बनेपा/बनेपा नगरपालिका -६, बुडोलस्थित भक्तेश्वर माध्यमिक विद्यालयका करीब ४ सय जना विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ । दिलकुमारी स्मृति प्रतिष्ठानले विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गर्ने क्रममा आज बनेपामा वितरण गरेको हो ।
कार्यक्रममा प्रमुख अतिथि नगरप्रमुख शान्तिरत्न शाक्यले प्रतिष्ठानले विभिन्न बालगृहलाई खाद्यान्न, न्यानो कपडा र खेलकुदका सामाग्रीसमेत बितरण गर्नुका साथै गोर्खा, सिन्धुपाल्चोक, काभ्रे र धादिङका गाउँमा पुगेर बालबालिकाको शिक्षा र खेलकुदको क्षेत्रमा सहयोग गर्नुभएको स्मरण गर्दै आगामी दिनहरुमा पनि यो कार्यक्रमले निरन्तरता पाउने विश्वास व्यक्त गर्नुभयो ।
विशेष अतिथि धुलिखेल नगरप्रमुख अशोक ब्यान्जुले १८ बर्षदेखि सामाजिक काममा भिज्नु भएका संस्थाका सदस्य नवराज केसीले यो बर्ष पनि धेरै त्यस्ता समाजिक काम गरेर देखाउनुभएको र हाल न्यूयोर्क सिटीका मेयर एरिक एडम्सको सल्लाहकार समेत रहेका के.सी.सँग आफु नियमित संपर्कमा रहेको जानकारी दिनुभयो।
बनेपा नगरपालिका वडा नंबर -६ का वडाध्यक्ष तथा विव्यस अध्यक्ष सचितानन्द केसीले अहिले दिलकुमारी यस संसारमा हुनुहुन्न तर, त्यो दिलको अलिक माथि नै चर्चा भएर होला अहिले दिलकुमारी केसी स्मृति प्रतिष्ठान परिवारको मात्र नभई दिलकुमारी झै सबैको दिलमा बसै झै अनुभूति गराउँछ भन्नुहुँदै विपन्न समुदायका छोरा छोरी पढ्ने विद्यालयलाई सहयोग गर्नुभएकोमा धन्यवाद दिनुभयो।
कार्यक्रममा विव्यसको पुर्व अध्यक्ष तथा वडा सदस्य विष्णु नारायण श्रेष्ठ, वडा शिक्षा समिति सदस्य कृष्णबुद्ध बजगाईंले दिलकुमारीको दिललाई संस्थाले सम्झिएर नै दिर्घकालीन लक्ष्य बनाएको र सानो ठूलो भन्दा पनि सकेको सहयोग गर्ने उहाँको खुल्ला दिलको सबैले अनुसरण गर्नु पर्ने बताउँदै देखिन्छ । परिवार मात्र नभई सिंगो समाजलाई दिलकुमारी प्रतिष्ठानको यस्तो समाजसेवा सन्देश हुन सक्छ भन्नुभयो।
प्रधानाध्यापक दामोदर गौतमले स्वागत र गंगाराम ठकुरीले सञ्चालन गर्नुभएको कार्यक्रममा प्रतिष्ठानका कोषाध्यक्ष लक्ष्मण के.सी.ले प्रतिष्ठानकाे बारे जानकारी दिनुहुँदै परिवारले दिलकुमारी केसी स्मृति प्रतिष्ठान आमाको सम्झना चिरस्थाई बनाउन सञ्चालनमा ल्याएको भए पनि समाजमा नाम अनुसारको काम गर्न प्रेरणा जगाउन र समाजलाई प्रोत्साहन, रुपान्तरण गर्नको लागि यसले काम गरिरहेको बताउनुभयो। प्रतिष्ठानका अध्यक्ष उषा के.सी. कार्कीले विद्यार्थीलाई न्यानो कपडा वितरण गरेका थिए भने सो अवसरमा बिद्यार्थीहरुले बिभिन्न नृत्य प्रस्तुत गरेका थिए ।