको सचिवालयको दाबी

Thearaniko Times 1398+ समाचार ( )
२६ अशोज २०८२, आइतबार

काठमाडौं। नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उहाँका परिवारका सदस्यहरूविरुद्ध पछिल्ला दिनमा सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत् प्रसारित भ्रामक सामग्रीको खण्डन गरिएको छ।

संयोजक प्रचण्डको सचिवालयका तर्फबाट गोविन्द आचार्यले जारी गरेको विज्ञप्तिमा हालको संवेदनशील राजनीतिक अवस्थामा पार्टी नेतृत्वविरुद्ध नियोजित ढङ्गले तथ्यहीन, चरित्रहत्या गर्ने र प्रायोजित सामग्री प्रसारित गरिएको भन्दै त्यसप्रति गम्भीर आपत्ति जनाइएको छ।

आचार्यले भने, “संविधानले सुनिश्चित गरेको विचार तथा अभिव्यक्ति स्वतन्त्रताको दुरुपयोग गर्दै केही माध्यमहरूले तथ्यहीन र मानहानी गर्ने सामग्री प्रवाह गरेका छन्, जुन कानूनी र पत्रकार आचारसंहिताविपरीत छ।”

उनका अनुसार सञ्चारमाध्यमले ‘प्रचण्डको निवासबाट जेन–जी आन्दोलनपूर्व दुई ट्रकमा दुई करोड रुपैयाँ लगिएको’, ‘सुरक्षाकर्मीलाई घरेलु कामदार बनाइएको’ र ‘गंगा दाहालको घरमा आठ जना सुरक्षाकर्मी खटाइएको’ भन्ने दाबीहरूको प्रमाण प्रस्तुत गर्नुपर्ने चुनौती दिइएको छ।

आचार्यले यस्ता निराधार र दुरासयपूर्ण सामग्री साइबर कानुनविपरीत भएको उल्लेख गर्दै सम्बन्धित निकायलाई आवश्यक अनुसन्धान र कानुनी कारबाहीको आग्रह गरेका छन्।

“भविष्यमा यस्ता असत्य प्रचारप्रसार जारी रहे सम्पूर्ण जिम्मेवारी प्रकाशक र प्रसारक स्वयंमाथि हुनेछ,” आचार्यले चेतावनी दिएका छन्।

उनले आम जनतालाई यस्ता भ्रामक प्रचारको भ्रममा नपरी सत्य र विश्वसनीय जानकारीमा भरोसा राख्न पनि आग्रह गरेका छन्।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार