मुख्य समाचार
सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा | जिल्लास्तरीय कृषि प्राविधिक बैठक सम्पन्न, उत्कृष्ट सेवा प्रवाह गर्ने चार स्थानीय तहका कृषि प्राविधिक सम्मानित | त्रिवेणी टोल सुधार समितिद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार हुँदै |

पतञ्जली महिला योग समिति काभ्रेको तीज विशेष कार्यक्रम
पतञ्जली महिला योग समिति काभ्रेको तीज विशेष कार्यक्रम

Thearaniko Times 1398+ समाचार ( )
२० भाद्र २०८१, बिहीबार

काभ्रे/पतञ्जली महिला योग समिति काभ्रेले तीज विशेष कार्यक्रम गरेको छ । तीज कार्यक्रममा बोल्ने वक्ताहरुले मौलिकता जगेर्ना गर्नुपर्नेमा जोड दिएका छन् । 

कार्यक्रमका प्रमुख अतिथि बनेपा नगरपालिकाका उपमेयर बिमला सापकोटा दाहालले तीजको मौलिकता जगेर्ना गर्न सबै लाग्नुपर्नेमा जोड दिनुभयो । उपमेयर सापकोटाले तिजलाई दिदीबहिनीको भेटघाटसँगै मौलिकता संरक्षणमा ध्यान दिनुपर्ने बताएकी थिइन् । उहाँले सभ्य र भव्य रूपमा मनाउन आग्रह गर्दै तिज पर्व पहिलेको भन्दा अहिलेको अवस्था फरक भएकाले समय अनुसार बदलिए पनि आफ्ना मौलिकपनमा ध्यान दिन आग्रह गरेकी थिइन् । उहाँले योग अभ्यासद्वारा शारिरिक तथा मानसिक तनावबाट मुक्त हुने भन्दै योगहरु नियमित गर्न आग्रह गर्नुभयो । उहाँले योगले सकारात्मक सोच विकास गर्न सघाउने बताउनुभयो ।

महिला पतञ्जली योग समिति काभ्रेका अध्यक्ष इन्दिरा तौजलेको अध्यक्षतामा भएको कार्यक्रममा पतञ्जली योग समिति बागमति प्रदेशका ग्रोवेन तौजले र जिल्ला अध्यक्ष प्रकाश कायष्थ लगायतले तिज पर्वको शुभकामना दिदै योगले सबै मानिसलाई निरोगी बनाउने भएकाले योगमा ध्यान दिन आग्रह गरेका थिए । कार्यक्रममा स्वागत मन्तव्य राख्नुहुँदै पतञ्जली महिला योग समिति काभ्रेका जिल्ला उपाध्यक्ष कमला राजभण्डारीले योग साधनाको माध्यमबाट स्वास्थ्यसँगै सभ्य समाजका लागि जुट्न आवश्यक रहेको बताएका थिए । कार्यक्रममा तीज गायनसँगै एकल तथा सामुहिक नृत्यहरु प्रस्तुत भएका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार