मुख्य समाचार
सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा | जिल्लास्तरीय कृषि प्राविधिक बैठक सम्पन्न, उत्कृष्ट सेवा प्रवाह गर्ने चार स्थानीय तहका कृषि प्राविधिक सम्मानित | त्रिवेणी टोल सुधार समितिद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार हुँदै |

साहित्य र कला
ठमेलमा कवि द्वय डा. अधिकारी र चिमौरियाद्वारा कविता वाचन

Thearaniko Times 1398+ समाचार ( )
५ वैशाख २०८३, शनिबार

काठमाडौँ। आमाको मुख हेर्ने औंसीको अवसरमा आयोजित एक विशेष साहित्यिक कार्यक्रममा कवि डा. अनन्त अधिकारी र सरस्वती चिमौरिया ले आफ्ना–आफ्ना दश–दश वटा कविता वाचन गरेका छन्।

सुनकोशी वाङ्मय प्रतिष्ठानको आयोजनामा ठमेलमा सम्पन्न उक्त कार्यक्रममा डा. अधिकारीले नयाँ वर्ष, भन बकरा, गनगने लोग्नेको श्रीपेच, काठमाडौँ र काठमाडौंहरू, सर्वाइवल नोट, पाउजु, नामको स्वतन्त्रता हुँदैन, बाससँग आग्रह, डोर प्रसादको डेरा र उप्रान्त मेरो भगवान लगायतका कविता प्रस्तुत गरे।

त्यसैगरी, कवि चिमौरियाले आमा, वर्तमानको सारथी म, देश त संघीयतातिर जाँदैछ नि, आउ एउटा पार्टी खोलौं, ओ मेरो छोराकी प्रेमिका, आफन्तले, मैले दिन सकिन, दुखियाको जिन्दगी र म छाँया खोजी रहेछु शीर्षकका कविता सुनाइन्।

कार्यक्रमकी प्रमुख अतिथि कवि तथा साहित्यकार उषा शेरचनले कविहरूलाई सम्मानपत्र प्रदान गर्दै प्रस्तुत कविताहरू मन छुने खालका रहेको बताइन्। व्यस्त समयका बाबजुद पनि कविहरूको उल्लेख्य उपस्थिति हुनु सकारात्मक संकेत भएको उनको भनाइ थियो। उनले कवितामा प्रयोग गरिएका सुन्दर बिम्बहरूले सिर्जनालाई अझ सशक्त बनाएको उल्लेख गरिन्।

अग्रज साहित्यकार तथा नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदनले चिमौरियाका कविताहरू भावनात्मक र युगबोध गराउने खालका रहेको टिप्पणी गरे। उनले नयाँ वर्ष र आमासँग सम्बन्धित भावनालाई गहिरो ढङ्गले प्रस्तुत गरिएको बताए। साथै, समकालीन बेथिति र जनअसन्तुष्टिको चित्रणले कवितालाई अझ सशक्त बनाएको उनको भनाइ थियो।

डा. अधिकारीका कवितामाथि टिप्पणी गर्दै रोदनले ती कवितामा सकारात्मक दृष्टिकोण र गहिरो मानवीय संवेदना झल्किएको बताए। चिकित्सकको भूमिकामा रहेका उनले मानिसका विविध पक्षलाई कवितामार्फत उजागर गरेको उल्लेख गर्दै, काठमाडौँभित्रका अनेक पीडालाई पनि सशक्त रूपमा प्रस्तुत गरिएको बताए।

कार्यक्रममा बोल्दै लेखनाथ हुमागाईंले आफ्ना पूर्वविद्यार्थीहरूको साहित्यिक सक्रियता र सिर्जनशीलताप्रति खुशी व्यक्त गरे।

प्रतिष्ठानका अध्यक्ष छविरमण सिलवालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण महासचिव प्रदीप सापकोटाले गरेका थिए भने उपाध्यक्ष रामसुन्दर देउजाले स्वागत मन्तव्य व्यक्त गरेका थिए। कार्यक्रममा चिवहाल परिवारका राष्ट्रमान तुलाधरले अतिथिहरूलाई खादा ओढाएर सम्मान गरेका थिए।

उक्त कार्यक्रम चिवहाल परिवार, गौचर ठमेलको सहकार्यमा सम्पन्न भएको थियो भने इखवर नेट मिडिया पार्टनरको रूपमा संलग्न थियो। कार्यक्रममा विभिन्न चर्चित कवि तथा साहित्यकारहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार