मुख्य समाचार
इमानदार कम्युनिष्ट नेता भरत लामिछानेको निधन, विचार र जीवनशैलीले छाड्यो गहिरो प्रभाव | लक्ष्मी शर्माको कथासङ्ग्रह ‘हजुरआमा’ लोकार्पित | गुणस्तरीय शिक्षाबाट आत्मनिर्भर भविष्यतर्फ : लिन स्कुलको नयाँ दृष्टि- - शिशिर भण्डारी | जेन–जी उभारको झण्डै दुईतिहाइको सत्ता: जनादेश, शक्ति-सन्तुलन, जवाफदेहिता र परीक्षा | पुर्व प्रधानमन्त्री केपी ओली र पुर्व गृहमन्त्री रमेश लेखक पक्राउ, अब के होला? | कार्की आयोग प्रतिवेदन: सत्यको सन्तुलन कि चयनात्मक व्याख्या ? | महिला कानुन व्यवसायी सम्मेलन: पेशागत समानता र समावेशितामा जोड | कानुन व्यवसायी महिलाहरूको ३२औँ राष्ट्रिय सम्मेलन भक्तपुरमा शुरु | खत्री गाउँ डिपबोरिङमा ट्रान्सफर्मर पुनः चोरीको प्रयास | कांग्रेस सभापति गगन थापाको राजीनामा, निर्णय केन्द्रीय समितिमा |

पुण्य मावि र सामुदायिक बोर्डिङका क्याडेट विद्यार्थीहरुको तालिम अनुगमन
पुण्य मावि र सामुदायिक बोर्डिङका क्याडेट विद्यार्थीहरुको तालिम अनुगमन

Thearaniko Times 1369+ समाचार ( )
१० अशोज २०८१, बिहीबार

काभ्रे । राष्ट्रिय सेवा दल (नेशनल क्याडेट क्रप्स) को जुनियर डिभिजन तालिममा सहभागी पुण्य मा.वि. पनौती र सामुदायिक बोर्डिङ स्कुल पनौतीका विद्यार्थीहरुको तालिम अनुगमन कार्यक्रम सम्पन्न भएको छ । विद्यालयका क्याडेट विद्यार्थीहरुको ७९ औँ दिनको तालिमपछि पुण्य मा.बि. र सामुदायिक बोर्डिङ स्कुलको प्रांगणमा अनुगमन तथा उत्प्रेरणामुलक मन्तव्य दिइएको थियो । 

राष्ट्रिय सेवा दल मध्यपुर्वी तालिम शिक्षालय बर्दिवास महोत्तरीका शिक्षाध्यक्ष लेफ्टिनेन कर्णेल शिवराम थापाले राष्ट्रिय सेवा दलको तालिम धेरै भन्दा धेरैलाई प्रदान गर्दै जानुपर्ने बताउनुभयो । तालिममा सहभागीलाई राज्यले विपद व्यवस्थापन, राष्ट्र सेवामा समेत सहभागि गराउन सक्ने र स्वयम् व्यक्तिमा अनुशासन ,इमान्दारिताको भावना समेत बढ्ने उहाँको भनाई थियो । शिक्षाध्यक्ष लेफ्टिनेन कर्णेल थापाले ‘अनुशासन, नेतृत्व भावनाको विकास अझ सबै भन्दा महत्वपूर्ण कुरा राष्ट्रलाई माया गर्नुपर्छ, राष्ट्रको सेवा गर्नुपर्छ भन्ने विषय तालिममा सिकाएको बताउँदै राष्ट्रको सेवामा लाग्नुपर्छ भन्ने भावना उजागर भएको बताउनुभयो । उहाँले छोटो समयमा नै विद्यार्थीले गरेको प्रदर्शन सेनाले गर्ने प्रदर्शन भन्दा कम नरहेको बताउनुभयो । अघिल्लो वर्षका विद्यार्थीहरुले गरेको प्रदर्शनले विद्यालयको गरिमा बढेको बताउँदै त्यो कायम राख्न सक्षम हुनुहोस् भनि शुभकामना व्यक्त गर्नुभयो । जुनियर डिभिजन तालिमले व्यक्तिगत वृद्धि विकास, शारीरिक विकाससँगै देश विदेशमा अवसर समेत प्राप्त हुने उल्लेख गर्नुभयो । यसले सबैसँग घुलमिल गराउन, देशको सामाजिक पक्षमा सहभागी हुन सघाउ पुग्ने उहाँको भनाई थियो ।  

कार्यक्रममा पुण्य मावि पनौतीका प्रधानाध्यापक सरस्वती कनेलले प्राप्त तालिमले विद्यार्थीहरुको भविष्य उज्जवल बन्ने विश्वास व्यक्त गर्नुभयो । साथै उहाँले विद्यार्थीहरुलाई आत्मसुरक्षाका लागि सहयोग हुने बताउँदै आगामी दिनमा राष्ट्र सेवामा लाग्न अनुरोध गर्नुभयो । तालिम पूर्ण नहुँदै प्रर्दशन गरेको मार्चपास कला कौशलको प्रशंसा गर्दै उहाँले आगामी दिनमा पनि उत्कृष्ट प्रदर्शन गर्ने आशा व्यक्त गर्नुभयो । प्रअ कनेलले ‘यो तालिमले विद्यार्थीहरुलाई शारीरिक रुपमा सबल बन्न र र मानसिक रुपमा आत्मविश्वास बढाउन मद्दत गर्नुका साथै दुव्र्यसन र खराब संगतबाट टाढा राख्न समेत सघाउँछ भन्नुभयो ।

यसैगरी सामुदायिक बोर्डिङ स्कुलका प्रिन्सिपल पुर्णकुमार श्रेष्ठले बालबालिकालाई अनुशासन, आत्मरक्षा र समाजसँग घुलमिल हुन सघाउ पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले अघिल्लो ब्याजका सैन्य शिक्षार्थीले गरेको उत्कृष्ट प्रदर्शनले विद्यालयको प्रतिष्ठा बढेको बताउँदै आउँदो दिक्षान्त समारोहमा समेत उत्कृष्ट प्रदर्शन गर्न सकोस् भनि शुभकामना व्यक्त गर्नुभयो ।  

गत असार १४ देखि शुरु भएको यो तालिममा १४ देखि १६ वर्ष उमेर–समूहका छात्रछात्रा सहभागी छन् । स्कूल परिसरमा आज सेनाद्वारा गरिएको अनुगमनका क्रममा सहभागी प्रशिक्षार्थीहरुले आकर्षक कवाज प्रस्तुत गरेका थिए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार