मुख्य समाचार
एमालेसँग तत्काल पार्टी एकताको चर्चा निराधार : वर्षमान पुन | काभ्रेका आईटिएफ तेक्वान्दो खेलाडीलाई रङ्गीन पेटी वितरण | स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न | काभ्रे क्याम्पसलाई बनेपा–६ का वडाध्यक्ष केसीको प्रश्न | सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी |

राजनीति
डा. सुजन कडरिया अनेरास्ववियुको अध्यक्षमा निर्वाचित, अधिकांश पदमा कडरिया नेतृत्वको प्यानलको जित

Thearaniko Times 1402+ समाचार ( )
३१ जेठ २०८२, शुक्रबार

काठमाडौं – अनेरास्ववियुको नयाँ अध्यक्षमा डा. सुजन कडरिया निर्वाचित भएका छन्। कीर्तिपुरमा सम्पन्न सम्मेलनको विद्युतीय मतदानमा उनले आफ्ना प्रतिस्पर्धी प्रकाश पौडेललाई ७ मतको झिनो अन्तरले पछि पार्दै नेतृत्व सम्हालेका हुन्।

अध्यक्ष पदमा तीव्र प्रतिस्पर्धा भएको यो निर्वाचनमा कडरियाले ७३२ मत प्राप्त गरे भने पौडेलले ७२५ मत ल्याएका थिए। दुबै पक्ष आ–आफ्ना प्यानलसहित मैदानमा उत्रिएका थिए। कडरियाको उम्मेदवारी अध्यक्ष मण्डलको औपचारिक समर्थनमा प्रस्तुत भएको थियो भने पौडेलले असहमति जनाउने समूहलाई समेटेर चुनौतीपूर्ण ढंगमा प्रतिस्पर्धा गरेका थिए।

महासचिवमा कडरियासँगै अघि सरेका दीपक धामी विजयी भएका छन्। उपाध्यक्षमा अञ्जना सिवाकोटी र विकास श्रेष्ठले पद सम्हाल्ने भएका छन्। उपमहासचिवमा कमल जोशी निर्वाचित भएका छन् भने सचिवतर्फ आकाश घर्ती, रचना सापकोटा, समिम बाबु र गोपाल नेपाल चयन भएका छन्।

यस्तै, आयोगको नेतृत्वमा प्रकाश बिष्ट, सुमन घिमिरे र जित प्रसाद सिटौलाले स्थान पाएका छन्।

नयाँ नेतृत्व चयनसँगै अनेरास्ववियु अब कडरियाको अध्यक्षतामा अगाडि बढ्नेछ, जसले संगठनलाई एकताबद्ध गर्दै नयाँ धार र दिशा दिने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार