मुख्य समाचार
एमालेसँग तत्काल पार्टी एकताको चर्चा निराधार : वर्षमान पुन | काभ्रेका आईटिएफ तेक्वान्दो खेलाडीलाई रङ्गीन पेटी वितरण | स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न | काभ्रे क्याम्पसलाई बनेपा–६ का वडाध्यक्ष केसीको प्रश्न | सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी |

ल्होसारको अवसरमा तामाङ सेलो दोहोरी ‘टुँडिखेलरी’ सार्वजनिक

Thearaniko Times 1402+ समाचार ( )
११ माघ २०७८, मङ्गलबार

काठमाडौँ । वरिष्ठ संगीतकार तथा सेलो किङ चन्द्र कुमार दोङ र गायिका निर्मला घिसिङको सुमधुर स्वर रहेको “टुँडिखेलरी” म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

तामाङ समुदायले मनाउने सोनाम ल्होछारको बाघ वर्ष यही माघ १९ गतेबाट शुरु हुन गइरहेको छ । देश तथा विदेशमा रहेका तामाङ समुदायले विभिन्न कार्यक्रमहरुको आयोजना गरी ल्होछार मनाउने गरिन्छ । यो २८५८ औं सोनाम ल्होछार हो । मोडल रजनी तामाङले कोभिड १९ को तेस्रो भेरियन्ट् ओमिक्रोनको कारणले यसपाली टुँडिखेलमा हुने ल्होछार मेलामा सहभागिता जनाउन नपाएपनि टुँडिखेलको सम्झनामा यो म्यूजिक भिडियो सार्वजनिक गरेको बानेश्वरमा आयोजित एक पत्रकार सम्मेलनमा बताइन् । संगीतकार तथा गायक चन्द्रकुमार दोङको संगित रहेको “टुँडिखेलरी” म्युजिक भिडियोमा मेघास्टार कुमार मोक्तान र मोडल रजनी तामाङको अभिनय रहेको छ । यो “टुँडिखेलरी” म्यूजिक भिडियो कस्मिक इभेन्ट्स युटुब च्यानलबाट सार्वजनिक भएको हो । यो म्यूजिक भिडियो सेलो दोहोरी हो । नायक कुमार मोक्तानल्े यो भिडियोलाई न्याय दिनका लागि सशक्त अभिनय गरेको छ भने नायक कुमार मोक्तानको दाँजोमा उभिनका लागि मोडल रजनी तामाङले धेरै प्रयास गरेको भिडियोमा देख्न सकिन्छ ।

मोडल रजनी तामाङ पेशाले वकिल हो तर पछिल्लो समयमा मोडलिङमा बढी देखा पर्न थालेकी छिन् । मोडल रजनी तामाङले भने यसलाई निरन्तरता दिइरहेका छन् । उनको यो वर्षमा मात्रै तीन वटा म्युजिक भिडियो सार्वजनिक भएको छ ।

मोडल रजनी तामाङको एकपछि अर्को म्युजिक भिडियोमा अभिनय निखारिंदै आएको पाइन्छ । किनभने उनको हरेक म्युजिक भिडियोहरुलाई नियाल्ने हो भने आफुलाई कथामा बगाउनका लागि जस्तो जुकै अभिनय गर्न साहस जुटाएको देखिन्छ । यो भिडियोमा नायक कुमार मोक्तानसँग रजनीको जोडी जम्ने देखिन्छ ।

शब्द रचनाकार कुमार स्याङवोको यो ल्होछार सम्बन्धी यो वर्षको दोस्रो गीत हो । यो भन्दा पहिला अभिषेक मोक्तानको आवाजमा शुभकामना म्युजिक भिडियो सार्वजनिक भएको छ । तामाङ समुदायमा कुमार स्याङ्वो सफल शब्द रचनाकार हुन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार