मुख्य समाचार
सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा | जिल्लास्तरीय कृषि प्राविधिक बैठक सम्पन्न, उत्कृष्ट सेवा प्रवाह गर्ने चार स्थानीय तहका कृषि प्राविधिक सम्मानित | त्रिवेणी टोल सुधार समितिद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार हुँदै |

काभ्रेका सबै पालिकाले प्रस्तुत गरे नीति तथा कार्यक्रम र बजेट

Thearaniko Times 1398+ समाचार ( )
१० असार २०८१, सोमबार

काभ्रे/संवैधानिक व्यवस्था अनुसार असार १० गते स्थानीय सरकारले अनिवार्य रुपमा लयाउनु पर्ने नीति तथा कार्यक्रम र बजेट जिल्लाका अधिकांश पालिकाहरुले प्रस्तुत गरेका छन् । यस अघि नै असार ५ गते धुलिखेल नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम र बजेट पास गरिसकेको थियो भने नमोबुद्ध नगरपालिकाले असार ७ गते नीति तथा कार्यक्रम र पनौती नगरपालिकाले असार ९ गते आईतबार नीति तथा कार्यक्रम पास गरी बजेटको अंक मात्रै प्रस्तुत गरेको थियो ।¹

आज सोमबार असार १० गते बनेपा, बेथान्चोक, पाँचखाल, मण्डनदेउपुर, भुम्लु, चौरीदेउराली, रोशी, तेमाल, महाभारत, खानीखोला गाउँपालिकाले नीति तथा कार्यक्रम र बजेटको अंक प्रस्तुत गरेका छन् । अधिकांश पालिकाहरुले गत वर्षको भन्दा कम अंकको बजेट प्रस्तुत गरेका छन् । स्थानीय तहको अधिकांश योजना पूर्वाधार निर्माणमा जोड दिएको छ । तोकिएका कार्यक्रम बाहेक अधिकांश स्थानीय तहहरुले पूर्वाधार निर्माणका लागि बजेट विनियोजन गरेका छन् ।

धुलिखेल नगरपालिकाले १ अर्ब ५ करोड ९५ लाख २५ हजारको बजेट सहित नीति तथा कार्यक्रम सर्वसम्मत पारित गरेको थियो ।

नमोबुद्ध नगरपालिकाले असार ७ गते नीति तथा कार्यक्रम पारित गरेको थियो । नमोबुद्ध नगरपालिकाको आज बसेको नगरसभाको दोस्रो बैठकले आगामी आर्थिक वर्षको लागि ७७ करोड १० लाख ४६ हजार ४४३ रुपैयाँको बजेट ल्याएकोमा सर्वसम्मत्  पारित गरेको छ ।  

जिल्लाको महाभारत गाउँपालिकाले असार ७ गते नीति तथा कार्यक्रम र आज बजेट ल्याएको थियो । महाभारत गाउँपालिकाले ५६ करोड ९४ लाख २८ हजार बराबरको अनुमानित बजेट प्रस्तुत गरेका छन् । नीति तथा कार्यक्रम र बजेट आज बसेको गाउँसभाले सर्वसम्मत पारित गरेको छ । 

आज बनेपा नगरसभाले १ अर्ब २५ करोड ३६ लाख ३० हजार १७१ रुपैयाँको बजेट सहित नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।  

असार ९ गते पनौती नगरपालिकाको नीति तथा कार्यक्रम र बजेट नगरसभा मार्फत सर्वसम्मत पारित गरेको छ । पनौती नगरपालिकाले आगामी आर्थिक वर्षका लागि रु. १ अर्ब ६० करोड अनुमानित बजेट प्रस्तुत गरेको छ ।

मण्डनदेउपुर नगरपालिकाको नगर सभामा नगरप्रमुख टोकबहादुर वाईबाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र उपप्रमुख विष्णुमणी नेपालले ८२ करोड, ७७ लाख, ८६ हजार बजेट प्रस्तुत गर्नुभएको छ । नीति तथा कार्यक्रम र बजेट अध्ययनका लागि सभाका सदस्यहरुलाई दिइएको छ । अर्काे बैठक यही असार २४ गते बस्नेछ । 

बेथान्चोक गाउँपालिकाले पनि आजै आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम र बजेट ल्याएको छ । उपप्रमुख तारा रानाले आगामी आ.व.का ६४ करोड १२ लाख बजेट प्रस्तुत गर्नुभएको छ । 

तेमाल गाउँपालिकाले ५० करोड ८९ लाख ६८ हजार ८ सय रुपैयाँ बजेट सहित नीति तथा कार्यक्रम समेत सर्वसम्मत पारित गरेको छ । रोशी गाउँपालिकाले आगामी आर्थिक बर्ष २०८१÷०८२ का लागि ६९ करोड २० लाख ९८ हजार बजेट ल्याएको छ ।

पाँचखाल नगरपालिका, खानीखोला, बेथानचोक, चौंरीदेउराली र भुम्लु गाउँपालिकाले पनि आजै नीति तथा कार्यक्रम र बजेट ल्याएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार