मुख्य समाचार
सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा | जिल्लास्तरीय कृषि प्राविधिक बैठक सम्पन्न, उत्कृष्ट सेवा प्रवाह गर्ने चार स्थानीय तहका कृषि प्राविधिक सम्मानित | त्रिवेणी टोल सुधार समितिद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार हुँदै |

समाज
बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार हुँदै

Thearaniko Times 1398+ समाचार ( )
२७ असार २०८३, शनिबार

काठमाडौं — काठमाडौं महानगरपालिका–१० बुद्धनगरमा शनिबार बिहान एक पुरुषले आफ्नै शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गरेका छन्।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवन भट्टराईका अनुसार ४५ वर्षीय आश्विन राउतले बिहान करिब ६:१५ बजे आफ्नै डेराको भान्सा कोठामा शरीरमा आगो लगाएका थिए। घटनापछि प्रहरी टोलीले तत्काल उद्धार गरी उनलाई उपचारका लागि वीर अस्पताल पुर्‍याएको जनाएको छ।

प्रहरीका अनुसार राउतको शरीरको करिब ५० देखि ५५ प्रतिशत भाग जलेको छ। उनको वीर अस्पतालमा उपचार भइरहेको छ र स्वास्थ्य अवस्थाबारे चिकित्सकको निगरानीमा राखिएको छ।

प्रारम्भिक अनुसन्धानअनुसार राउत श्रीमती र छोरासँग बुद्धनगरमा बस्दै आएका थिए। घटनाका बेला भने श्रीमती र छोरा घरमा नरहेको प्रहरीले जनाएको छ।

आत्मदाहको प्रयास हुनुको यकिन कारण खुलिनसकेको प्रहरीले जनाएको छ। यद्यपि प्रारम्भिक रूपमा पारिवारिक विवादको कोणबाट पनि अनुसन्धान भइरहेको प्रहरी स्रोतले जानकारी दिएको छ।

घटनाबारे थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार